समाचार

भूकम्पले सगरमाथा हल्लाएको त्यो क्षण

२०७२ वैशाख २५ गते ७:४५

काठमाण्डु,२५ वैशाख-दोलखा गौरीशङ्खर–१ रोल्वालिङका पासाङ तेन्जिङ शेर्पालाई आजकल मोटरसाइकलको आवाज सुन्नासाथ विनाशकारी भुइँचालो आएजस्तै अनुभूति हुन्छ । झन्डै १२ वर्षदेखि पर्वतीय पथप्रदर्शकको काम गर्दै आउनुभएका आरोही शेर्पाको मानसपटलबाट गत वैशाख १२ गते गएको भूकम्पको त्रासदी अझै हटेको छैन । नौ पटक सगरमाथा आरोहण गरिसकेका...

संसदमा राहत र पुनर्वासम्बन्धी सङ्कल्प प्रस्ताव पेस हुँदै

२०७२ वैशाख २५ गते ७:२०

काठमाण्डु,२५ वैशाख-भूकम्पबाट प्रभावित क्षेत्रका जनतालाई राहत दिने र पुनर्वासको व्यवस्था गर्न व्यवस्थापिका–संसद्को शुक्रबार बस्ने बैठकमा सङ्कल्प प्रस्ताव पेस हुने भएको छ । भूकम्पपीडितलाई अल्पकालीन र दीर्घकालीन रुपमा राहत तथा पुनर्वासको व्यवस्थासहित सङ्कल्प प्रस्ताव तयारीका लागि शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार बसेको संसदमा प्रतिनिधित्व गर्ने सबै...

त्रिपालमा पढाउने तयारी, २९ स्वास्थ्य भवन ध्वस्त

२०७२ वैशाख २५ गते ५:५७

गजुरी, २५ वैशाख । भूकम्पले विद्यालय ध्वस्त भएपछि विद्यार्थीको पठनपाठन प्रभावित हुने भएकाले जिल्ला शिक्षा कार्यालयले त्रिपालमुनि भए पनि विद्यालय सुरु गर्ने जनाएको छ ।   जिल्लाका अधिकांश विद्यालय भवन भत्केका छन् । जिल्लाका ५८७ विद्यालयका पाँच हजार ३७३ कक्षा कोठामध्ये दुई हजार ७४६...

माओवादीले लुकाएको बन्दुक भूकम्पले भत्किएको घरको भग्नावशेषमा भेटिएपछि ८० वर्षीय वृद्ध जेल चलान

२०७२ वैशाख २५ गते ५:१८

दोलखा, २५ वैशाख– सशस्त्र द्वन्द्वका क्रममा एमाओवादी लडाकुले लुकाएर राखेको हतियारका कारण दोलखामा एक ८० वर्षीय वृद्ध जेल जाने भएका छन् ।   बुलुङ–८ मुङ्लासाका दिलबहादुर खड्का प्रहरी फन्दामा परेका हुन् । भूकम्पका कारण भत्किएको खड्काको घरमा उद्धरका क्रममा चरिकोटस्थित बर्दबहादुर गणबाट गएको नेपाली...

भूकम्पमा भत्केका पुरातात्विक सामग्री सुरक्षित राख्न आग्रह

२०७२ वैशाख २५ गते ४:१९

  काठमाण्डु, २५ वैशाख – लोटस रिसर्च सेन्टरले वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण भत्केका धार्मिक सम्पदामा रहेका देवमूर्तिलगायत विविध पुरातात्विक सामग्रीलाई सुरक्षित साथ राख्न सहयोग पु¥याउन सबैमा आग्रह गरेको छ । सेन्टरका अध्यक्ष डा भद्ररत्न वज्राचार्यले भत्केका पुरातात्विक मठमन्दिरमा विभिन्न देवमूर्तिलगायत त्यससँग...

छोराले खुर्पाले हान्दा बाबुको मृत्यु

२०७२ वैशाख २५ गते ३:३७

चितवन, २५ वैशाख – पश्चिम चितवनको पटिहानीमा छोराको खुर्पा प्रहारबाट बाबुको मृत्यु भएको छ । मदिरा पिएर आएका मिनबहादुर भण्डारीले हिजो साँझ ७२ वर्षीय बाबु शमशेरबहादुर भण्डारीलाई खुर्पाले हान्दा उनको मृत्युभएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । खुर्पा प्रहारबाट गम्भीर घाइते भण्डारीको भरतपुर अस्पतालमा...

तीन हजार पीडित बस्न रेडक्रसद्वारा अस्थायी आवास निर्माण

२०७२ वैशाख २५ गते ३:३०

भक्तपुर, २५ वैशाख – वैशाख १२ गते आएको विनाशकारी भूकम्पबाट घर भत्किएर घरवारविहीन भएका भक्तपुरका तीन हजार जनालाई आश्रय दिन नेपाल रेडक्रस सोसाइटी भक्तपुरले अस्थायी आवास निर्माण गरेको छ । चिनियाँ रेडक्रसको सहयोगमा भूकम्पबाट बस्ने घरै नहुनेहरूका लागि भक्तपुर रेडक्रसले टेन्टको अस्थायी आवासका निर्माण...

विषालु कन्दमूल खाँदा एकै परिवारका चार बिरामी

२०७२ वैशाख २५ गते ३:१८

पाल्पा, २५ वैशाख – जङ्गली कन्दमूल खाएका एकै घरपरिवारका चारजना बिरामी परेका छन् । भ्याकुर भनेर जङ्गली विषालु कन्दमूल खाएका कारण उनीहरू बिरामी भएका हुन् । गरीबी, अशिक्षाले गाँजेको यस बस्तीमा पहिचान नभएको जङ्गली कन्दमूल खाएकै कारण बिरामी परेपछि उनीहरू रामपुर अस्पतालमा भर्ना भएका छन्...

असार मसान्तसम्म कर्मचारीलाई विदेश जान रोक

२०७२ वैशाख २५ गते ३:१२

काठमाण्डु, २५ वैशाख– भूकम्पपीडितका लागि राहत र पुनःस्थापनामा सहयोग गर्नु पर्ने कारण जनाउँदै सामान्य प्रशासन मन्त्रालयले असार मसान्तसम्म र्कचारीहरुलाई विदेश जानबाट रोक लगाएको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले ७२ साल असार मसान्तसम्म विदेशमा हुने कुनै पनि गोष्ठी, सेमिनार, सम्मेलन, र अध्ययन...

एउटाको नाममा अर्कैले लिए एमआरपी

२०७२ वैशाख २५ गते ३:११

इनरुवा, २५ वैशाख – जिल्ला प्रशासन कार्यालय सुनसरीबाट किर्ते राहदानी लिएको रहस्य बाहिर आएको छ । जिल्लाको नरसिह गाविस–७ का अवास अन्सारीको नाममा अर्कै अवास अन्सारीले किर्ते राहदानी निकालेको खुलासा भएको हो । हालै विदेशबाट नेपाल फर्केको उहाँले मेसिन रिडेबल पासपोर्ट एमआरपी बनाउन जाँदा आफ्नो...

जोखिमपूर्ण घर भत्काउन सुरक्षाकर्मीलाई भ्याइनभ्याई

२०७२ वैशाख २५ गते २:५१

भक्तपुर, २५ वैशाख – भक्तपुरमा गत १२ गतेको भूकम्पबाट भत्किएका घरहरूको पन्छाउने कार्य कम हुँदै गएपछि सुरक्षाकर्मीलाई जोखिममा रहेका घरहरू भत्काउन भ्याइनभ्याई भएको छ । छानो भत्किएका र भूकम्पले जीर्ण बनेर उच्च जोखिममा रहेका घरहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विदेशी सुरक्षाकर्मी भक्तपुरका...

जनताको छाप्रो छैन, मन्त्रीहरुलाई नयाँ गाडी, पण्डितले फिर्ता गरे गाडी किन्ने पैसा

२०७२ वैशाख २५ गते २:१४

काठमाण्डु, २५ वैशाख– भूकम्पपीडितको राहत र पुनःस्थापनामा जुट्नु पर्ने चटारोमा मन्त्रीहरुलाई भने अर्थले नयाँ गाडी स्वीकृत गरेर उपहार दिएको छ । विभिन्न मन्त्रालयले मन्त्रीका लागि माग गरेको नयाँ गाडीको प्रस्ताव अर्थ मन्त्रालयले भटाभट स्वीकृत गरेको । खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले त एक महिना अघि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us