मोरङ, २८ वैशाख– फेसबुकमार्फत भूकम्पपीडितको राहत सङ्कलनमा भ्रामक प्रचार गर्ने मोरङ लेटाङ–७ का बिबेक राईलाई मोरङ प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ । राईले फेसबुकको स्टाटसबाट भूकम्पपीडितको राहत सङ्कलनमा नकारात्मक प्रचार गराएको प्रमाण भेटेपछि प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको मोरङ प्रहरीले जनाएको छ ।...
इलाम, २८ वैशाख– विनाशकारी भूकम्पका कारण विद्यालय भवनमा क्षति पुगेर पठनपाठन अवरुद्ध भएपछि अनेरास्ववियुले इलामको चमैता–४ स्थित कञ्चनजङ्घा प्राविमा अस्थायी टहरा निर्माण गरिदिएको छ । सदरमुकामबाट करिब ३५ किलोमिटर उत्तरमा रहेको उक्त प्राविको भवन निर्माण कार्यमा अनेरास्ववियु जिल्ला कमिटीका सदस्य जुटेर बनाइदिएका हुन् ।...
इनरुवा, २८ वैशाख – सुनसरीमा सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावहीन बन्दै गएको देखिएको छ । गाविस केन्द्रित स्वास्थ्य संस्थामार्फत प्रदान हुँदै आएको स्वास्थ्य बीमा स्थानीयवासीका लागि प्रभावहीन बन्दै गएको देखिएको हो । करुणा फाउन्डेसनले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमामार्फत सर्वसाधारणले सहज र सुलभ उपचारको...
ललितपुर,२७ वैशाख-आइतबार अपराह्न ३:२३ मिनेटमा काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर गएको ४.२ भूकम्पको पराकम्पनबाट ललितपुरमा एक जनाको मृत्यु भएको छ । कार्यविनायक नगरपालिका–१५ इटाटी बस्ने वर्ष ७२ को शङ्खबहादुर नगरकोटीको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किसन सिंह थापाले बताए ।...
चितवन,२७ वैशाख-भरतपुर उपमहानगरपालिका–११ मालपोत चोक निवासी डा विपिन खनियाँले आफ्नो विवाह भोजका लागि भनी छुट्ट्याएको रकम भूकम्पपीडितको सहयोगार्थ हस्तान्तरण गरेका छन् । चितवनका सहायक जिल्ला शिक्षा अधिकारी रामचन्द्र खनियाँका छोरा विपिनले विवाहको भोजका लागि छुट्ट्याएको एक लाख ११ हजार १०१ नेपाल रेडक्रस सोसाइटी...
कालीकोट,२७ वैशाख-दुई सातादेखि बेपत्ता भएका जिल्ला विकास समिति कालीकोटका नासु रामहरि अधिकारीको शव आइतबार दैलेखको साई गाउँस्थित कर्णाली नदी किनारमा भेटिएको छ । दुई साताअघि भत्ता गाविसको जितेबजारमा रहेको फेरीबाट हामफालेर उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । जुम्ला...
काठमाण्डु, २७ वैशाख–वैशाख १२ गते देशका विभिन्न भागमा आएको विनाशकारी भूकम्पमा परी आइतबार चार बजेसम्ममा ८ हजार २० जनाको ज्यान गुमेको छ भने १६ हजार ३३ जना घाइते भएका छन् । भुकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा १ हजार ७ सय १३, पूर्व क्षेत्रमा ५३, मध्य...
प्युठान, २७ वैशाख– प्युठानमा माछा मारिरहेका एकजनाको ज्यूँदो माछा घाँटीमा अड्केर मृत्यु भएको छ । प्युठान नगरपालिका– १७ बस्ने २२ वर्षीय मधु थापाको शनिबार झिमकु खोलामा माछा मार्ने क्रममा ज्यूँदो माछा मुखमा च्याप्न खोज्दा माछा मुखभित्र छिरेर घाँटीमा अड्किएपछि मृत्यु भएको हो ।...
काठमाण्डु, २७ वैशाख– पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो परिवारसहित स्वदेश फिर्ता भएका छन् । गत साता श्रीमती कोमल शाहको उपचारका लागि उनी भारत गएका थिए । कोमलको नयाँदिल्लीमा शल्यक्रिया भएको जनाइएको छ ।...
काठमाण्डु, २७ वैशाख– नेपाल पत्रकार महासंघले भूकम्पबाट अति प्रभावित पत्रकारहरुलाई आइतबार राहत वितरण गरेको छ । तत्कालीन राहतस्वरुप सय थान त्रिपाल र अत्यावश्यक सामग्री वितरण गरिएको आइतबार महासंघका महासचिव उजिर मगरद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । दैनिक नेपाल डट कममार्फत आइसीसी फाउन्डेसनमार्फत प्राप्त एकसय...
चितवन,२७ वैशाख-नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सबै दल मिलेर विपत्तिको सामना गर्नका लागि राष्ट्रिय सरकारको कुरा उठेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आइतबार नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार परिवर्तन गर्न मात्र राष्ट्रिय सरकारको कुरा नउठाइएको स्पष्ट पारे ।...
काठमाण्डु, २७ वैशाख– सांसदहरूले मुलुक र जनता भूकम्पको चपेटामा परेका बेला आफूहरूलाई भूमिकाविहीन तुल्याइएकामा आक्रोश व्यक्त गरेका छन् । उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको आइतबारको बैठकमा उनीहरूले मुलुकलाई विपत्ति परेको समयमा जनप्रतिनिधिको भूमिकालाई अझ व्यापक र जिम्मेवार तुल्याउनुपर्नेमा राहतका काममा बेवास्ता गरिएको...