काठमाण्डु, २९ वैशाख- मंगलबार भएको ६.९ रेकटरको भूकम्पका कारण देशभरबाट अहिलेसम्म ५८ जनाको मृत्यु भएको छ । हेरौँ कहाँ कति जनाको मृत्यु भयो । दोलखामा ३६ सिन्धुपाल्चोकमा ९ काठमाण्डु उपत्यकामा ५ सिन्धुलीमा २ रामेछाप २ सुनसरीमा १ धनुषा १ रौतहट १ गोरखा १...
काठमाण्डु, २९, वैशाख मंगलबार गएको भूकम्पका कारण मानिसमा फेरि अर्को त्रास उत्पन्न भएको छ । यसअघि १२ गते भएको शत्तिशाली भूकम्पको पीडा सेलाउन नपाउँदै गएको अर्को भूकम्पले पाल छाडेर घरमा बस्न गएका मानिसहरु फेरि पालमुनी जान बाध्य भएका हुने । अहिले काठमाण्डुका विभिन्न खाली...
काठमाण्डु, २९ वैशाख– मंगलबार दिउँसो भएको भूकम्पमा परेर घाइते हुनेरुलाई अस्पताल ल्याउने क्रम सुरु भएको छ । अहिलेसम्म महाराजगन्जको शिषण अस्पतालमा ७० भन्दा बढी बिरामी ल्याइएको अस्पतालका इमरजेन्सी वार्डका प्रमुख रमेश कुमार आचार्यले बताए । आचार्यका अनुसार अधिकांश धाइतेको हात खुट्टा भाँचिएको छ ।...
काठमाण्डु, २९ वैशाख मंगलबार भएको ६.९ रेकटरको भूकम्पका कारण देशभरबाट अहिलेसम्म ४२ जनाको मृत्यु भएको छ । हेरौा कति कति जनाको मृत्यु भयो । काठमाडौं उपत्यकामा ५ जनाको मृत्यु, सिन्धुपाल्चोकमा ९, दोलखामा १९ रामेछाप २ सिन्धुलीमा २ सुनसरीमा १ धनुषा १ रौतहट १...
काठमाण्डु, २९ वैशाख–मंगलबार दिउँसो तीन पटकसम्म आएको भूकम्पमा परी सिन्धुपाल्चोकमा ९ जनाको ज्यान गएको छ भने हजारभन्दा बढी घाइते बनेका छन् । सिन्धुपाल्चोकको सदरमुकाम चौताराको एकै घरमा पुरिएर ३ जनाको ज्यान गउको हो भने अन्य ६ जनाको भने लामोसांघु, बाह्रबिसे, बांडेगाउंलगायत स्थानमा घर भत्किएर...
काठमाण्डु, २९ वैशाख– मंगलबार दिउँसो आएको भूकम्पमा परी ३५ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार भूकम्पबाट देशभर १२ सय घाइते भएका छन् । मंगलबार १२ बजेर ५० मा दोलखा र सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ६ दशमलब ९ रेक्टर स्केलको भूकम्प गएको...
काठमाण्डु, २९ वैशाख– प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पबाट धैर्यता नगुमाउन जनतालाई अपिल गरेका छन् । मंगलबारको भूकम्पपछि बसेको बैठक लगत्तै सिंहदरबारबाट देशबासीका नाममा सम्बोधन गर्दै उनले प्राकृतिक विपदका बेला संयम रहन आग्रह गरेका हुन् । हतास नभई भूकम्पपछि हराइरहेका व्यक्तिहरुको खोजी, उद्धार तथा राहतमा जुट्न...
काठमाण्डु, २९, वैशाख मंगलबार दिउँसो गएको भूकम्पबाट दोलखामा १० जनाको मृत्य भएको छ । मंगलबार दिउँसो दोलखा र सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले त्यो क्षेत्रमा ठूलो क्षति बनाएको बताइएको छ । भूकम्पमा परेर सिन्धुपाल्चोकमा २ जानले ज्यान गुमाएका छन् । सिन्धुपाल्चोक र दोलाखामा अझै...
काठमाण्डु, २९ वैशाख मंगलबार दिउँसो गएको भूकम्पपछि संविधानसभा भवनमा भागदौड मच्चिएको छ । प्रधानमन्त्री सुशील कोइरालाले पेश गरेको साझा संकल्प प्रस्तावमाथि छलफल चलिरहेको बेला एक्कासि भूकम्प आएपछि सभासदहरुबीचमा भागदौड मच्चिएको हो । प्रस्थावमाथि एमालेका उपमहासचिव विष्णु पौडेलले आफ्नो धारणा राखिरहेका थिए । भूकम्पपछि संविधानसभाको...
काठमाण्डु, २९ वैशाख-मंगलबार दिउँसो गएको अर्को ठूलो भूकम्पले देशका विभिन्न भागमा पारेको जनधनको क्षतिपश्चात मन्त्रिपरिषदको बैठक अहिले सिंहदरबारमा जारी रहेको बसिरहेको छ । भूकम्पपछि सरकारका तर्फबाट चल्नुपर्ने कदमका बारेमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीले बताए । बैठकमा सहभागी हुन...
काठमाण्डु, २९ वैशाख- मंगलबार अपरान्ह गएको भूकम्पको देशभरमा अहिलेसम्म ५ जनाको निधन भएको छ। नेपाल प्रहरीका काठमाण्डुको टेकुमा एक जनाको निधन भएको छ। यसअघि सिन्धुपाल्चोकमा ४ जनाको निधन भएको सिन्धुपाल्चोकबाट पत्रकार किशोर बुढाथोकीले जनाएको छन्। प्रहरीका भूकम्पबाट अहिलेसम्म तीन सयभन्दा बढी व्यक्ति घाइते भएका...
काठमाण्डु, २९ वैशाख- नेपालमा मंगलबार १२ बजेर ५४ मिनेटमा फेरि ठूलो भूकम्प गएको छ । सिन्धुपाल्चोक र दोलखाको सिमानालाई केन्द्रबिन्दु बनाएर ६ दशमलब ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । दोश्रोपटक एक बजेर ५८ मिनेटमा सिन्धुपाल्चोकलाई नै केन्द्र बिन्दु बनाएर...