समाचार

नुवाकोटलाई केन्द्र बनाएर आज बिहान ४ रेक्टर माथिका दुई धक्का

२०७२ वैशाख २४ गते ६:३४

काठमाण्डु, २४ वैशाख– विनाशकारी भूकम्प पराकम्पन अझैसम्म पनि आउने क्रम जारी छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ३ः४१ मा नुवाकोट केन्द्रबिन्दु बनाएर ४.२ रिक्टर स्केल र बिहान ७ः५६ मा ४.० रिक्टर स्केलको अर्को भूकम्प गएको छ । पछिल्लो पराकम्पनका कारण कुनै...

मुस्ताङका भूकम्प पीडितलाई राहत वितरण सुरु

२०७२ वैशाख २४ गते २:४०

  मुस्ताङ, २४ वैशाख – जिल्ला प्रशासन कार्यालय मुस्ताङले उपल्लो क्षेत्रका भूकम्प पीडितलाई राहत वितरण सुरु गरेको छ । छुसाङ गाविसबाट उपल्लो क्षेत्रमा समेत राहत वितरण गर्न लागिएको हो । छुसाङका एक पूर्ण र २९ आंशिक घरमा क्षति पुगेका परिवारलाई राहत वितरण गरिएको प्रमुख...

दुई गाविसको सचिव एउटै हुँदा राहत वितरणमा समस्या

२०७२ वैशाख २४ गते २:३३

गोरखा, २४ वैशाख – दुई गाविसको सचिव एउटै भएपछि गोरखाको विभिन्न ठाउँका भूकम्प पीडितहरुलाई राहत वितरण गर्न समस्या भएको छ । विनाशकारी भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको बारपाक र सँगै रहेको अर्को प्रभावित गाविस लाप्राक गाउँको सचिव एउटै भएकाले राहत वितरणमा ढिलाइ भएको हो ।...

प्रचण्ड पुत्रीले राहत सामग्री लुटेको आरोप पुष्टि गर्न एमाओवादीको चुनौती

२०७२ वैशाख २३ गते १४:५६

काठमाण्डु, २३ वैशाख– एकीकृत माओवादीले आफ्ना अध्यक्ष ‘पुष्पकमल दाहाल’ प्रचण्ड पुत्री रेणुले भूकम्प पीडितका लागि आएको राहत सामग्री लुटेको भन्ने समाचारप्रति आपत्ति जनाएको छ । माओवादी काठमाण्डु जिल्ला समितिका अध्यक्ष हिमाल शर्माले बुधबार विज्ञप्ति जारी गर्दै आरोपको खण्डन गरेका हुन् । रेणु एमाओवादी काठमाण्डुकी...

नेपालले भूकम्पपीडितलाई राहत वितरण गरे

२०७२ वैशाख २३ गते १४:१५

काठमाण्डु, २३ वैशाख– नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काठमाण्डु क्षेत्र नम्बर २ का भूकम्पपीडित जनतासँग भेटघाट गरेका छन् । उनले बुधबार त्यस क्षेत्रका पीडितहरुका बारेमा जानकारी लिँदै तत्कालका लागि राहत सामग्रीसमेत वितरण गरेका हुन् । नाङ्लेभारेको पटाप र नवीनग्राम विद्यालय, इन्द्रायणीको...

भूकम्पले ध्वस्त बस्ती हेरेर फर्केपछि विमानस्थलमा नेताको भलाकुसारी

२०७२ वैशाख २३ गते १३:४९

काठमाण्डु,२३ वैशाख-सधैजसो एकआपसमा वाकयुद्धमा रमाउने राजनीतिक दलका नेता मुलुकमा आएको विनाशकारी महाभूकम्पछि भने एकजुट देखिएका छन् । बुधबार मुलुकका ठूला दलका शीर्ष नेताहरुले एउटै हेलिकोप्टर चढेर भूकम्पबाट प्रभावित जिल्लाहरुको अवलोकन समेत गरे । प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डको...

मानव बेचबिखन मुद्धामा फरार महिला पक्राउ

२०७२ वैशाख २३ गते १३:०२

पोखरा,२३ वैशाख-मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेकी पोखरा–२७ की कमला शेरचनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पक्राउ गरेको छ ।   पोखरा–९ नागढुङ्गास्थित निरभाना रेष्टुरेन्टकी सञ्चालिकासमेत रहेकी शेरचनले चारजना युवतीलाई ललाइफकाइ रेष्टुरेन्ट तथा घर सफाइको काम गर्ने सर्तमा राखेकामा ती युवतीलाई जबर्जस्ती यौन...

नेविसंघद्वारा दुई अनलाइन विरुद्ध मुद्दा

२०७२ वैशाख २३ गते १२:४९

काठमाण्डु,२३ वैशाख-नेपाल विद्यार्थी सङ्घले भूकम्पपीडितलाई त्रिपाल बेचेको भन्ने भ्रामक समाचार सम्प्रेशण गर्ने दुई अनलाइन विरुद्ध बुधबार मुद्दा दर्ता गरेको छ ।   नेपालपाटी अनलाइनका अध्यक्ष युवराज कार्की,प्रबन्ध निर्देशक सरिता निरौला र सम्पादक प्रेम गौतम र झिल्को अनलाइनका सम्पादक सीता अधिकारी र प्रबन्ध निर्देशक प्रकाश...

हात्तीले आक्रमण गर्दा महिलाको मृत्यु

२०७२ वैशाख २३ गते १२:०८

झापा,२३ वैशाख– जिल्लाको दमक नगरपालिकामा हात्तीको आक्रमणमा परेर एक जना महिलाको मृत्यु भएको छ । दमक नगरपालिका– ५ बस्ने ३० वर्षीया धनमाया कार्कीको बुधबार हात्ती आक्रमणमा परेर मृत्यु भएको हो । जंगलमा घाँस काट्न गएको बेला जंगली हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले...

हेरौँ के रहेछ वास्तवमा ज्वालामुखी सम्बन्धि भ्रम

२०७२ वैशाख २३ गते १२:०२

काठमाण्डु, २३ वैशाख– बुधबार रौतहट गौरमा ज्वालामुखी विस्फोटको समाचार राष्ट्रिय समाचार समितिमा आयो । सबै मिडियाले समाचारलाई प्राथमिकताका साथ स्थान दिए । तर, समाचारले आलोचना पनि खेप्नु पर्यो । रासस नेपालको विश्वसनिय सरकारी समाचार संस्था भएकाले सबैले त्यो समाचार हाल्न कुनै हिचकिटाहट मान्ने कुरै...

सवारी दुर्घटनामा २ जनाको मृत्यु

२०७२ वैशाख २३ गते ११:५१

काठमाण्डु, २३ वैशाख– मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । गुल्मी रुपाकोट–३ मा बुधबार लु ३ त ११५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । चालकको नाम र थर खुल्न नसकेको प्रहरीले बताएको छ...

राहत वितरणका लागि उडे चिनियाँ हेलिकोप्टर

२०७२ वैशाख २३ गते ११:०३

काठमाण्डु,२३ वैशाख- भूकम्प प्रभावित क्षेत्रमा राहत उपलब्ध गराउन आएका तीन चिनियाँ एमआई–१७ हेलिकोप्टर राहत सामग्री लिई बुधबारबाट सिन्धुपाल्चोक,रसुवा र गोरखाका लागि प्रस्थान गरेका छन् ।   त्रिभुवन विमानस्थल समन्वय केन्द्रका अनुसार बुधबार बिहान ती हेलिकप्टर काठमाण्डु आइपुगेका हुन् । यसैबीच विनाशकारी भूकम्पमा परी लाङ्टाङबाट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us