समाचार

भूकम्पको घाउ मेटाउन सञ्जय अमेरिकाको उच्च शिखर चढ्ने

२०७२ वैशाख २३ गते ९:२३

काठमाण्डु, २३ वैशाख– गत साता गएको विनाशकारी महाभूकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा अल्ट्रा धावक तथा आरोही सञ्जय पण्डितले उत्तर अमेरिकाको उच्च शिखर माउन्ट डेनालीको आरोहण गर्ने भएका छन् ।   महाभूकम्प गएपछि तीन करोड नेपाली शोकमा डुबेको समयमा संसारलाई नेपालीलाई परेको विपत्तिमा साथको आग्रह...

डाक्टर भन्छन्, ‘भूकम्प पीडितले उपचार हैन, विष माग्छन्’

२०७२ वैशाख २३ गते ९:०९

काभ्रे, २३ वैशाख– काभ्रेपलाञ्चोक जिल्लाको गैरीबिसौना देउपुर गाविसका ५० वर्षीय टोलप्रसाद न्यौपानेलाई अहिले पनि रातिमा ठूलै भूकम्प आएको अनुभूति हुन्छ । भूकम्पका कारण आफ्नी श्रीमती र नाति गुमाएका उनलाई राति सुतेको बेलामा झस्किरहने समस्या देखिएको छ । त्रिपालमुनि किरिया गरेका उनको मुहारमा अहिले पनि...

महामारी रोक्न काठमाण्डुमा सरसफाई अभियान

२०७२ वैशाख २३ गते ९:०३

मानवताका लागि शान्ति र संस्कृति नेपाल ‘प्याक ’ले भूकम्पले निम्त्याएको विपतीका कारण काठमाण्डु उपत्यकामा महामारी फैलन सक्नेभन्दै सरसफाई अभियान सुरु गरेको छ । प्याकले काठमाण्डुका विभिन्न स्थानमा सरसफाई गर्नुका साथै स्वास्थ्य कयाम्पसमेत संचालन गरेको छ । उसले यस क्रममा धर्मस्थली, काभे्रस्थली तथा जितपुर फेदीमा...

बुधबार बिहान गएको भूकम्पले काभ्रेमा एक महिलाको मृत्यु

२०७२ वैशाख २३ गते ८:३१

काभ्रे, २३ वैशाख– बुधबार बिहान ४ बजेर ४० मिनेटमा नुवाकोट आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्पले काभ्रेमा एक महिलाको ज्यान गएको छ । काभ्रेको खार्पाचोक गाविस–४ की ५२ वर्षीया सानुमाया तामाङको चर्किएको घर लड्दा पुरिएर मृत्यु भएको हो । वैशाख १२ गतेको विनाशकारी भूकम्पका...

भूकम्पमा परेर मृत्यु हुनेको संख्या ७ हजार ६ सय ५२

२०७२ वैशाख २३ गते ८:१३

काठमाण्डु,२३ वैशाख-वैशाख १२ गते शनिबार र आइतबार गएको भूकम्पमा परी हालसम्ममा सात हजार ६ सय ५२ जनाको ज्यान गएको छ ।   गृह मन्त्रालयले वुधबार उपलब्ध गराएको जानकारीअनुसार घाइते हुनेको सङ्ख्या १६ हजार ३९० पुगेको छ ।   हालसम्म धेरै मृत्यु हुनेको सङ्ख्या सिन्धुपाल्चोकमा...

अठार हजार पशुपंक्षीको एउटै चिहान

२०७२ वैशाख २३ गते ७:५०

बनेपा,२३ वैशाख-काभ्रेपलाञ्चोक जिल्लाका ३६ गाविस र पाँच नगरपालिकामा भूकम्पका कारण साना तथा ठूला पशुपक्षी गरी कुल १८ हजार १३७ पशु तथा पक्षी मरेका छन् । तीमध्ये तीन हजार ८७१ ठूला तथा साना पशु,चौपाया छन् ।   जिल्ला पशुसेवा कार्यालय काभ्रेपलाञ्चोकका अनुसार ठूला पशु एक...

त्रिपालभित्र जिन्दगीको नयाँ सपना बुन्दै विद्यार्थी

२०७२ वैशाख २३ गते ७:२५

चितवन,२३ वैशाख-भूकम्पका कारण विद्यालय भवनमा क्षति पुगेपछि चितवन जिल्लाका केही विद्यालयमा त्रिपालमुनि पढाई सञ्चालन गरिएको छ ।   जिल्लाका अधिकांश विद्यालयमा सामान्य प्रभाव देखिएपनि नौवटा विद्यालयका कक्षा कोठामा क्षति पुगेपछि दातासँग त्रिपाल मागेर त्रिपालमुनि पढाई थालिएको छ । जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यका अनुसार...

एउटै हेलिकोप्टर चढेर रसुवा पुगे सुशील, केपी र प्रचण्ड

२०७२ वैशाख २३ गते ७:११

रसुवा, २३ वैशाख– प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय विपत्तिका बेला सबै नागरिक राष्ट्रिय एकताको भावनाका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । बुधबार बिहान ९ एनआरए ७ हेलिकप्टरबाट एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथ सदरमुकाम धुन्चे आएका प्रधानमन्त्री कोइरालाले भूकम्प...

चौधरी समूहले १००० अस्थायी घर बनाइदिने

२०७२ वैशाख २३ गते ६:४७

काठमाण्डु, २३ वैशाख– मुलुकको प्रतिष्ठित व्यापारिक प्रतिष्ठान चौधरी समूहले भूकम्पबाट अति प्रभावित जिल्लामा एक हजार अस्थायी घर निर्माण गरेर पीडितलाई निःशुल्क प्रदान गर्ने घोषणा गरेको छ ।   बुधबार ललितपुरमा पत्रकारसम्मेलन गरेर समूहका अध्यक्ष विनोदकुमार चौधरीले आगामी छ महिना भित्रमा ती घर निर्माण गरेर...

मन्दिरको भेटी प्रधानमन्त्री राहत कोषमा

२०७२ वैशाख २३ गते ६:०६

अर्घाखाँची २३ वैशाख–विनाशकारी भूकम्पबाट प्रभावितको राहतका लागि अर्घाखाँचीमा रहेको सुपा देउराली मन्दिरमा भेटी चढेको १ लाख १ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा हुने भएको छ । नेपालकै प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल सुपा देउराली मन्दिर व्यवस्थापन समितिको बैठकले सुपा देउराली...

ट्रक दुर्घटना हुँदा मुगुमा एकको मृत्यु

२०७२ वैशाख २३ गते ५:१८

मुगु, २३ वैशाख–गएराति मुगु जिल्लास्थित रोवा भन्ने ठाउँबाट काठ ल्याएर आउँदै गरेको भे१ख १४७९ नम्बरको मिनीट्रक श्रीनगर गाविस–४ घाट भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएको बाजुरा, जुकोट–६ का सन्तोष जोशीको जिल्ला अस्पताल मुगुमा बुधबार बिहान उपचारकै...

सुशील, केपी र प्रचण्डले नुवाकोट, धादिङ र रसुवाको हवाइ निरीक्षण गर्दै 

२०७२ वैशाख २३ गते ५:११

काठमाण्डु २३ वैशाख– वैशाख १२ प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड भूकम्पबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङको हवाइ निरीक्षणमा निस्किएका छन् । बुधबार बिहान उनीहरु तीन जिल्लाको वस्तुस्थितिको अवलोकनका लागि ती जिल्लातर्फ लागेकोे प्रधानमन्त्रीका प्रेस सल्लाहकार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us