काठमाण्डु, १७ वैशाख बिभिन्न जिल्लामा जाने यात्रुहरुलाई ब्ल्याकमा टिकट बेच्ने चार जनालाई नेपाल प्रहरीको अपराध महाशाखाबाट खटिएको टोलीले राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेको छ । महाशाखाका अनुसार कोटेश्वरको नमस्ते काउन्टरबाट ब्ल्याकमा टिकट बेच्ने सिन्धुलीका शीव थापा र काठमाण्डुका यादव प्रसाद शर्मालाई नियन्त्रणमा लिईएको छ...
काठमाण्डु, १७ वैशाख दुई घण्टाभित्र ठूलो भूकम्प जान्छ घर बाहिर निस्क भन्दै माइकिङ गर्दै हिड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नयाँ वानेश्वरमा हल्ला फैलाउँदै हिड्ने उक्त व्यक्तिलाई प्रहरीले प्रकाउ गरेको हो । ती व्यक्तिले दिउसो ५ बजे दुई घण्टापछि ठूलो भूकम्प आउँछ...
काठमाण्डु, १७ वैशाख- बिनाशकारी भूकम्पमा परी बिहीबार देशभर ५५ सय ८७ जनाले ज्यान गुमाएका छन् भने १० हजार ८ सय ७० जना घाइते भएका छन् । बिहीबार दिउँसो ३ बजेसम्ममा काठमाण्डुमा १ हजार ४९, भक्तपुरमा २ सय ६१ र ललितपुरमा १ सय ६९ जनाले...
काठमाण्डु, १७ वैशाख–महाभूकम्पले निम्याएको संकटको बेलामा राजनीतिक दल र नेताहरु विरुद्धमा जनतालाई भड्काउने प्रयास भएको एमाले अध्यक्ष केपी ओलीले बताएका छन् । प्रेस चौतारीले बिहीबार आयोजना गरेको अन्र्तक्रियामा बोल्दै ओलीले भने, ‘भूकम्पले एमाले नेता कार्यकर्ताका आफन्त पनि मरेका छन्, उनीहरुका घर पनि ढलेका छन्,...
दोलखा, १७ वैशाख- पाँच दिनदेखि सम्पर्कविहीन ११ जनाको प्रहरी टोली बिहीबार दिउँसो सम्पर्कमा आएको छ । श्री एयरलायन्सको हेलिकप्टरमा खोजतलास गर्न गएको टोलीले प्रहरी टोलीलाई चिलङ्खा र खोपाचागु गाविसको बीचमा पर्ने बिगु भन्ने स्थानमा सकुशल अवस्थामा भेटाएको हो । प्रहरी सहायक निरीक्षकसहितको टोलीको खोजी...
काठमाण्डु, १७ वैशाख– एकीकृत माओवादीले भूकम्प पीडितका लागि एकीकृत राहत प्याकेज ल्याउन सरकारसँग माग गरेको छ । बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी उसले प्रति मृतक तीन लाख रुपैयाँ उपलब्ध गराउन माग गरेको हो । यस्तै भूकम्पबाट घरबारबिहीन भएकाका परिवारलाई त्रिपाल, खाद्यान्न,...
काठमाण्डु, १७ वैशाख– एकीकृत माओवादीले भूकम्प पीडितलाई मिछेकीसहित अन्तर्राष्ट्रिय समुदायले उपलब्ध गराएको राहत सहयोगमा भ्रष्टाचार हुन सक्ने भन्दै राहत वितरणका लागि सर्वपक्षीय समिति गठनको माग गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकपछि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राहत वितरण...
काठमाण्डु, १७ वैशाख भूगर्भविद्हरुले गत शनिबार अपराह्नको भूकम्पपछि त्यत्ति नै शक्तिशाली भूकम्प अब जान नसक्ने अनुमान गरेका छन् । सानातिना भूकम्प आउन सक्ने तर यसले खासै असर नगर्ने उहाँहरुको मत छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०द्वारा आज यहाँ आयोजित कार्यक्रममा ज्वालामुखी...
सिन्धुपाल्चोक, १७ वैशाख भूकम्प आएको पाँच दिन बित्दा समेत सिन्धुपाल्चोकको भोटेचौर गाविसमा उद्धारका लागि नेपाली सेना र प्रहरीको टोली पुग्न सकेको छैन । यहाँ स्थानीय आफैंले आजसम्म ३७ जनाको शव निकालेका छन् । एक हजार ८० घरधुरी रहेको भोटेचौरमा लगभग सबै घर ध्वस्त भएको...
काठमाण्डु, १७ वैशाख- ‘घरमा किरियापुत्रीलाई खुवाउने अन्न छैन, अस्पताल भर्ना भएका बिरामीको शल्यक्रिया गर्नु छ तर अस्पतालले रु ४० हजार धरौटी नराखे उपचार हुँदैन भन्छ, बाँचेकालाई मर्न दिनु भएन, म दोधारमा छु, के गरौँ नगरौँ भएको छ, भूकम्पपीडित रसुवा लहरेपौवाका सानुकान्छा कुलुङ दुखेसो गर्छन्...
काठमाण्डु, १७ वैशाख- भूकम्पबाट परेको विपत्तिसँगै मृतकका परिवार शोकमा डुबेका अवस्थामा धर्मशास्त्रका विज्ञले यस्तो महाविपत्तिमा धेरै दिन काजक्रिया गर्नु नपर्ने बताएका छन् । भूकम्पका कारण आफन्तको ज्यान गएको अवस्थाका साथै परिवारका सदस्य गम्भीर घाइतेसमेत भइरहेको वर्तमान अवस्थामा काजक्रिया छोट्याउन सकिने शास्त्रीय व्यवस्था रहेको...
काठमाण्डु, १६ वैशाख शनिबार आएको भूकम्पपछि नेपाल टेलिकमको सिम प्रयोग गर्ने आफ्ना ग्राहकको मोवाइलबाट पैसा कटेन । व्यालेन्स भएका तथा नभएका सबै ग्राहकले आफ्नो फोनबाट मज्जाले फोन गरे । जिरो व्यालेन्समा पनि फोन गएपछि र भएको व्यालेन्स पनि नकटेपछि निःशुल्क सेवाभन्दै हल्ला पनि चल्यो...