समाचार

बेहोस भेटिएका अधिकारीको उपचारका क्रममा मृत्यु

२०७२ वैशाख २५ गते ११:३५

कास्की, २५ वैशाख– कास्की धम्पुसे–१ घण्टेखोलामा शुक्रबार वेहोस अवस्थामा फेला परेका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाको ढिकुरपोखरी–४ का ३८ वर्षीय विश्वराज अधिकारीको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारकोक्रममा मृत्यु भएको हो ।   घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।...

मोटरसाइकल दुर्घटनामा मालतीदेवीको मृत्यु

२०७२ वैशाख २५ गते ११:२८

सप्तरी, २५ वैशाख– शुक्रबार सप्तरीमा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । शम्भुनाथ नगरपालिका, १ महेन्द्र राजमार्गमा ज ६ प ७१०७ नम्बरको मोटरसाइकलबाट अचानक खसेर गम्भीर घाइते भएकी ४० वर्षीया मालतीदेवी सिंहको मृत्यु भएको हो । उनको अञ्चल अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु...

कुनै पनि नेपालीलाई घरबारविहीन हुन दिइनेछैन : प्रधानमन्त्री

२०७२ वैशाख २५ गते ११:२१

काठमाण्डु, २५ वैशाख– प्रधानमन्त्री सुशील कोइरालाले कुनै पनि नेपालीलाई घरबारविहीन हुन नदिने बताएका छन् । शुक्रबार व्यवस्थापिका संसद बैठकमा विशेष संकल्प प्रस्ताव पेश गर्दै प्रधानमन्त्री कोइरालाले भने, ‘कुनै नेपालीले घरबारबिहीन हुन र खाद्यान्नको अभावका कारण कुपोषणको सिकार हुन दिइनेछैन ।’ उनले राष्ट्रिय विपत्तिको घडीमा...

प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दै भने, ‘राष्ट्रिय विपत्ति सामना गर्न सबै एक भएका छौ’ (सम्बोधनको पूर्णपाठ)

२०७२ वैशाख २५ गते ११:१३

काठमाण्डु,२५ वैशाख– प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार आकस्मिक बसेको अधिवेशनलाई सम्बोधन गरेका छन् । मुलुकमा वैशाख १२ गते आएको विनाशकारी भूकम्प र त्यसले पारेको जनधनको क्षतिप्रति लक्षित गर्दै प्रधानमन्त्री कोइरालाले भूकम्पले सिर्जना गरेको यो राष्ट्रिय विपत्तिको सामना सिंङ्गो राष्ट्रलाई एकताबद्ध बनाएर आपसी सहकार्य, सहमति र...

सर्वोच्च अदालतको अस्थाई भवन बन्दै

२०७२ वैशाख २५ गते ९:५३

काठमाण्डु,२५ वैशाख-वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट सर्वोच्च अदालतको भवन पूर्णरुपमा चर्किएर इजलाससमेत बन्द भएपछि सिंहदरबार पुनःनिर्माण समितिले दुई महिनाभित्र अस्थायी भवन निर्माण गर्ने भएको छ । ठेक्कालगायत प्रक्रिया छोट्याएर छ इजलास सञ्चालन गर्न सकिने गरी भवन निर्माण गर्न लागिएको समितिले जनाएको छ । अहिले...

खैरो हिरोइनसहित जीवन पक्राउ

२०७२ वैशाख २५ गते ९:२९

काठमाण्डु,२५ वैशाख-महानगरीय अपराध महाशाखाले खैरो हिरोइनसहित सिन्धुपाल्चोक थकनी–१ का सुजन विष्टलाई पक्राउ गरेको छ ।   महाशाखाका अनुसार विष्टलाई काठमाण्डु बागेश्वरी मनोहरा नगरपालिका–७ थलीबाट बिहीबार पक्राउ गरेको भए पनि शुक्रबार सार्वजनिक गरेको हो ।   विष्टको साथबाट प्रहरीले ३.६० ग्राम खैरो हिरोइन र  ५२...

भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या ७ हजार ८ सय

२०७२ वैशाख २५ गते ९:०७

काठमाण्डु,२५ वैशाख-वैशाख १२ को भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या हालसम्म सात हजार ८८५ पुगेको छ ।   गृह मन्त्रालयका अनुसार सो विनाशकारी भूकम्पमा हालसम्म १७ हजार ८०३ जना घाइते भएका छन् । बेपत्ताको यकिन विवरण आइसकेको छैन ।...

भुकम्पले काभ्रेमा २४ विद्यार्थीको ज्यान लियो

२०७२ वैशाख २५ गते ८:४७

बनेपा,२५ वैशाख-भूकम्पले काभ्रेपलाञ्चोकमा विभिन्न विद्यालयका २४ जना विद्यार्थीको मृत्यु भएको छ । भूकम्पका कारण ५९ वटा विद्यालय पूर्णरुपमा क्षति भएको जिल्ला शिक्षा कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।   मृत्यु हुनेमा देवीटार निम्नमाध्यमिक विद्यालय,देवीटारमा कक्षा ६ मा अध्ययनरत हीरालाल लामा, महाकाली माध्यमिक विद्यालय बालुवापाटी,कक्षा १...

राहत सामग्री बोकेर विप्लव भूकम्पको केन्द्रविन्दु बारपाकतर्फ

२०७२ वैशाख २५ गते ८:३१

काठमाण्डु, २५ वैशाख–नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ भूकम्प पीडितका लागि राहत सामग्री खाद्यान्न र लत्ताकपडासहित गोरखाको बारपाकतर्फ लागेका छन् । महासचिव विप्लवसहित प्रवक्ता खड्कबहादुर विश्वकर्मा, उमा भूजेललगायतको टोली शुक्रबार काठमाण्डुबाट गोरखाको बारपाक हिँडेको हो । विप्लव नेतृत्वको टोलीले भूकम्पको केन्द्रविन्दु बारपाकका पीडितका लागि...

हराइरहेका सैनिकसहित २ जना मृत फेला परे

२०७२ वैशाख २५ गते ८:०७

रसुवा,२५ वैशाख-मैलुङ इलाका क्षेत्रमा हराइरहेका एक सैनिकको शव फेला परेको छ ।   नारायण दल गणका अनुसार माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सडक निर्माण गर्ने क्रममा ल्याइएको विस्फोटक पदार्थको सुरक्षामा तैनाथ कञ्चनपुर घर भएका सिपाही केशव विष्टको शव फेला परेको हो । लाङ्टाङ गाविसमा पहिरोले...

गच्छादारले भने, ‘वर्षायाम लाग्यो, छिटो पीडितलाई राहत देऊ’

२०७२ वैशाख २५ गते ७:५८

विराटनगर,२५ वैशाख-मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले भूकम्पपीडित परिवारबीच राहत प्रदान गर्नेलगायत कार्यका लागि सबै राजनीतिक दल ऐक्यबद्ध भएर लाग्नुपर्ने बताएका छन् । भूकम्पपीडित परिवारको उद्धार र राहत वितरणमा विदेशी मुलुकका साथै विभिन्न दातृनिकायको भूमिका प्रशंसनीय रहेको र प्राप्त सहयोगलाई व्यवस्थित ढङ्गले...

नेपाल दुःखमा हुँदा हामीलाई पनि दुख्छ : भारतीय राजदूत

२०७२ वैशाख २५ गते ७:४५

काठमाण्डु, २५ वैशाख– नेपालका लागि भारतीय राजदूत रञ्जित रेले नेपाल दुःखमा हुँदा भारतीय जनताहरुलाई पनि दुख्ने बताएका छन । वैशाख १२ गते गएको महाविनासकारी भूकम्पमा परेर ज्यान गुमाएकाहरुलाई श्रद्धान्जली दिन स्थानीयले आयोजना गरेको दीप प्रज्वलन तथा श्रद्धाञ्जलि समारोहलाई सम्बोधन गर्दै राजदूत रेले छिमेकी नेपाललाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us