समाचार

सरकारविरुद्ध फेसबुकमा स्टाटस् लेखेपछि…

२०७२ वैशाख २२ गते ११:१९

काठमाण्डु, २२ वैशाख– सामाजिक सञ्जाल फेसबुकमा भ्रामक सन्देश पठाएर भ्रम फैलाउने एकजनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । कर्मठ युवा नेपाल भन्ने संस्थाका अध्यक्ष मोरङका २४ वर्षीय विवेक राई पक्राउ परेका हुन् ।   राइले कर्मठ युवा नेपाल नामको एकाउन्टबाट प्रधानमन्त्री राहत कोषका विरुद्ध...

पालमूनि जीवन बिताइरहेका गर्भवती आमाहरुको चित्कार !

२०७२ वैशाख २२ गते ११:००

काठमाण्डु,२२ वैशाख-काभ्रेकी २५ वर्षीया गर्भवती ईश्वरी तामाङलाई अस्पतालले सुत्केरीका लागि तीन दिनपछिको समय दिएको छ । वैशाख १२ गते गएको भूकम्पका कारण भाडामा लिएको कोठामा बस्न नसकेपछि उनी अहिले छाउनीस्थित नेपाली सेनाको ब्यारेकमा बसिरहेकी छिन् ।   ब्यारेकले नै दिएको पालमा बसिरहेकी ईश्वरीलाई अरु...

त्रिपाल बेचेर खाएको प्रमाणित भए कारबाही गर्छौः नेविसंघ

२०७२ वैशाख २२ गते १०:३३

काठमाण्डु,२२ वैशाख-भूकम्पपीडितका लागि आएको पाल बेचिएका हल्ला चलेकाले त्यसको छानबिन गरी कारबाही गर्न नेपाल विद्यार्थी सङ्घले सरकारसँग माग गरेको छ ।   राहतका लागि आएको पाललगायतका सामग्री नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले बेचेको अफवाह फैलाएकाले त्यस्तो कार्य गरेको भए सप्रमाण केन्द्रीय कार्यालयमा खबर गर्न सङ्घले...

उद्घाटन गर्दागर्दै ध्वस्त भयो, विद्यालय भवन

२०७२ वैशाख २२ गते ९:५८

चरिकोट,२२ वैशाख-सन् २००३ मा अन्नपूर्ण क्षेत्रमा हिमपहिरो गयो । सोही हिमपहिरो जाँदा लक्जेमवर्गका नागरिक जर्जले लगेका गौरीशङ्कर–३ का दुई व्यक्ति भरिया लाक्पा शेर्पा र कुक गुणा शेर्पाले ज्यानको बाजी राखेर उनलाई बचाएका थिए । हिम पहिरोमा बचाएका कारण भरिया र कुकलाई जर्जले के चाहन्छौँ...

भूकम्प पीडित पत्रकारहरुको अवस्था बुझ्दै महासंघ

२०७२ वैशाख २२ गते ९:४३

काठमाण्डु, २२ वैशाख– नेपाल पत्रकार महासंघको नेतृत्वमा भूकम्पपीडित सञ्चारकर्मी र उनीहरुको परिवारको अवस्था बुझ्ने अभियानको सुरुवात भएको छ । सोही क्रममा महासंघको नेतृत्वमा सोमबार काभ्रे र सिन्धुपाल्चोकको स्थलगत भ्रमण गरी महाभूकम्पमा परेर भएको क्षतिको अध्ययन गर्नुका साथै आफन्त गुमाएका पत्रकारलाई सहयोग र सान्त्वना दिएको...

बेवारिसे बन्दुक पड्किएर बालकको ज्यान गयो

२०७२ वैशाख २२ गते ९:१८

अर्घाखाँची,२२ वैशाख-अर्घाखाँचीको सिमलपानी गाविसमा बेवारिसे भरुवा बन्दुक पड्किएर एक जनाको ज्यान गएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।   सिमलपानी गाविस वडा नं १ विक्रमसोताको मानिस नबस्ने एक घरमा रहेको बेवारिसे भरुवा बन्दुक पड्किँदा स्थानीय सात वर्षीय बालक जीवन घर्ती...

भूकम्पपछि झन् मानसिक त्रास बढ्दै

२०७२ वैशाख २२ गते ८:५०

चितवन,२२ वैशाख-विनाशकारी भूकम्पको कम्पनले त्रसित भएका सर्वसाधारणमा मानसिक समस्या बढ्दै गएको छ । भूकम्प गएको मंगलबार ११ दिन बितिसक्दा पनि उनीहरुमा विभिन्न मनोसामाजिक समस्या र मानसिक त्रास कायमै देखिएको हो ।   कतिपय भूकम्पपीडित राम्ररी काम गर्न सकिरहेका छैनन् भने कतिपयमा भूकम्पको कम्पन बेलाबेलामा...

लौ चिन्नुस्, को–को हुन् निकम्मा मन्त्रीहरु ?

२०७२ वैशाख २२ गते ८:३६

काठमाण्डु, २२ वैशाख– वैशाख १२ गतेको महाभूकम्मले ठूलो मात्रामा जनधनको क्षति भयो । उद्दार, राहत र व्यवस्थापनमा भएको कमजोरीलाई लिएर उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमको सर्बत्र आलोचना भयो । प्रधानमन्त्री सुशील कोइराला देश बाहिर रहेको र कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पनि उपप्रधानमन्त्री गौतमले सम्हालेको हुनाले...

कुन निकुञ्जमा कति रहेछन् एकसिङगे गैंडा ?

२०७२ वैशाख २२ गते ८:०९

चितवन,२२ वैशाख-नेपालमा एकसिङ्गे गैंडाको सङ्ख्या ६४५ पुगेको छ । विगत एक महिना लगाएर गरिएको गैँडा गणनाको सङ्ख्या मंगलबार निकुञ्ज विभागले सौराहामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासको क्षेत्रमा ६०५,बर्दिया राष्ट्रिय निकुञ्जमा २९, शुक्लाफाँटा वन्यजन्तु आरक्षमा आठ...

सगुनको संयोजनमा कोशीपारी ३ ट्रक राहत पुग्यो

२०७२ वैशाख २२ गते ८:०८

काठमाण्डु, २२ वैशाख– अमेरिकाको वासिङ्टन डीसी तथा भारतको नयाँ दिल्लीबाट संचालित सगुन कर्पोरेशनले प्रवद्र्धन गरेको सामाजिक मञ्च (sagoon.com) को संयोजनमा काभ्रेको विकट जिल्लामा भूकम्पपीडितका लागि राहत वितरण गरिएको छ ।   मंगबार सगुनको संयोजनमा ३ ट्रक राहत सामग्रीसहित गएको टोलीले स्थानीयलाई चामल, दाल, तेल, म्याट,...

विपद्को बेला गृहमन्त्री बामदेव गौतमले के के बोले के के गरे ?

२०७२ वैशाख २२ गते ८:०३

अंग्रेजी भाषा नजानेर हिन्दीमा जवाफ काठमाण्डु, २२ वैशाख– गृहमन्त्री बामदेव गौतमको भूमिका र रबैया भूकम्पले निम्त्याएको विपद्को बेला पनि विवादास्पद नै रह्यो । वर्तमान सरकारका मन्त्रीहरुमध्ये सर्वाधिक विवादास्पद ऊर्जामन्त्री राधा ज्ञवालीलाई समेत गृहमन्त्री गौतमले उछिनेका छन् । गृहमन्त्री गौतम आफै अनुशासनहिन छन् भन्ने त...

असी फिट अग्लो बुद्धको मूर्ति निर्माण गरिंदै

२०७२ वैशाख २२ गते ७:५७

पोखरा,२२ वैशाख-कास्कीको काहुँडाँडास्थित काहुँकोटमा ८० फिट अग्लो बुद्धको मूर्ति बनाइने भएको छ ।   उक्त ठाउँमा यशोधरा वाटिका पनि निर्माण गरिनेछ । पोखरालाई पर्यटकीय एवम् धार्मिक रुपमा विकास गर्ने उद्देश्यले उक्त निर्माण कार्य गरिने बताइएको छ ।   करिब १७० रोपनी जमिनमा निर्माण गरिने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us