काठमाण्डु,२८ वैशाख-भूकम्पबाट घाइते भएका जनतालाई निजी अस्पताल र खुद्रा पसलेले मनपरी शुल्क उठाएर दुःख दिइरहेका छन् । सरकारले भूकम्पपीडित जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिने घोषणा गरेपनि निजी अस्पतालले विभिन्न बहानामा मनपरी शुल्क उठाएको पाइएको उपभोक्ताहित तथा संरक्षण मञ्चले जनाएको छ । मञ्चका सचिव विष्णुप्रसाद...
काठमाण्डु,२८ वैशाख-नेपालको भूकम्पबाट भत्किएका भौतिक संरचनाको पुनःनिर्माणका लागि नेपाल सरकारलाई इन्डोनेसिया सरकारले सहयोग गर्ने इच्छा प्रकट गरेको छ । उक्त मुलुकले सहायताको आवश्यकतासम्बन्धी प्रस्ताव प्रस्तुत गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । नेपालका लागि इन्डोनेसियाका राजदूत आइवान विरान्ता एटमाडजाले आफ्नो देशले विपद्को यो घडीमा...
काठमाण्डु,२८ वैशाख-व्यवस्थापिका–संसद्अन्तर्गतको वातावरण समितिले भूकम्प प्रभावित क्षेत्रमा महामारी फैलन सक्ने सम्भावित खतरालाई ध्यानमा राखेर फोहरमैलाको व्यवस्थापन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ । बैठकमा भूकम्प प्रभावित क्षेत्रमा खानेपानी र शौचालयको व्यवस्थापन गर्न तथा राहत वितरणका क्रममा देखिएका प्लास्टिकलगायत अन्य फोहरमैलाको व्यवस्थापन गर्न सहरी विकास...
काठमाण्डु,२८ वैशाख-नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले गत वैशाख १२ गतेको विनाशकारी भूकम्पले नेपालमा पु¥याएको क्षतिको पुनःस्थापना र पुनःनिर्माणका लागि जापान सरकारले हरसम्भव सहयोग गर्ने बताएका छन् । राजधानीको चाबहिल चुच्चेपाटीमा जापानी सेनाद्वारा स्थापित स्वास्थ्य शिविरको मंगलबार निरीक्षणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै राजदूत...
सिन्धुपाल्चोक, २८ वैशख– सिन्धुपाल्चोक जिल्लामा नुवाकोट जिल्लाको सिमानामा पर्ने इचोक–८ मा अझै पनि एकजना बालकको शव निकाल्न सकिएको छैन । सात वर्षीय दावा ग्याल्बो नाम गरेका बालकको अहिलेसम्म पत्ता लगाउन नसकिएको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी इचोक गाविस–९ मा १२ वर्षीया निकेश तामाङको...
काठमाण्डु, २८ वैशाख– नेपाली भाषि ‘इन्डियन आइडल’ २००७ का विजेता प्रशान्त तामाङ नेपाली भूकम्पपीडितका लागि सहयोग गर्न कन्सर्टमा लागेका छन् । उनी सहयोगका लागि आफ्ना ‘इन्डियन आइडल’ का केही साथीहरुसँग कन्सर्टमा लागेका हुन् । प्रशान्तले कहाँ कसरी सहयोग गर्ने भन्ने कुनै जानकारी नआएता पनि...
काठमाण्डु, २८ वैशाख– त्रिभुवन विश्वविद्यालय अन्तर्गत एमवीवीएस तर्फ अन्तिम वर्षको नतिजा आइतबार प्रकाशित भएको छ । जसअनुसार चितवन मेडिकल कलेजका ७२ जना विद्यार्थीले परीक्षा दिएकोमा ६० जना, चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका ६४ जना विद्यार्थीहरुमध्ये ४७ जना, नेशनल मेडिकल कलेज वीरगंजका १ सय ७०...
काठमाण्डु, २८ वैशाख– नेपाल शिक्षक महासङ्घले आगामी जेठ १ गतेदेखि भूकम्प प्रभावित जिल्लामा पनि विद्यालय खोली मनोरञ्जनात्मक वातावरणमा पठनपाठन गराउने भएको छ । विद्यार्थीलाई प्राकृतिक विपद्का कारण मनोवैज्ञानिक असर परेको हुनसक्ने भएकाले परामर्श दिँदै मनोरञ्जनात्मक वातावरणमा कक्षा सञ्चालन गर्न लागिएको हो । ...
काठमाण्डु, २८ वैशाख– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले भूकम्पका कारण भत्किएका विद्यालयका संरचना पुनःनिर्माणका लागि एक महिनासम्म ५० हजार स्वयम्सेवक परिचालन गर्ने भएको छ । यही वैशाख १२ गते गएको विनाशकारी भूकम्पले भत्किएका सामुदायिक विद्यालय निर्माणका लागि ती स्वयम्सेवकले श्रमदान गर्ने...
पाल्पा, २८ वैशाख – भवन निर्माणसम्बन्धी आचारसंहिता लागू भए पनि कार्यान्वयन तहमा नपुगेकै कारण सदरमुकाम तानसेन र ग्रामीण क्षेत्रका भवन भूकम्पीय दृष्टिकोणबाट ९० प्रतिशत घर तथा भवन उच्च जोखिममा रहेका छन् । सदरमुकाममा निर्मित निजी तथा व्यक्तिगत मात्र नभई स्वास्थ्य, शिक्षाका भवन, सडक, निर्वाचन,...
भीमदत्तनगर, २८ वैशाख – हालै आएको हावाहुरीका कारण सुदूरपश्चिममा साढे चार सयभन्दा बढी घरमा क्षति पु¥याएको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले दिएको जानकारीअनुसार प्रहरी चौकी, शिक्षण संस्था र सर्वसाधारणका घर गरी ४७६ घरमा क्षति पु¥याएको छ । हावाहुरीले सबैभन्दा बढी कैलालीमा २८६ घरमा...
म्याग्दी, २८ वैशाख– म्याग्दीको मुदी गाउँका सयौं बासिन्दा बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन गर्न हिमालको फेदीतर्फ लागेका छन् । मुदीका करिब ३०० सर्वसाधारण् यार्सागुम्बा सङ्कलनका लागि बन्दोबस्तीका सामानसहित गाउँबाट हिमालतिर लागेका प्रथम धौलागिरि युवा क्लब मुदीका अध्यक्ष खगिन घर्तीले जानकारी दिए । हिउँदेबाली भित्र्याएर गाउँका...