काठमाण्डु, ३१ वैशाख –विनाशकारी भूकम्पका कारण सर्वोच्च अदालतसहित १४ जिल्लाका जिल्ला अदालतका भवनमा क्षति भएका कारण कार्यसम्पादन गर्न समस्या भएको छ । वैशाख १२ गते गएको विनाशकारी भूकम्पले सर्वोच्च अदालतको मुख्य भवनमा भित्र(बाहिर दुवैतिर तीन चिरा परेर चर्किएको छ । भवन चिराचिरा परी कार्यसम्पादन...
पर्वत, ३१ वैशाख–वैशाख १२ र २९ गते गएको भूकम्पबाट पर्वतका ८८ वटा विद्यालयका भवन भत्किएको पाइएको छ । जिल्ला शिक्षा कार्यालयले दिएको जानकारीअनुसार ८८ मध्ये १२ वटा विद्यालयमा विद्यार्थी पढाउनका लागि पाल टाँगिएको छ । जिल्ला शिक्षा कार्यालय, प्लान नेपाललगायतका सङ्घसंस्थाको सहयोगमा पूर्णरुपमा भवन...
काठमाण्डु, ३१ वैशाख–पेट्रोल रिलिज फण्ड नामक संयुक्त राज्य अमेरिकाको एक संस्थाले दोलखाको स्थानीय दैवी प्रकोप उद्धार समितिलाई तीन हजार पेट्रोलियम पदार्थ सहयोग गरेको छ । जिल्लामा उद्धार कार्यमा खटिएका उद्धार टोलीलाई सहयोग पुग्ने गरी सो संस्थाले दुई हजार लिटर डिजेल र एक हजार लिटर...
काठमाण्डु, ३१ वैशाख– वैशाख २९ गते दिउँसो आएको भूकम्पको पराकम्पनबाट हालसम्म ९६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कमलसिंह बमकाअनुसार उक्त पराकम्पनबाट दुई हजार ५६३ जना घाइते भएका छन् । काठमाण्डु उपत्यकामा ११, दोलखामा ४०, सिन्धुपाल्चोकमा १६, रामेछापमा ११,...
जोरपाटी मा रहेको तमाङ हरु को छोर्तेन तशी तमाङ गुम्बा शक्तिशाली पराकम्पन पछी चर्किएको छ । नेपाल मा रहेका तमाङ समुदाएले सहयोग गरेर र तमाङहरुको आस्थाको केन्द्र को रुपमा देसैभरी पारीचित यो गुम्बाका सबै पिलर र गाह्रोओ को भाग चर्किद एतिखेर तमाङ समुदाय तानब...
काठमाडौं,३०बैशाख । प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार(आज) अपरान्ह टेलिफोन वार्ता भएको छ । वार्तामा दुइ प्रधानमन्त्रीहरुका बीचमा नेपालमा हालै आएको भूकम्प, त्यसले पुर्याएको धनजनको क्षति,खोजी,उद्धार र राहतका प्रयासहरुका साथै दुइदेशका बीचको आपसी मैत्रीपूर्ण सम्बन्धका बारेमा कुरा भएको थियो । वार्ताका...
काठमाण्डु, ३० वैशाख– एकीकृत माओवादीको विरोधपछि सभासदका लागि वितरण गर्ने भनेर ल्याइएको त्रिपाल भ्रकम्प अतिप्रभावित जिल्ला दोलखा पठाइएको छ । भारतीय सरकारको सौजन्यमा ६ सय १ सभासदका लागि सरकारले बिहीबार त्रिपाल वितरण गरेको थियो । संसद सचिवालयमार्फत कतिपय सभासदले त्रिपाल बुझेर लगिसकेका थिए ।...
पर्वत, ३० वैशाख–एकीकृत माओवादी नेता कृष्ण विकको मंगलबार राति असामयिक निधन भएको छ । विगत तीन वर्षदेखि जन्डिस रोगबाट पीडित विकको मंगलबार राति निधन भएको हो । दलित आन्दोलनबाट राजनीति यात्रा सुरु गरेका विक एकताकेन्द्र पर्वतको सचिव हुँदै एमाओवादी पर्वतको सचिव समेत बनिसकेका नेता...
काठमाण्डु,३० वैशाख-लाखौं सर्वसाधारण घरबारबिहिन भएर आफ्नो घरको भग्नावशेष नियालेर बसिरहेका बेला सरकारी कार्यालयका भवनहरुमा भने दोहोर्याई दोहोर्याई प्राविधिक अध्ययन सहित नापजाँच गराइरहेको पाइन्छ । मङ्गलबार गएको ठूलो पराकम्पनपछि सहरी विकास तथा भवन निर्माण विभागमा दोस्रोपटक सरकारी कार्यालय भवनको प्राविधिक अध्ययनसहितको नापजाँच गराउने माग बढ्न...
काठमाण्डु, ३० वैशाख– मंगलबार गएको भूकम्पले धेरै हल्लायो । तर अनुभव सबैको आ–आफ्नै छ । कसैले तयो भूकम्पले तलमाथि(भर्टिकल) हल्लायो भनेका छन्, कसैले दायाँबायाँ (होरिजन्टल) । विज्ञहरुकाअनुसार सामान्यतः भूकम्पको हल्लाई न भर्टिकल मात्रै हुन्छ न होरिजन्टल मात्रै । धेरे जसो भूकम्प दुवै किशिमका कम्पन...
काठमाण्डु, ३० वैशाख– जनावरको आनीबानीका आधारमा भूकम्पको भविष्यवाणी गर्ने बारे जापान, चीनलगायत मुलुकहरुमा अध्ययन भइरहेको छ । यदि कुकुरहरु एकनासले कराउँन थाले भने, चराहरु एकै पटक कराउँदै उडे भने, माछाहरु खोला, ताल किनारमामा जम्मा भए भने बुझ्नु पर्छ चाँडै नै भूकम्प आउँदैछ । त्यति...
काठमाण्डु, ३० वैशाख– महाविपदको फाइदा उठाई काठमाण्डुमा कालोबजारी गर्ने एकजना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका ३४ कोटेश्वर बस्ने कैलालीका ३२ वर्षीय लोकराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । पाण्डेले काठमाण्डु शान्तिनगर गेटमा खुल्लमखुल्ला १ सय ५० पर्ने म्याट्रेसलाई प्रतिमिटर ५ सय...