समाचार

वर्षा अगावै राहतका कार्यक्रम सम्पन्न गर्न संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले दियो निर्देशन

२०७२ वैशाख २७ गते ६:५०

काठमाण्डु, २७ वैशाख– व्यवस्थापिका–संसद्को सामाजिक न्याय तथा मानव अधिकार समितिले आगामी एक महिनाभित्र भूकम्पपीडितलाई राहत सामग्री वितरण र अस्थायी टहरा निर्माणको काम सम्पन्न गर्न सरकारलाई निर्र्देशन दिएको छ । समितिको आइतबारको बैठकले वर्षायाम प्रारम्भ हुन लागेकाले प्रभावितलाई त्रिपालमै राख्दा थप समस्या, हुने खेतीपाती गर्नुपर्ने...

प्रधानमन्त्री कोइराला र चिनियाँ राजदूत छुन्ताईबीच भेटवार्ता

२०७२ वैशाख २७ गते ६:१७

काठमाण्डु,२६ वैशाख– प्रधानमन्त्री सुशील कोइरालासँग नेपालका लागि चीनका राजदूत ऊ चुन्ताईले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका छन् । भेटमा नेपालमा हालै आएको भूकम्पले गरेको क्षति,उद्धार र राहत कार्यको बारेमा कुराकानी भएको जनाइएको छ । भेटमा प्रधानमन्त्री कोइरालाले नेपालले अकल्पनीय विपत्ति भोग्नुपरेको र...

नेपालका बच्चुकैलास कैनी बेलायती काउन्सिलरमा विजयी

२०७२ वैशाख २७ गते ५:५०

काठमाण्डु, २७ वैशाख– तनहुँको घाँसीकुवा, कमलबारीमा जन्मिएका बच्चुकैलाश कैनी बेलायतको डार्टफोर्ड क्षेत्रको निर्वाचनबाट काउन्सिलर पदमा विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी कन्जरभेटिभ पार्टीका उम्मेदवार डेभिड बट्लरलाई पराजित गर्दै निर्वाचित एका हुन् । देशैभर लेभर पार्टीको कमजोर नतिजा निस्किरहेको बेला कैनी आफ्नो क्षेत्रमा...

गृह मन्त्रालयले पठायो १३ प्रभावित जिल्लामा राहत रकम (जिल्ला र रकमसहित)

२०७२ वैशाख २७ गते ५:१९

काठमाण्डु, २७ वैशाख–गृह मन्त्रालयले भूकम्पबाट प्रभावितमध्ये १३ जिल्लामा शनिबारका आर्थिक राहत पठाएको छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत प्रभावित क्षेत्र र जनताको उद्धार तथा पुनस्र्थापनाका लागि उक्त रकम खर्च गरिने मन्त्रालयले जनाएको छ । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले यो प्राम्भिक राहत रकम भएको...

भट्टराईको गाउँमा राहत बाँड्दै विप्लव

२०७२ वैशाख २७ गते ५:०३

धनन्जय बुढा काठमाण्डु, २७ वैशाख–  नेकपा माओवादीका महसचिव नेत्रविक्रम चन्द ‘विप्लव’ एमाओवादीका वरिष्ट नेता बाबुराम भट्टराईको जन्मथलो गोरखाको खोप्लाङ पुगेका छन् । शनिबार खोप्लाङ गाविसको बेलबास पुगेका विप्लवले त्यहाँ भूकम्प पीडित जनतालाई राहत वितरण गरेका छन् । राहत वितरणका क्रममा स्थानीय जनतासँग कुराकानी गर्दै...

भूकम्पपीडितलाई भोकमरीबाट जोगाउन तिब्बतको नाका खोलिने

२०७२ वैशाख २७ गते ४:५५

गोरखा, २७ वैशाख– उत्तरी गोरखाका भूकम्पपीडितलाई भोकमरीबाट जोगाउन तिब्बतको नाका खुलाउने प्रयास सुरु गरिएको छ । छेकम्पार र सामागाउँ गाविसस्थित दुई नाका खुलाउने प्रयास सुरु गरिएको प्रजिअ उद्धवप्रसाद तिमल्सेनाले जानकारी दिए । नाका खुलाउन जिल्लास्तरबाट सर्वपक्षीय निर्णय गरी गृह मन्त्रालय पठाइसकिएको तिमल्सेनाले बताउनुभयो ।...

दाङमा महिला डुबिन्, डडेल्धुरामा दुई बालक खोलामा मृत भेटिए

२०७२ वैशाख २७ गते ४:५२

दाङ, २७ वैशाख –तुलसीपुर नगरपालिका–६ उत्तरकपडादेवीको पानीको सोता ९खोल्सा०मा नुहाउन गएकी डुरुवा–१ निवासी ४५ वर्षीया विमला रेग्मीको आइतबार बिहान पानीमा डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले पाँच दिनअगाडि बिहेमा आफ्नो मामाघरमा पुग्नुभएकी रेग्मी नुहाउन त्यहाँ गएको र नुहाउने क्रममा पानीमा लडेर...

काभ्रेमा कसैले राहतमाथि राहत, कसैले त्रिपालसमेत पाएनन्

२०७२ वैशाख २७ गते ४:५०

बनेपा, २७ वैशाख – काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पपीडितलाई वितरण हुने त्रिपालको अभाव भइरहेका बेला राहत सामग्री वितरणमा दोहोरोपना देखिएको छ । केही सङ्घसंस्थाले जिल्लामा समन्वय नगरी राहत सामग्री वितरण गरेकाले दोहोरोपना देखिएको काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिनाले बताए । उनले त्यस्ता गाविस निश्चित नभए...

उत्तरी गोरखा–तिब्बती नाका खुलाउने प्रयास

२०७२ वैशाख २७ गते ४:१८

  गोरखा, २७ वैशाख – उत्तरी गोरखाका भूकम्पपीडितलाई भोकमरीबाट जोगाउन तिब्बतको नाका खुलाउने प्रयास सुरु गरिएको छ । छेकम्पार र सामागाउँ गाविसस्थित दुई नाका खुलाउने प्रयास सुरु गरिएको प्रजिअ उद्धवप्रसाद तिमल्सेनाले जानकारी दिए । नाका खुलाउन जिल्लास्तरबाट सर्वपक्षीय निर्णय गरी गृह मन्त्रालय पठाइसकिएको तिमल्सेनाले बताए...

भक्तपुरमा चार हजार घर उच्च जोखिममा

२०७२ वैशाख २७ गते ३:५८

भक्तपुर, २७ वैशाख – विनाशकारी भूकम्पले भक्तपुरमा करिब चार हजार घर उच्च जोखिममा रहेका छन् । भूकम्पले क्षति पु¥याएको घर पूर्ण रुपमा ढल्न नसकी ढल्किएर जीर्ण अवस्थामा रहेपछि भक्तपुरका बासिन्दा आफ्नै घरमा जान समेत नसक्ने भएका छन् । भक्तपुर नगरपालिका क्षेत्रभित्र दुई हजार तथा मध्यपुरथिमि,...

जग्गाधनीले जग्गा खाली गर्न भनेपछि …

२०७२ वैशाख २७ गते ३:३५

भक्तपुर, २७ वैशाख – बस्दै आएको घर भत्कियो, भएका सबै सामान पनि पुरियो, लगाएको कपडा मात्रै बाँकी रहेको छ, अरू केही छैनन्, भत्किएको घर हेर्दै बसेका छौँ तर खुला स्थानमा बसेको भए पनि जग्गाधनीले तत्काल हट भन्दै आएको छ । हामी कहाँ जाने ?...

भूकम्पपीडितलाई पेट्रोलियम डिलर्सको १६ लाख

२०७२ वैशाख २७ गते ३:१८

काठमाण्डु, २७ वैशाख – नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले भूकम्पबाट भएको धनजनको क्षति, भौतिक संरचनाको मर्मत तथा पुनःनिर्माणका लागि प्रधानमन्त्रीलाई रु १६ लाख २५ हजारको चेक शनिबार हस्तान्तरण गरेको छ । एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले भूकम्पपीडितकोे उद्वार, उपचार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि आफूलगायत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us