काठमाण्डु, ३० वैशाख– मङ्गलबार गएको शक्तिशाली भूकम्पपछि हालसम्म ७६ जनाको मृत्यु भएको छ भने दुई हजार ३६४ जना घाइते भएका छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कमलसिंह बमका अनुसार मङ्गलबार गएको शक्तिशाली भूकम्पपछि मुलुकभर मृत्यु हुनेको सङ्ख्या ७६ पुगेको छ । भूकम्पपछि...
काठमाण्डु, ३० वैशाख– व्यवस्थापिका–संसद्को बुधबारको बैठकले भूकम्पपीडितलाई राहत बाँड्ने र पुनःस्थापना गर्नेबारेको सङ्कल्प प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । यही वैशाख १२ गतेको विनाशकारी भूकम्पले पु¥याएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति राजनीतिक दलहरूले गहिरो दुःख व्यक्त गर्दै सबै मतान्तर बिर्सिएर सहकार्य, सहमति र एकताका...
काठमाण्डु, ३० वैशाख– मंगलबार दिउँसो गएको भूकम्प ७ दशमलव ३ रेक्टरस्केलको हो भन्दै बिबिसी र सिएनएन जस्ता प्रतिष्ठित समाचार संस्थाहरुले खबर सम्प्रेषण गरे । विज्ञको मतमा उनीहरुले गलत स्रोत प्रयोग गरे जसका कारण सूचना गलत हुन पुग्यो । जियोटेक्निकल इन्जिनियरिङमा विद्यावारिधि गरेका डा.दीपकराज भाट...
काठमाण्डु, ३० वैशाख– साना किसान विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख रुपैयाँभन्दा बढी रकम प्रदान गरेको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माले २३ लाख ९ हजार ९८ रुपैयाँको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए...
रौतहट,३० वैशाख-रौतहटको चन्द्रनिगाहपुरमा बुधबार अपराह्न सवारी दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु भएको छ । गौर चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत चन्द्रनिगाहपुर बजारमा ना१ख ७५१ नम्बरको ढुङ्गा बोकेको ट्रकले ठक्कर दिँदा इ–रिक्सामा सवार सर्लाही जिल्ला रानीगन्ज गाविस बस्ने करिब ३५ वर्षीय सन्तोष भट्टराईको मृत्यु भएको इलाका प्रहरी...
काठमाण्डु, ३० वैशाख– प्रधानमन्त्री सुशील कोइराला र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भूकम्प पीडितलाई सहजरुपमा राहत वितरण गर्ने विषयमा कुराकानी भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटवार्तामा प्रचण्डले विदेशबाट प्रसस्तमात्रामा राहत आएको भए पनि वास्तविक पीडित जनताले नपाएको जानकारी दिएका थिए ।...
काठमाण्डु,३० वैशाख-राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सभामुख सुवाष नेम्वाङसँग भेट गरी भूकम्पका कारण सम्पूर्ण सभासद्लाई वितरण गर्न लागेको पाल अविलम्ब रोक्न गरेका छन् । भूकम्पपीडित जनतालाई पाल नपुगिरहेको अहिलेको अवस्थामा सभासद्लाई पाल उपलब्ध गराइँदा उनीहरुको मर्यादा तथा गरिमा घट्ने भएको हुँदा...
काठमाण्डु,३० वैशाख-संविधानसभा भवन नयाँ वानेश्वरमा बुधबार सरकारले सभासद्हरूलाई त्रिपाल वितरण गर्दा विवाद भएपछि सभाध्यक्ष सुवास नेम्वाङले वितरण कार्य रोक्न आदेश दिएका छन् । सहरी विकास र गृहमन्त्रालयको आग्रहका आधारमा संसद् सचिवालयले पाल वितरण गरेको थियो । पीडित जनताले पर्याप्त पाल नपाएको स्थितिमा सभासद्ले पाल...
काठमाण्डु,३० वैशाख-भूकम्पको निरन्तर पराकम्पले समाजमा असामान्य परिस्थिति सिर्जना गरेको भन्दै यसलाई सामान्य स्थितिमा फर्काउन आफ्नो मन र मस्तिष्कलाई तनावरहित बनाउन मनोचिकित्सकहरुले सुझाव दिएका छन् । उनीहरुले मन र मस्तिष्कलाई तनावरहित बनाउनका लागि आफूलाई जे काम गर्दा बढी आनन्द, रमाइलो,खुसी आउँछ त्यही गर्न सुझाव दिएका...
काठमाण्डु, ३० वैशाख–संसद सचिवालयमा बधबार एउटा गज्जवको दृश्य देखियो । दृश्यमा सभासदहरु लाइनमा बसेका थिए । संसद सचिवालयले त्रिपाल वितरण गरिरहेको थियो भने सभासदहरु लाइन लगाएर पाल लिइरहेका थिए । तर ती पाल सभासदहरुलाई वितरण गर्नका लागि नभई भूकम्प पीडितका लागि आएका त्रिपाल थिए...
काठमाण्डु, ३० वैशाख– गत वैशाख १२ गते र हिजो गएका भूकम्पमा परी आठ हजार २१९ जनाको मुत्यु भएको छ । गृह मन्त्रालयले केहीबेर अगाडि उपलब्ध गराएको जानकारीअनुसार वैशाख १२ गतेको भूकम्पबाट आठ हजार १ सय ५४ र हिजोको भूकम्पबाट ६५ जनाको मृत्यु भएको हो...
दोलखा,३० वैशाख-दोलखामा मङ्गलबार गएको भूकम्पबाट ५४ जनाको मृत्यु भएको छ । अन्य २०६ जना घाइते भएका छन् । भूकम्पबाट मृत्यु हुनेमा काटाकुटी गाविसका दुई वर्षीया जेनिशा खड्का,भीमेश्वर नगरपालिका–१ का १० वर्षीय नवीन राउत, लाकुरी गाविसका प्रेमाडोल्मा शेर्पा, भीमेश्वर नगरपालिका–५ का चित्रप्रसाद चौलागार्इं र उनकी...