समाचार

प्रचण्डले भने, ‘राजनीतिक दलहरुबीच झगडा गर्ने दिमाग नै हरायो’

२०७२ वैशाख २७ गते ११:१०

गोरखाबजार,२७ वैशाख-एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले झगडा गर्ने दिमाग कुनै राजनीतिक दलका नेतासँग नभएकाले अब संविधान निर्माणको वातावरण बन्दै गएको बताएका छन् । तीन दलको प्रस्ताव र अन्य दलको समर्थनमा राष्ट्रिय सङ्कल्प प्रस्ताव पास भइसकेको भन्दै प्रचण्डले अब संविधान निर्माणको सङ्केत देखापरेको उल्लेख गरे...

फेरि भूकम्पको धक्का महशुस, डराउनु पर्दैन

२०७२ वैशाख २७ गते १०:२४

काठमाण्डु, २७ वैशाख– भूकम्प गएको दिनदेखिको लगातार भूकम्पको धक्का जाने क्रम अझै रोकिएको छैन । यसै क्रममा आइतबार दिउसो साढे ३ बजेतिर हर्को धक्का महशुस गरिएको छ ।   यो धक्कासहति हालसम्म ४ रेक्टर स्केल माथिका करिब १६० वटा धक्का गएका छन् ।  ...

महोत्तरीमा पोखरीमा डुबेर बालिकाको मृत्यु

२०७२ वैशाख २७ गते १०:२४

गौशाला,२७ वैशाख-महोत्तरीको भटौलिया गाविसमा आइतबार दिउँसो पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको खोपी गाविस–६ बस्ने राजेश मण्डलकी ११ वर्षीया छोरी निशाकुमारी मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । बालिका मण्डल आफ्नो ठूलो बुबाको घर भटौलिया–९ अजमरपट्टिमा आफन्तको...

युवराज घिमिरेले लगाएको आरोप झुठोः मधेशी पत्रकार समाज

२०७२ वैशाख २७ गते १०:०५

काठमाण्डु, २७ वैशाख– केही दिनअघि भारतीय राजदूतावासका प्रवक्ता अभयकुमारले अन्नपूर्ण पोष्टका प्रधानसम्पादक युवराज घिमिरेमाथि दिएको धम्की अनर्गल प्रचारमात्र भएको मधेशी पत्रकार समाजले जनाएको छ । आइतबार सो समाजका अध्यक्ष मोहन सिंहको नाममा जारी विज्ञप्ती सो दावी गरिएको हो । समाजले घिमिरेलाई मधेशका माग र...

भारतीय सेनाले नेपाली पत्रकारलाई होच्याउँदै भने, ‘छोटा मानिसको दिमाग पनि छोटै’

२०७२ वैशाख २७ गते ९:५५

काठमाण्डु, २७ वैशाख– १२ गते भूकम्प गएयता नेपालमा भारतीयको दादागिरी अचाक्ली बढेको छ । सहयोगका नाममा नेपाल भित्रिएका भारतीय पत्रकारले नेपाल प्रहरीलाई पोखरा विमानस्थलमा झण्डै हातपात नै गरे । अहिले पनि हरेक दिन काठमाण्डु अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको व्यारेकभित्रै भारतीय सेनाको चर्को दादागिरी चल्ने...

शुक्रबार साँझ हराएकी नाबालिका मृत फेला

२०७२ वैशाख २७ गते ९:१३

लहान,२७ वैशाख-सिरहाको लहान नगरपालिका–१ स्थित आफ्नै घरमा खेल्दाखेल्दै शुक्रबार साँझ हराएकी तीन वर्षीया नाबालिका आइतबार बिहान मृत अवस्थामा भेटिएकी छन् ।   स्थानीय रामउद्गार यादवकी छोरी प्रिति यादवको शव छिमेकीको पोखरीमा तैरिरहेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।   इलाका प्रहरी...

स्वर्गद्वारी दर्शन गरेर फर्केका एकै परिवारका ३ जनाको मृत्यु

२०७२ वैशाख २७ गते ९:०१

प्यूठान,२७ वैशाख-प्यूठानमा आइतबार बिहान भएको सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बा११च १०५३ नम्बरको मोटरबाट स्वर्गद्वारी दर्शन गरेर फर्केका दाङ लालमटिया–४ का एकै परिवारका तीन जनाको मृत्यु भएको हो । कार दुर्घटना हुँदा स्वर्गद्वारीमा पूजा गरेर फर्कंदै गरेको कार तिराम...

 लाङटाङ हिमपहिरोमा ४६ जनाले ज्यान गुमाए

२०७२ वैशाख २७ गते ८:४३

रसुवा,२७ वैशाख-लाङटाङ क्षेत्रमा गएको हिमपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ ।   जिल्लाको हाकु इलाकामा २३,दलदुङ १२,मैलुङमा पाँच र आधार शिविरमा छ गरी ४६ वटा शव फेला परेका छन् । नेपाली सेनाको महावीरगणका अनुसार हाकु इलाकाको शव नुवाकोटको शान्तिबजारमा ल्याएर आफन्तलाई बुझाइने...

वर्षायाम अघिनै बसोबासको व्यवस्था गर्न सांसदहरुको माग

२०७२ वैशाख २७ गते ८:२५

काठमाण्डु,२७ वैशाख-व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा विभिन्न दल सम्बद्ध सांसदहरुले शनिबार प्रस्तुत गरिएको सङ्कल्प प्रस्तावमाथि आ–आफ्नो धारणा राख्दै भूकम्प पीडितका लागि वर्षायाम अगावै अस्थाई बसोबासको व्यवस्था गर्न माग गरेका छन् ।   बैठकको सुरुमा नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले तत्काल राहत,सुरक्षित आवास र पुनःनिर्माणको कामलाई प्रभावकारी...

धरहराको टुप्पाबाट मान्छे उछिट्टिएको देख्दा….

२०७२ वैशाख २७ गते ८:१०

काठमाण्डु,२७ वैशाख-‘ऐया.. मरेँ आमा, मरेँ..’ बच्चाको आवाजले नारायणगोपाल महर्जनको मन द्रविभूत भयो । धरहरा नजिकै बसको टिकट बेच्न बसेका मनकारी महर्जन भूकम्पको झड्कासँगै ढलेको धरहराको भग्नावशेषबाट आइरहेको आवाजतर्फ लागे, उद्धारमा जुटे ।   भग्नावशेषमा हेर्दा १०/१२ वर्षका बच्चासँगै उनका आमाबुबा पनि घाइते भएका थिए...

भूकम्पले घरमात्र लगेन, खेती भित्र्याउने परिवार समेत लगेपछि…

२०७२ वैशाख २७ गते ७:५२

  भक्तपुर,२७ वैशाख-विनाशकारी भूकम्पले घर भत्काएपछि पालको बास भएका किसानको खेतभरि गहुँको रास भएपछि यतिखेर चिन्तामाथि चिन्ता थपिएको छ ।   भूकम्पले आहत बनाएका उनीहरुलाई खेतमा फलेको आलु र पाकेको गहुँ भित्र्याउने ठाउँसमेत नभएपछि पीडामाथि पीडा थपिएको हो ।   भक्तपुरका किसानले रोपेको आलु...

बन्दीले गरे भूकम्प पीडितलाई सहयोग

२०७२ वैशाख २७ गते ७:०९

इलाम,२७ वैशाख-इलाम कारागारका ३५५ बन्दीले भूकम्पपीडितलाई १६ हजार प्रदान गरेका छन् । उक्त रकम जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत प्रधानमन्त्री राहत कोषमा दाखिला गरिएको छ ।   यसैगरी जिल्लाकै सबैभन्दा ठूलो सहकारी शताब्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नगद २५ हजार ५५५ प्रमुख...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us