काठमाण्डु, २९ वैशाख– व्यवस्थापिका–संसद्को अर्थ समितिले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका नेपाली सुरक्षाकर्मीको उच्च सम्मान गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबारेको बैठकले उच्च मनोबलका साथ जोखिमपूर्ण काम गर्ने सुरक्षाकर्मीलाई पुरस्कार र पदोन्नतिको व्यवस्था गर्न सरकारलाई भनेको छ । बैठकमा...
भक्तपुर,२८ वैशाख-राष्ट्रपति रामवरण यादवले सोमबार भूकम्पबाट प्रभावित भक्तपुरको अवलोकन गरेका छन् । उनले वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परेर क्षति भएको भक्तपुर नगरपालिकाका विभिन्न टोल र भक्तपुर दरबार परिसर,सुकुलढोका,गोल्मढी,सूर्यमढी,जेँला,इनाचो र विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा पुगेर भूकम्पले पु¥याएको क्षतिबारे जानकारी लिएका थिए ।...
काठमाण्डु, २९ वैशाख– एमाओवादी नेता एवं सभासद् जनार्दन शर्मा ‘प्रभाकर’ ले महाभूकम्पको विपदमा परेका जनतालाई राहतस्वरुप विदेशीले दिएको सहयोग सरकारका मन्त्रीहरुले दुरुपयोग गरिरहेको आरोप लगाएका छन् । व्यवस्थापिका–संसदको सोमबारको बैठकमा बोल्दै उनले मन्त्रीहरुको ध्यान आफ्नो निर्वाचन क्षेत्रमा मात्रै राहत बाँड्न केन्द्रित रहेको बताए...
काठमाण्डु,२८ वैशाख-नेपाली काँग्रेसका सांसदहरूले भूकम्प प्रभावित क्षेत्रमा सरकारद्वारा गरिएका उद्धार तथा राहत कार्यमा आफूहरूले कुनैपनि भूमिका नपाएको भनी असन्तुष्टि पोखेका छन् । काँग्रेस संसदीय दलको सोमबारको बैठकमा बोल्ने अधिकांश सांसद्हरूले भूकम्प प्रभावित आफ्नो जिल्लाका वस्तुस्थितिका बारेमा जानकारी गराउँदै उद्धार तथा राहत कार्यमा जनप्रतिनिधिको भूमिकाका...
काठमाण्डु, २८ वैशाख– सामाजिक अभियन्ता तथा कलाकारहरुले प्रधानमन्त्री दैवी प्रकोप कोषलाई थप विश्वसनीय बनाउन कोष सञ्चालन नियमावली परिवर्तन गरेर भएपनि निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने सुझाव दिएका छन् । सोमबार सिहंदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा आयोजित अन्तरक्रिया कार्याक्रममा उनीहरुले सो सुझाव दिएका हुन् । कार्यक्रममा कलाकारहरु...
कलैया,२८ वैशाख-बारा जिल्ला सिम्रौनगढ नगरपालिका वडा नं १ मा गएराति घरमा खसेको चट्याङबाट एक बालिकाको मृत्यु भएको र अर्का एक बालक घाइते भएको जिल्ला प्रहरी कार्यालयबाट थाहा भएको छ । राति सुतिरहेको अवस्थामा वर्षासँगै अचानक खसेको चट्याङबाट सिम्रौनगढ नगरपालिका वडा नं १ बस्ने रामबहादुर...
दोलखा,२८ वैशाख-भूकम्प गएको दुई साताभन्दा बढी भइसक्दा पनि खोपाचाँगु गाविस–१ उकुराङमा लगातार पहिरो गइरहेको छ । पहिरो लगातार गइरहेका कारण यहाँ बस्दै आएको थामी समुदाय गाउँ फर्किन सकेको छैन । उकुराङमा बस्दै आएका थामी समुदायका १३ परिवार अहिले एक घण्टा टाढाको कालिञ्चोक गाविस–४ स्थित...
सिन्धुपाञ्चोक,२८ वैशाख-सिन्धुपाल्चोकको इचोक गाविस–६ चनौटेस्थित रातो पुलमा करिब १२ वर्षको किशोर फेला परेका छन् । आफ्नो नाम र ठेगाना बताउन नसक्ने उनी भूकम्पमा परी मानसिक सन्तुलन गुमाएका हुनसक्ने आशङ्का गरिएको छ । उनलाई इलाका प्रहरी कार्यालय मेलम्चीमा राखिएको प्रहरीले जनाएको छ ।...
गौशाला,२८ वैशाख-महोत्तरीको परिकौली फुल्हट्टामा एक १५ वर्षीय किशोरी बलात्कृत भएकी छिन् । फुल्हट्टा परिकौली ८ बस्ने ताहिर अन्सारीका छोरा १९ वर्षीय रोहवर अन्सारीले स्थानीय एक १५ वर्षीय किशोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रोहवर अन्सारीले विभिन्न लोभलालच देखाई तथा...
डोल्पा, २८ वैशाख– डोल्पामा एमाले र कांग्रेस निकट तरुणदलका कार्यकर्ताबीच झडप हुँदा तरुणका एक कार्यकर्ताको मृत्यु भएको छ । झडपमा कालिका गाविस–८ तरुण दल कार्यकर्ता गोकर्ण सिंह ठकुरीको मृत्यु भएको जनाइएको छ । त्रिवेणी कालिका सडकखण्डको कालिकामा सबैले काम गर्न पाउनुपर्छ भन्ने र गर्न...
दोलखा,२८ वैशाख-पूर्वप्रधानमन्त्री एवम् एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले भूकम्पपीडित जनताको राज्यले पुनर्वासको व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् । हालैको भूकम्पले गराएको क्षतिको अवस्था बुझ्न यहाँ आएका भट्टराईले दोलखा जिल्ला पूर्णरुपमा क्षतविक्षत् भएकाले राज्यले दिने भनेको २५ हजार राहत अपर्याप्त रहेको...
काठमाण्डु, २८ वैशाख– व्यवस्थापिका–संसद्को आजको बैठकमा विभिन्न पार्टीका सांसदहरूले भूकम्पपछिको विपत्तिको स्थितिमा राष्ट्रिय सहमतिको सरकार गठन र नयाँ संविधान जारीका कामलाई एकसाथ लान जोड दिएका छन् । भूकम्प प्रभावितका लागि राहत र पुनःस्थापनाका सम्बन्धमा प्रस्तुत ‘सङ्कल्प प्रस्ताव’ माथि छलफलमा भाग लिँदै उहाँहरुले सो...