समाचार

तत्काल सामुहिक वस्ती विकासको योजना ल्याउन विज्ञहरुको सुझाव

२०७२ वैशाख २६ गते ९:५८

काठमाडु, २६ वैशाख– विज्ञहरुले गत वैशाख १२ गते आएको विनासकारी महाभुकम्पमा परि भत्किएका संरचना पुर्ननिर्माण गर्दा ग्रामिण क्षेत्रमा सामूहिक वस्ती विकास र शहरमा भवन निर्माण आचारसंहितालाई कडाइका साथ लागू गरेर सुरु गर्नुपर्ने सुझाव दिएका छन् । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा कार्यक्रमा...

ध्वस्त संरचना बनाउन भट्टराईले ल्याए नयाँ प्रस्ताव

२०७२ वैशाख २६ गते ९:३९

काठमाण्डु, २६ वैशाख– एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराइले भूकम्पबाट भएको क्षतिलाई व्यवस्थापन र पुनःनिर्माण गर्न राष्ट्रिय नवनिर्माण प्राधिकरण बनाएर जानुपर्ने बताएका छन् । शनिबार बसेको संस्द बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । नयाँ कानून बनाएर प्रधानमन्त्रीकै नेतृत्वमा देश र...

नेपालले भने, ‘भूकम्पले सबैलाई एकताको पाठ सिकाएको छ ’

२०७२ वैशाख २६ गते ८:३८

काठमाण्डु,२६ वैशाख- नेकपा एमालेका नेता माधवकुमार नेपालले भूकम्पका हिसाबले नेपाल उच्च जोखिमको मुलुक भएपनि त्यसलाई सामना गर्ने आवश्यक रणनीति र संयन्त्र बनाउन नसक्दाको परिणति ठूलो जनधनको क्षति भोग्नुपरेको बताएका छन् ।   व्यवस्थापिका–संसद्को शनिबारको विशेष समयमा भाग लिँदै उनले भने,‘यद्यपि यस पटकको भूकम्पले राजनीतिक...

भूकम्प पीडितलाई स्वामीको माया

२०७२ वैशाख २६ गते ८:२६

काठमाण्डु,२६ वैशाख-भारतबाट आएको केही स्वामी तथा साधुसन्तको समूहले वैशाख १७ गतेदेखि काठमाण्डु, सिन्धुपाल्चोक,काभ्रेपलाञ्चोकमा राहत शिविर सञ्चालन गरी भूकम्पपीडितलाई सहायता गरिरहेको छ । ब्रह्मानन्द विद्यालय जुनागडका मुकुन्द स्वामी,सिद्धगिरि कनेली मठ कोलापुरका कडसिद्धेश्वर स्वामी र आर्यसमाज गुरुकुलका सम्पूर्णानन्द स्वामीको नेतृत्वमा राहत शिविरले खाना स्वास्थ्य र पुनःनिर्माणका...

नेपालका भूकम्पपीडितलाई विदेशी सहयोग

२०७२ वैशाख २६ गते ८:२३

  काठमाण्डु, २६ वैशाख– नेपालमा यही वैशाख १२ गतेको करिब १२ बजे आएको विनाशकारी भूकम्पबाट भएको अकल्पनीय क्षतिलाई ध्यानमा राखी यसका पीडितलाई सहयोगका लागि सोही दिन नै बेलायती एक चर्चित अभिनेत्री जुआना लुम्लेले बेलायती नागरिकसँग आग्रह गरिन् । उनले सो सहयोगका लागि डिजास्टर इमरजेन्सी...

एक्कासि हिमपरो गएकाले उद्धारको काम रोकियो

२०७२ वैशाख २६ गते ८:१४

रसुवा,२६ वैशाख- लाङटाङ गाविसमा थप हिमपहिरा आएकाले वैशाख १२ गतेदेखि त्यहाँ सञ्चालित उद्धारका काम रोकिएको छ । नेपाली सेनाको खोज उद्धार टोलीले नौ विदेशीसहित ९० जनाको शव उत्खनन गरिसकेका अवस्थामा लाङटाङ हिमालमा हिमपहिरो गएकाले उद्धारको काम रोकिएको जिल्ला दैवीप्रकोप विपद् व्यवस्थापन समितिका सदस्यसचिव स्थाविअ...

भारतले नेपाली मिडियामाथि हस्तक्षेप ग¥योः महासंघ

२०७२ वैशाख २६ गते ८:०१

काठमाण्डु, २६ वैशाख– नेपाल पत्रकार महासंघले अन्नपूर्णपोष्टका प्रधानसम्पादक युवराज घिमिरेमाथि भारतीय राजदूतावासबाट भएको धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राजदूतावासका प्रथम सचिव तथा प्रवक्ता अभयकुमारले सम्पादक घिमिरेमाथि धम्की दिएको भन्दै सो कदम आपतिजनक रहेकोले तत्काल दूतावासले आफ्नो संस्थागत धारणा सार्वजनिक गर्न समेत महासंघले...

प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका लिम्बू प्रहरीलाई नै गोली प्रहार गरी फरार

२०७२ वैशाख २६ गते ७:३९

ताप्लेजुङ, २६ वैशाख–प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका ताप्लेजुङका मण्डेला लिम्बु प्रहरीलाई गोली प्रहार गरी परार भएका छन् । ताप्लेजुङको सावा गाविस घर भएका लिम्बूलाई पक्रन एकाबिहानै घर घेर्न पुगेको प्रहरी टोलीमाथि फायर गर्दै घरको माथिल्लो तलाबाट हाम फालेर भागेका थिए । प्रहरी नायव उपरीक्षक...

धन्य तराईका आमाहरु ! पहाड घाइते हुँदा मलम लगाउनुभो

२०७२ वैशाख २६ गते ७:३०

धादिङ,२६ वैशाख-पहाडलाई परेको दुःखमा तराईका आमाहरुले घर घरबाट सहयोग उपलब्ध गराएका छन् ।   सिरहा जिल्लाका गृहिणीले पहाडमा आइलागेको विपत्तिलाई सामना गर्नका लागि नुन,तेल,चिउरा,आलु,प्याज, कपडालगायत सामग्री सहयोग उपलब्ध गराएका छन् । तराईमा बस्ने गरिबहरुले समेत आफूले सकेको थोरै थोरै सामान पहाडका लागि पठाएका थिए...

पुनर्निमाणको काम तुरुन्तै थाल्नुपर्छ : खनाल

२०७२ वैशाख २६ गते ७:२१

काठमाण्डु, २६ वैशाख–एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विपत्तिको सामना गर्ने आवश्यक तयारी हुन नसक्दा मुलुकले ठूलो विपत्तिको मार खेप्नुपरेको बताएका छन् । व्यवस्थापिका–संसद्को शनिबारको बैठकमा भाग लिँदै उनले मुलुकको भौगोलिक अवस्था र यातायातको कठिनाइका कारण तत्काल उद्धार र राहतका काम सोचेअनुरुप अघि...

वर्षायाम अगाडि नै आवास र खाद्यान्न उपलव्ध गराउः राप्रपा

२०७२ वैशाख २६ गते ७:१७

काठमाण्डु,२६ वैशाख-प्रधानमन्त्री सुशील कोइरालालाई राष्ट्रिय प्रजातन्त्र पार्टीले महाभूकम्पबाट पीडितलाई राहत प्रदान गर्ने तथा भत्किएका पुनःस्थापना र पुनःनिर्माणलाई तीव्र बनाउनुपर्ने मागसहित एघारबुँदे ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराले भूकम्पबाट मुलुकले ठूलो धनजनको क्षति व्यहोर्नुपरेको,हजारौँ जनता हताहत हुनुपरेको र लाखौँ...

मुख्यसचिव पौडेल जुटे भक्तपुर सफाइ अभियानमा

२०७२ वैशाख २६ गते ६:५४

काठमाण्डु, २६ वैशाख– भूकम्पबाट क्षतिग्रस्त भक्तपुरका विभिन्न संरचनाका फोहरको शनिबार नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलको संयोजकत्वमा बृहत् सरसफाइ गरिएको छ । भक्तपुर नगरक्षेत्रका छ नाकाबाटै बिहान एकै समयमा सुरु भएको सरसफाइबाट भक्तपुर नगरक्षेत्रमा भत्किएका संरचनालाई व्यवस्थित गर्ने, तथा भत्किएर थुप्रिएका संरचना हटाउने कार्य...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us