काठमाण्डु,२४ वैशाख-जापानका विभिन्न विश्वविद्यालयबाट आएका प्राध्यापक एवम् इन्जिनियरको टोलीले भूकम्पबाट हुने जनधनको क्षति न्यून गर्न भवन निर्माण आचारसंहिताको पालनामा जोड दिएको छ । भूकम्पबाट भएको क्षतिका बारेमा जानकारी लिन जापानबाट आएको उक्त टोलीले बढी प्रभावित क्षेत्र गोरखा,काठमाण्डु र सिन्धुपाल्चोकको स्थलगत अध्ययन गरेको थियो ।...
काठमाण्डु, २४ वैशाख–एमालेले लमजुङ र सोलुखुम्बुलाई पनि भूकम्प अतिप्रभावित जिल्ला घोषणा गर्न सरकारसँग माग गरेको छ । सरकारले यसअघि ती बाहेक १४ जिल्लालाई भूकम्प अतिप्रभावित जिल्ला घोषणा गरेपनि एमालेले यी दुई पनि थपेर १६ जिल्ला बनाउन माग गरेको छ । महासचिव ईश्वर पोखरेलको...
भीमदत्तनगर,२४ वैशाख-आगलागीबाट बझाङमा एक युवकको मृत्यु भएको छ । चुरोट सेवन गर्ने क्रममा नजिकै रहेको पराल र खरमा आगो सल्किएपछि कफलसेरी गाविस–३ का २८ वर्षीय प्रविन भण्डारीको बिहीबार मृत्यु भएको हो । आफ्ना सालाको विवाह जन्तीबाट फर्किने क्रममा बीच बाटोमा रहेको खाली घरमा...
काठमाण्डु, २४ वैशाख– नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गत साता गएको विनासकारी भूकम्प प्रभावित जिल्लामा अवास पूर्ननिर्माण गरेर सघाउने भएको छ । बिहीबार माओवादीले पत्रकार सम्मेलन गर्दै १४ जिल्लाका प्रभावित क्षेत्रमा घर पूर्ननिर्माण गरि सघाउने जानकारी दिएको हो । पद्मकन्या क्याम्पसमा आयोजित...
भीमदत्तनगर,२४ वैशाख-बैतडीमा बिहिबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । बैतडीको श्रीकोटबाट सदरमुकाम गोठालापानी आउँदै गरेको से१ज १८३ नम्बरको जिप दशरथचन्द राजमार्गको देहीमाडौँ गाविस–६ मा दुर्घटना हुँदा कटौजपानी गाविस–९ का ३२ वर्षीया धानादेवी जोशीको...
काठमाण्डु,२४ वैशाख- वैशाख १२ गते गएको महाभूकम्पका कारण देशका मध्यक्षेत्रका अधिकांश घरहरु ध्वस्त भएका छन् । नौ जिल्लाभन्दा बढी स्थानका घरहरु ध्वस्त भएको मुलुकको सबैभन्दा घना बस्ती भएको यो क्षेत्रमा आएको विनाशकारी भूकम्पले लाखौं घरहरु ध्वस्त भएसँगै पुनरसंरचनाका बहसहरु बाहिर आएका छन् । नेतादेखि संघसंस्था...
काठमाण्डु,२४ वैशाख-विनाशकारी भूकम्पले हालसम्म चार जना रेडक्रसकर्मीको मृत्यु भएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका कार्यरत वरिष्ठ प्राविधिक सहायक लालमाया गुरुङ,रक्त सङ्कलक स्वयम्सेवक सानुमैया कपाली र सिम्रन डङ्गोल तथा रसुवाका रेडक्रसकर्मी जितनाथ तिमल्सिनाको मृत्यु भएको सोसाइटीले जनाएको छ । प्राविधिक...
काठमाण्डु, २४ वैशाख– ‘हामी सक्छौँ’ भन्ने नाराका साथ नेपाली विद्यार्थीको एक समूहले ललितपुरको बुङ्मति क्षेत्रमा २० देखि ३० हजारमै नयाँ घर बनाउने भएको छ । इन्जिनियरहरु समेत सम्मिलित उक्त टोलिमा विद्यार्थीले भूकम्पबाट प्रभावित मानिसहरुलाई कसरी पहिलेकै जीवनमा फर्काउन सकिन्छ भन्ने उद्धेश्यले यस्तो अभियान चालेका...
विराटनगर,२४ वैशाख-ओखलढुङ्गामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । कटुन्जे–५ बस्ने २६ वर्षीया भगवती बुढाथोकीको घटनास्थलमै मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । बुधबार साँझको समयमा उनी छिमेकीका घरमा बसेकी थिइन् । सोही...
नुवाकोट,२४ वैशाख-विनाशकारी भूकम्पको चपेटामा परेर नुवाकोटको सौन्दर्य ध्वस्त भएको छ । जिल्लाको आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र नुवाकोट दरबार क्षेत्रलाई क्षतविक्षत पारेको छ । वैशाख १२ को विनाशकारी भूकम्पले जिल्लाको आकर्षणको स्थल तथा परिचय बनेर रहेको साततले दरबारलाई समेत क्षति पु¥याएको हो ।...
काठमाण्डु, २४ वैशाख–पाकिस्तानी राजदूतावासले बिहीबार पत्रकार सम्मेलन गरेर आफूले नेपालका भूकम्प पीडितको उद्धारका लागि आफूले गरेको सहयोगको बारेमा जानकारी दिएको छ । दुतावासमा आयाजित पत्रकार सम्मेलन पाकिस्तानी राजदूत अर्सद साउद खोसाले विभिन्न पाँच चरणमा गरेर राहत सामग्री उपलब्ध गराएको जानकारी दिएका थिए । पाकिस्तानले...
पाँचथर, २४ वैशाख–ताप्लेजुङको छेतम्बुबाट सदरमुकाम फुङ्लिङतर्फ आउँदै गरेको यात्रुबाहक जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ताप्लेजुङ नगरपालिका–८ मा पर्ने ल्याङ्बामा मे१ज ५७२८ नम्बरको जिप भिरबाट तल खस्दा दुर्घटना भएको स्थानीय चेतनाथ दाहालले जानकारी दिए । दुर्घटनामा परी ९ जना घाइते भएका...