कपिलवस्तु, ३१ वैशाख-कपिलवस्तु जिल्लाको क्षेत्र नं ५ का युवा सभासद् अभिषेकप्रताप शाहले हालैको विनाशकारी भूकम्पबाट प्रभावित भएकालाई आफूले पाउने एक वर्षको तलब दिने घोषणा गरेका छन् । कपिलवस्तुको सदरमसकाम तौलिहवामा मधेस मिडिया सोसाइटीले आयोजना गरेको पत्रकारसम्मेलनमा प्रेस विज्ञप्तिमार्फत उनले उक्त कुराको घोषणा गरेका हुन्...
दोलखा,३१ वैशाख-प्रधानमन्त्री सुशील कोइरालाले मित्रराष्ट्रको सहयोगमा पुनः निर्माणको काम थालिने बताएका छन् । वैशाख १२,१३ र २९ गतेको विनाशकारी भूकम्प र पराकम्पनबाट प्रभावित क्षेत्रको अवलोकन गर्ने क्रममा बिहीबार सदरमुकाम चरीकोट आइपुगेका प्रधानमन्त्री कोइरालाले भूकम्पबाट क्षतिग्रस्त संरचना पुनः निर्माणका लागि मित्रराष्ट्रको सहयोग लिने बताए । ...
काठमाण्डु, ३१ वैशाख– वैशाख १२, १३ र २९ गते आएको महाभूकम्पमा परेर घाइते भएकाहरुलाई बिएण्ड बि अस्पतालले निशुल्क सेवा दिएको छ । भूकम्पले गर्दा अस्पतालमा हातखुट्टा भाँचिएका तथा ढाडमा चोट लागेका बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको र आठवटा जटिल शल्यक्रिया समेत भएको अस्पतालले जनाएको...
काठमाण्डु,३१ वैशाख– अभावको फाइदा उठाउँदै पाल, म्याट आदिमा कालोबजारी गर्ने काठमाण्डु, कगेश्वरी मनोहरा–७ का व्यापारी वीरेन्द्र जैसवाल प्रहरीको खोरमा पुगेका छन् । जैसवालले १ हजार रुपैया पर्ने पाललाई ३ हजार र १५० सयको म्याटलाई ५ सयमा बिक्री गरिरहँदा उनलाई प्रहरीले पक्राउ गरेको हो ।...
गोरखाबजार,३१ वैशाख- वैशाख १२ गते गएको भूकम्प र त्यसपछि आएको पराकम्पनले तत्कालीन राजा राम शाहको पालामा बनेको ऐतिहासिक गोरखा दरबार ध्वस्त भएको छ । चार सय वर्ष पुरानो गोरखा दरबार,गोरखनाथ गुफा र कालिकाको मन्दिर भूकम्पले ध्वस्त बनाएको हो । गोरखा दरबारमा राजा राम शाहदेखि...
रसुवा, ३१ वैशाख– वैशाख १२ गतेको विनाशकारी भूकम्पसँगै आएको पहिरोमा परी बेपत्ता भएका रसुवा भन्सारका दुई कर्मचारी मृत फेला परेका छन् । जिल्ला प्रहरी प्रमुख प्रवीण पोखरेलका अनुसार फेला परेका कर्मचारीहरूमा नायब सुब्बाद्वय स्याङ्जा जिल्लाको बगालेथोकका गोपाल लामिछाने र पुतलीबजारका गङ्गाराम दोरङ्गा रहेका छन्...
काठमाण्डु, ३१ वैशाख– वैशाख २९ गते १२:५२ बजे आएको विनाशकारी भूकम्पमा परेर मृत्यु हुनेको संख्या ९७ पुगेको छ । सो महाविपत्तिमा परेर घाइते हुनेहरुको संख्या २५७९ पुगेको छ । भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा ११, पूर्वी क्षेत्रमा ४, मध्य क्षेत्रमा ७९ र पश्चिम क्षेत्रमा ३...
काठमाण्डु,३१ वैशाख-प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितको निमित्त आएको राहत वितरणमा अनियमितता र पक्षपात गर्नेलाई कारबाही गर्ने बताएका छन् । प्रधानमन्त्री कोइरालाले राष्ट्रिय सहकारी सङ्घ लिमिटेडका तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दिइएको सहयोग २५ लाख ग्रहण गर्दै भने, ‘पीडितका लागि आएको राहतको रकम खानु अपराध हो,भूकम्पग्रस्त...
सिन्धुपाल्चोक,३१ वैशाख-सिन्धुपाल्चोक जिल्लाको थाङ्पालधाप–३ बाट प्रहरीले १९ दिनपछि बिहीबार एक पुरुषको शव निकालेको छ । गत वैशाख १२ गतेको भूकम्पमा मृत्यु भएका थाङ्पालधाप–५ का ५६ वर्षीय शिक्षक सुखाराम भनिने रामविक्रम कर्मचार्यको शव बुधबार भिरबाट निकालेको प्रहरीले जनाएको छ । गत वैशाख १२ गतेको भूकम्पमा...
काठमाण्डु, ३१ वैशाख– भूकम्पबाट चर्किएको कलङ्कीको शिवनगरस्थित साढे चार तले घर बिहीबार बिहान भत्किँदा बाटो अवरुद्ध भएको छ । वैशाख १२ गतेको विनाशकारी भूकम्पले कलङ्की सीता पेट्रोल पम्पभित्र स्थानीय नारायणदेवी मानन्धरको चर्किएको घर भत्किएको कालिमाटी महानगरीय प्रहरी वृत्तका प्रहरी सहायक निरीक्षक ज्ञानेन्द्र पन्तले राससलाई...
काठमाण्डु, ३१ वैशाख– दोलखामा सशस्त्र प्रहरीको टोलीले भत्किएको संरचनाबाट ६ जनाको जीवितै उद्धार गरेको छ । गत मंगलबार दोलखामा गएको ६.८ रिक्टर स्केलको पराकम्पनमा दोलखाको सिङ्गटी बजारमा रहेको पाँचतले घर भत्किएर पुरिएका १६ वर्षीया सविता गुरुङ सहितका दुई किशोरी र तीन किशोरलाई जीवितै उद्धार...
धादिङ, ३१ वैशाख– विकट क्षेत्रमा राहत लिएर जान भारतीय वायु सेवाका हेलिकोप्टरहरुले अश्विकार गरेका छन् । जसका कारण धादिङको दूर्गम क्षेत्रमा अझै राहत पुगेको छैन । धादिङका सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीका अनुसार सदरमुकाममा राहत थुप्रिएको छ । नेपाली हेलिकोप्टरले भ्याउँदैनन् । भारतीय...