समाचार

वितेको २४ घण्टामा दुई वटा मात्रै भूकम्पका झट्का

२०७२ वैशाख २७ गते १:३४

काठमाण्डु, २७ वैशाख– बितेको २४ घण्टामा नेपालमा दुई वटा मात्रै भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार आइतबार राति १ बजेर ५० मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । यो भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक र तिब्बतको सीमामा परेको छ...

बारपाकमा एक गेडो चामल पुगेको छैनः मानवअधिकार आयोग

२०७२ वैशाख २६ गते १३:४०

गोरखाबजार,२६ वैशाख-राष्ट्रिय मानव अधिकार आयोगले भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकमा हालसम्म खाद्यान्न वितरण नभएको बताएको छ ।   भूकम्पपछि बारपाकको मानवीय सहायताको स्थिति र मानवअधिकारको अवस्था बुझेर फर्किएको आयोगको पाँच सदस्यीय टोलीले बारपाक गाउँमा ‘एक गेडो चामल’वितरण नभएको पाइएको जनाएको हो ।   आयोगका सदस्य...

ध्वस्त मन्दिरमा ५० सुरक्षाकर्मी तैनाथ !

२०७२ वैशाख २६ गते १३:२७

काठमाण्डु,२६ वैशाख-कालमोचनघाटमा रहेको हेमहिरन्यजङ्ग मन्दिरमा पुरिएका नारायण ९विष्णु०,लक्ष्मी र सरस्वतीका मूर्ति सुरक्षाकर्मीले यथाअवस्थामा फेला पारी सुरक्षित राखेका छन् ।   गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट पूर्णरुपमा मन्दिर ध्वस्त भएपछि त्यहाँ ती मूर्ति पुरिएका थिए । विसं १९३१ मा जङ्गबहादुरले निर्माण गरेको सो...

दोलखामा गृहमन्त्रीको विरोध,राहत वितरणमा समेत असन्तुष्टि

२०७२ वैशाख २६ गते १३:००

  दोलखा, २६ वैशाख– गृहमन्त्री वामदेव गौतमले संसद बैठकमा पेस गरेको भूकम्प पीडितको आँकडालाई लिएर दोलखामा चर्को विरोध भएको छ । गृहमन्त्री गौतमले दोलखामा भएको जनधनको क्षतिको सही तथ्यांक पेस नगरेको भन्दै जिल्लाका राजनीतिक दलहरुले चर्को विरोध गरेका हुन् । गृहमन्त्री गौतमकै पार्टी नेकपा...

संसदमा सङ्कल्प प्रस्ताव पेस

२०७२ वैशाख २६ गते १२:२०

काठमाण्डु,२६ वैशाख-वैशाख १२ गतेको विनाशकारी भूकम्पले पु¥याएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति राजनीतिक दलहरुले गहिरो दुःख व्यक्त गर्दै सबैखाले मतान्तर बिर्सिएर सहकार्य,सहमति र एकताका साथ कार्य गर्ने प्रतिज्ञा गरेका छन् ।   व्यवस्थापिका–संसदको शनिबारको बैठकमा राजनीतिक दलहरुले सङ्कल्प प्रस्ताव प्रस्तुत गर्दै चाँडो सहज वातावरण...

प्रधानमन्त्रीले भने, ‘नेपाललाई हाइटी हुनबाट जोगाउँछु’

२०७२ वैशाख २६ गते ११:५७

काठमाण्डु,२६ वैशाख-प्रधानमन्त्री सुशील कोइरालाले नेपाललाई हाइटीजस्तो राज्यविहीनताको अवस्थामा जान नदिने प्रतिबद्धता जनाएका छन् ।   बालुवाटारमा शनिबार तनहुँ-काठमाण्डु लोकतान्त्रिक बुद्धिजीवी समाजको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले सो प्रतिबद्धता जनाएका हुन् ।   ‘वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट आहत भएका जनतालाई सरकारविरुद्ध उचालेर नेपाललाई राज्यविहीनताको अवस्थामा...

एमालेले दुई लाख स्वयम्सेवक परिचालन गर्ने

२०७२ वैशाख २६ गते ११:२३

काठमाण्डु,२६ वैशाख- नेकपा एमालेले गठन गरेको भूकम्पपीडित उद्धार तथा राहत समन्वय समितिले प्रभावित जिल्लामा करिब दुई लाख स्वयम्सेवक परिचालन गरी स्थानीयवासीका भत्किएका संरचना पुनःनिर्माणमा खटाउने निर्णय गरेको छ ।   समितिका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा शनिबार बसेको बैठकले जनताको सेवाका लागि पार्टी निकट विभिन्न...

भारतीय दूतावासका कर्मचारीले दिए अन्नपूर्णपोस्टका सम्पादक घिमिरेलाई धम्की, महासंघले जनायो आपत्ति

२०७२ वैशाख २६ गते ११:१२

काठमाण्डु, २६ वैशाख–अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक तथा वरिष्ठ  युवराज घिमिरेलाई भारतीय राजदूतावासका एक अधिकारीले कूटनीतिक मर्यादाविपरी  धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। बिहीबार नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव तथा प्रवक्ता अभय कुमारले अन्नपूर्ण पोष्टमा प्रकाशित समाचारको विषयलाई लिएर ‘पीत पत्रकारिता’ गरेको...

म्याग्दीमा १६ सय घर क्षतिग्रस्त

२०७२ वैशाख २६ गते १०:५६

म्याग्दी,२६ वैशाख-भूकम्पबाट म्याग्दीमा एक हजार ६०८ घरमा क्षति पु¥याएको छ ।   जिल्लामा शनिबारसम्म सङ्कलन भएको तथ्याङ्कअनुसार भूकम्पले ११० घर पूर्णरुपमा क्षति पुगेको छ । त्यस्तै ५८० घरमा आंशिक र ९१८ घरमा सामान्य क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।   एक नगरपालिकासहित...

साँखुमा सावेल चलाउँदै मन्त्रालयका सचिव !

२०७२ वैशाख २६ गते १०:५०

काठमाण्डु,२६ वैशाख– सरकारको निर्देशनमा तीनवटा मन्त्रालय र अन्तर्गतका कार्यालयका कर्मचारीले वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त बनेको काठमाण्डुको पूर्वी भेगस्थित साँखुका भग्नावशेष हटाउने काम सुरु गरेका छन् ।   भग्नावशेष हटाई सरसफाइ गर्न शनिबार शिक्षा सचिव विश्वप्रकाश पण्डित,कृषि सचिव जयमुकुन्द खनाल र वन सचिव शङ्करप्रसाद...

रौतहटमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

२०७२ वैशाख २६ गते १०:०६

रौतहट,२६ वैशाख-रौतहटको प्रतापपुर पल्टुवा गाविस–९ मा शनिबार बिहान माटो राख्दै गरेको ट्र्याक्टरले ठक्कर दिँदा एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।   ना ३ त ७१२२ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा पाँच वर्षीया ईशरत खातुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।  ...

चार वर्षमा सय राउटेलाई घर बनाउन नसक्नेले लाखौं घर बनाउँछु भन्नु अविश्वसनीय : चित्रबहादुर केसी

२०७२ वैशाख २६ गते १०:००

काठमाण्डु, २५ वैशाख–राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको अहिलेको घोषणा लोकप्रिय मात्र भएको र व्यवहारमा कार्यन्वय हुनेमा आशंका रहेको बताएको छन् । व्यवस्थापिका संसदको शनिबार बसेको बैठकमा बोल्दै केसीले सरकारका काम कारबाही बोली अनुरुप नभएको बताए । उनले भने ‘चार वर्षमा सय राउटेलाई घर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us