समाचार

विवाह भोजको खर्च भूकम्पपीडितलाई

२०७२ वैशाख २३ गते ३:०८

पर्वत, २३ वैशाख – पर्वतको एक विवाहित जोडीले विवाह भोजको खर्च भूकम्पपीडितलाई सहयोग गरेका छन् । पर्वतको सदरमुकाम कुस्मा निवासी डा अनुज श्रेष्ठ र वर्षा मर्सानी श्रेष्ठले विवाह भोजमा ककटेल पार्टी र रमाइलोमा गर्ने खर्च मुलुकमा आएको विनाशकारी भूकम्पबाट पीडितका लागि सहयोग गरेका हुन्...

चितवनको दारेचोक गाविसमा भूकम्पबाट बढी क्षति

२०७२ वैशाख २३ गते ३:०७

चितवन, २३ वैशाख – चितवनको दारेचोक गाविस भूकम्पबाट जिल्लामै सबैभन्दा बढी प्रभावित बनेको छ । जिल्लामा अहिलेसम्म दुई हजार २४० घरमा क्षति भएकामा दारेचोक गाविसमा मात्रै एक हजार १०० बढी घरमा क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । दारेचोक गाविसमा ५०० घर...

भूकम्पको धक्का कम हुँदै गएपछि जनजीवन सामान्य बन्दै

२०७२ वैशाख २३ गते २:५९

काठमाण्डु, २३ वैशाख – वैशाख १२ गते गएको विनाशकारी भूकम्पको धक्का कम हुँदै गएपछि जनजीवन पनि सामान्य हुँदै गएको छ । मङ्गलबार चार रेक्टर स्केलभन्दा माथिका तीन भूकम्प गएको थियो भने अहिले बिहान भूकम्प नगएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत शनिबारदेखि...

भूकम्पले गाउँका विद्यालयमा विद्यार्थी बढे

२०७२ वैशाख २३ गते २:३९

बाजुरा, २३ वैशाख – काठमाण्डुको कोटेश्वर सरस्वती मावि कक्षा ९ मा अध्ययनरत १४ वर्षीया मेनुका बुढा बाजुराको मालिका उच्च माविमा भर्ना भएकी छन् । जिल्लाबाट बाहिर गएका विद्यार्थी गाउँकै विद्यालयमा भर्ना हुने क्रम बढेको छ । भूकम्पले गर्दा आफन्तले आफ्ना छोराछोरीलाई घरमा बलाउने क्रम...

सगरमाथाको आधारशिविरमा अब कोही छैन

२०७२ वैशाख २३ गते २:३३

सल्लेरी ९सोलुखुम्ब०, २३ वैशाख – विनाशकारी भूकम्पसँगै गएको हिमपहिरोले सगरमाथाको आधारशिविर रित्तिएको छ । सगरमाथा आरोहणका लागि ४२ समूहले अनुमति लिएको भए पनि प्रतिकूल मौसम र बाटो बिग्रिएका कारण अधिकांश आरोहीले आरोहण दल रद्द गरी आधारशिविर छाडेपछि सगरमाथाको आधारशिविर रित्तिएको हो । आधारशिविरमा अहिले...

नेपालमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जल्न थाले

२०७२ वैशाख २२ गते १४:४१

काठमाण्डु, २२ वैशाख– भूकम्प पीडितलाई सहयोग गर्ने नाममा नेपालको राष्ट्रियतामाथि हस्तक्षेप गरेको भन्दै भारतीय प्रधानन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ ।   विभिन्न राजनीतिक दल सम्वद्ध विद्यार्थी संगठनले इटहरीमा मोदीको पुत्ला जलाएका हुन् ।   छिमेकमा आपत परेका बेला सहयोगको आबरणमा भारतीय सेना...

राजदूत बोडेले किन नेपाली मन्त्रीलाई ‘ननसेन्स’ भन्दै झपारे ?

२०७२ वैशाख २२ गते १३:११

काठमाण्डु, २२ वैशाख– नेपालका लागि अमेरिकि राजदूत विलियम पिटर बोडेले पर्यटनमन्त्री दिपक अमात्यलाई ‘ननसेन्स’ भन्दै झपारेका छन् । नेपालमा आएको महाभूकम्पका पीडितलाई राहत र उद्दार गर्न आएको अमेरिकी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न रोक लगाइएपछि आक्रोशित भएका राजदूत बोडेले एमाले नेताहरुकै अगाडि मन्त्री...

परराष्ट्रमन्त्रीको आदेश भारतीय सेनाद्वारा अस्वीकार, विमानस्थलमा भारतीय सेनाको ब्यारेक

२०७२ वैशाख २२ गते १२:५९

काठमाण्डु, २२ वैशाख– परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलले स्वदेश फर्कन दिएको निर्देशन भारतीय सेनाले अस्विकार गरेको छ । भूकम्प पीडितको उद्धारका लागि आएको भारतीय सेना फिर्ता हुन नमानेको हो । डिजिटल पत्रिका अनलाइनखबर डटकमका अनुसार परराष्ट्रमन्त्री पाण्डेले सोमबार परराष्ट्र मन्त्रालयमा कूटनीतिक नियोगका अधिकारीहरुलाई बोलाएर उद्दार टोलीलाई...

प्रकाश र जनकले गरे भूकम्प पीडितलाई तीन लाख बराबरको राहत वितरण

२०७२ वैशाख २२ गते १२:४६

काठमाण्डु, २२ वैशाख– हाल न्युजिल्यान्डमा इन्जिनियर रहेका काभ्रे, बनेपाका प्रकाश गौतम र युएनको मिसनअन्तर्गत सुडानमा कार्यरत जनक थापाले भूकम्प पीडित सिन्धुपाल्चोकको स्याउलेमा तीन लाख बराबरको राहत सामग्री वितरण गरेका छन् । उनीहरुले स्याउले गाविसको वडा नम्वर ८ का १ सय ३० परिवारलाई ३ लाख...

राहत सामग्री लिएर भक्तपुरको ददिकोट पुगे प्रचण्ड

२०७२ वैशाख २२ गते १२:१७

भक्तपुर, २२ वैशाख–एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प पीडितलाई भेटन भक्तपुरको ददिकोट पुगेका छन् । मंगलबार दिउँसो ददिकोट पुगेका प्रचण्डले भूकम्प पीडितसँग भेटघाट गर्नुका साथै राहत सामग्रीसमेत वितरण गरेका छन् । उनले वडा नं ७ र ८ का भूकम्प प्रभावितहरुलाई दाल, चामल, तेललगायतका खाद्य सामाग्री...

कक्षा ११ र १२ को परीक्षा तत्काल नहुने

२०७२ वैशाख २२ गते १२:०९

काठमाण्डु, २२ वैशाख– उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ र १२ को परीक्षाको मिति तत्कालका लागि नतोकिएको स्पष्ट पारेको छ । परिषदका सदस्य सचिव नारायण प्रसाद कोइरालाले अहिलेसम्म परीक्षाको मिति नतोकिएको स्पष्ट पारे ।   यसअघि आइतबारदेखि सुरु हुने भनिएको परीक्षा भूकम्पपछि अनिश्चितकालको लागि...

मंगलबार फेरि ४.३ रेक्टर स्केलको भूकम्प

२०७२ वैशाख २२ गते ११:५९

काठमाण्डु,२३ वैशाख-मंगलबार अपराह्न ४ बजेर २३ मिनेट जाँदा सिन्धुपाल्चोक र दोलखाको सिमानालाई केन्द्रबिन्दु बनाएर ४.३ रिक्टर स्केलको भूकम्पको पराकम्पन गएको छ ।   राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अघिल्ला दिनका तुलनामा मंगलबार भूकम्पका धक्का कम महसुस भएको छ । सोमबार एकैदिन चार रिक्टर स्केल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us