समाचार

शुक्रबार विहानै ५ रेक्टर स्केलको भूकम्प

२०७२ वैशाख २५ गते १:१६

काठमाण्डु, २५ वैशाख– शुक्रबार विहानै महाभूकम्पका दुई पराकम्पन महशुस गरिएको छ । भूकम्प मापन केन्द्रकाअनुसार विहान ६ बजेर १७ मिनेट जाँदा दोलखा र सिन्धुपाल्चोकको सिमाना केन्द्रविन्दु भएको ५ रेक्टर स्केलको पराकम्पन गएको छ । यो पराकम्पन सहजै अनुभव गर्न सकिने किसिमको थियो । त्यस्तै...

भूकम्पले भत्केका संरचना बनाउन बाबुरामले ल्याए यस्तो आइडिया

२०७२ वैशाख २४ गते १५:००

काठमाण्डु, २४ वैशाख– एमाओवादी नेता एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भूकम्पले क्षति पुगेका भौतिक संरचना निर्माणका लागि पुनःनिर्माण प्राधिकरण बनाउनुपर्ने बताएका छन् । व्यवस्थापिका–संसदको बिहीबारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले प्राधिकरण गठनको प्रस्ताव गरेका हुन् । प्राधिकरण बनाएर अघि बढ्दा योजना बनाउन तथा कार्यान्वयनका लागि...

बामदेवलाई गृहमन्त्रीबाट हटाउन ओली निवासमा छलफल

२०७२ वैशाख २४ गते १४:४७

काठमाण्डु, २४ वैशाख–एमालेले पार्टीका तर्फबाट सरकारको नेतृत्व गरिरहेका उपाध्यक्ष बामदेव गौतमलाई उपप्रधान तथा गृहमन्त्रीबाट बर्खास्त गर्ने तयारी गरेको छ । विश्वस्त स्रोतका अनुसार गौतमलाई बर्खास्त गर्नेबारे अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका आफ्ना विश्वासपात्रहरुसँग दुई–तीन चरणमा गम्भीरतापूर्वक छलफल चलाइसकेका छन् । सरकार गठन भएयता बामदेवको...

कैलालीमा चार वर्षीया बालिका बलात्कृत

२०७२ वैशाख २४ गते १४:०१

कैलाली,२४ वैशाख-कैलालीमा चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।   कैलालीको मसुरियामा बिहीबार दिउँसो ३ बजे एक चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जोशीपुर–६ का चुकिया कठरिया महतोलाई पक्राउ गरेको हो ।   मसुरिया बजारमा महतो अटो...

बर्दिया र सर्लाहीबाट ७८ केजी लागूऔषध बरामद, १ जना पक्राउ

२०७२ वैशाख २४ गते १३:३९

काठमाडु, २४ वैशाख– सर्लाहीमा बिहीबार प्रहरीले गाजाँसहित एकजनालाई पक्राउ गरेको छ । बाराउधोरण–९ मा करिब तीन किलो पाँचसय ग्राम गाँजा शरीरमा बाँधेर साईकलबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा सुखचैना–८ का ६० वर्षीय महेन्द्र कुर्मी पक्राउ परेका हुन् । घटनाको प्रहरीले आवश्यक अनुसन्धान भइरहेको बताएको छ...

खेलाडी संघ, मिनकृष्ण तथा पर्वतारोही संजयद्वारा राहत वितरण

२०७२ वैशाख २४ गते १३:३४

काठमाण्डु, २४ वैशाख– नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ, राखेपका पूर्व कोषाध्यक्ष तथा अन्तराष्ट्रिय कराँते खेलाडी मिनकृष्ण महर्जन र किर्तिमानी विश्वआरोही एवं अल्ट्धावक संजय पंडितको संयुक्त प्रयासमा भूकम्पको चौथो दिन बाटै ललितपुर, काठमाण्डु तथा सिन्धुपाल्चोकका दर्जनौं ठाउँमा राहत प्रदान गर्दे आएको छ छ ।...

भूकम्प प्रभावित क्षेत्रमा जापानी चिकित्सक टोलीको उदाहरणीय काम

२०७२ वैशाख २४ गते १२:५५

सिन्धुपाल्चोक,२४ वैशाख-नेपालस्थित जापानी दूतावासले सिन्धुपाल्चोकको बाह्बिसेमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा जटिल शल्यक्रियासहित करिब ६०० ले विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गरेका छन् । वैशाख १८ गतेदेखि शिविर सञ्चालन गरी उपचार सुरु गरिएकामा हातखुट्टा भाँचिएका तथा ढाडमा गम्भीर चोट लागेर घाइते भएका पाँच जनाको जटिल...

पत्रकार महासंघ पीडितको दुःखमा मलम लगाउँदै

२०७२ वैशाख २४ गते १२:०८

नेपाल पत्रकार महासंघले धादिङ्ग, रसुवा र नुवाकोटको स्थलगत भ्रमण गरी महाभूकम्पमा परी भएको क्षतिको अध्ययन गर्नुका साथै विपत्तिमा परेका पत्रकारलाई सान्त्वना दिएको छ ।   महासंघका अध्यक्ष डा.महेन्द्र बिष्टको नेतृत्वमा प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्याल, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष...

विकास अभियानले राहत वितरण गर्यो

२०७२ वैशाख २४ गते ११:२८

काठमाण्डु, २४ वैशाख– नेपाल विकास अभियानले आफ्नो राहत वितरणको कार्यक्रमलाई निरन्तरता दिएको छ ।   अभियानले काभ्रेको सिमडाडा, दलसिङे लगाएतका स्थानमा भूकम्पपीडतलाई चामल, चिउरा, चाउचाउ, बिस्कुट, त्रीपाल तथा टेन्ट वितरण गरेको हो ।   ‘दोस्रोपटकको राहत वितरण कार्यक्रममा काभ्रेको सिमडाडा र दलसिङे फुलबारिमा स्थानियको...

संसद अधिवेशनमा भूकम्पको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत

२०७२ वैशाख २४ गते ११:१७

काठमाण्डु,२४ वैशाख-व्यवस्थापिका–संसद्को तेस्रो अधिवेशन सुरु भएको छ । अधिवेशनको पहिलो दिन वैशाख १२ गतेको भूकम्पमा परी भएको जनधनको क्षतिका सम्बन्धमा प्रस्तुत विशेष प्रस्ताव र पूर्वसांसद् चक्रबहादुर ठकुरीको निधन भएकामा सर्वसम्मतले शोकप्रस्ताव पारित गर्दै सम्पन्न भयो । बिहीबारको बैठकको प्रारम्भमा सभामुख सुवास नेम्वाङले राष्ट्रपति रामवरण...

किन काटियो उद्दारमा खटिएका सुरक्षाकर्मीको तलब ?

२०७२ वैशाख २४ गते ११:०७

काठमाण्डु, २४ वैशाख– भूकम्पकाबेला खोजि, उद्दार तथा राहत वितरणमा खटिएका सुरक्षा संगठनको तलव काटिने भएको छ । प्रधानमन्त्री दैपिकप्रकोप उद्धार कोषका लागि सो सुरक्षा संगठनको तलब काटिने जनाइएको छ । नेपाल प्रहरी र सशस्त्रको दुई दिनको तलव काटेर कोषमा राखिएको जनाइएको छ ।  ...

पोखरीमा डुबेर बालिकाको मृत्यु

२०७२ वैशाख २४ गते १०:५३

काठमाण्डु,२४ वैैशाख– सर्लाहीको लालबन्दी नगरपालिकामा पोखरीमा डुबेर एकजना बालिकाको मृत्यु भएको छ । स्थानीय सिकिन्द्र महतोकी ८ बर्षीया छोरी कविता महतोको पोखरीमा डुबेर मृत्यु मृत्यु भएको हो ।   बुधबार साँझ सोही ठाउँको हरिभवन पुजा हेर्न गएकी उनलाई विहिबार विहान सुमन अमात्यको पोखरीमा डुबेर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us