समाचार

नवलपरासी खुल्ला दिसामुक्त क्षेत्र घोषणा

२०७२ असार १५ गते १८:२३

परासी, १५ असार-नवलपरासी जिल्लालाई आज खुल्ला दिसामुक्त क्षेत्र जिल्ला घोषणा गरिएको छ ।   नवलपरासीमा एक समारोहबीच उपराष्ट्रपति परमानन्द झाले नवलपरासी जिल्लालाई औपचारिकरुपमा खुल्ला दिसामुक्त जिल्ला घोषणा गरेका हुन् ।   जिल्लामा कुल जनसङ्ख्यामध्ये एक लाख ३१ हजार ८०५ घरधुरीमा शौचालय निर्माण भई प्रयोगमा...

प्रशिक्षार्थीले १० हजार पारिश्रमिक पाउने भएपछि नोबेल मेडिकल कलेज खुल्यो

२०७२ असार १५ गते १७:४५

विराटनगर, १५ असार– काठमाण्डु विश्वविद्यालयले तोकेको १० हजार रुपैयाँ मासिक पारिश्रमिक पाउने भएपछि नोबेल मेडिकल कलेजका प्रशिक्षार्थीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । विद्यार्थीका माग पूरा गर्न अस्पताल प्रशासन तयार भएपछि मंगलबार अस्पताल प्रशासन र कर्मचारी तथा स्थानीयको रोहवरमा सहमति भएको हो । माग...

बुङ्मतीमा पानीको चर्को अभाव

२०७२ असार १५ गते १७:०८

ललितपुर, १५ असार-भूकम्पका कारण पिउने पानीको अभाव भएर बुङ्मतीका स्थानीय बासिन्दालाई जीवनयापनमा कठिनाइ भएको छ ।   भूकम्प आएको दुई महिना बितिसक्दासमेत बुङ्मतीमा पानीको अभाव हटेको छैन ।   भूकम्प आउनु अघि पनि पानीको समस्या नभएको भने होइन तर भूकम्पका कारण नियमित आउने गरेको...

बैङ्किङ कसुरमा सुशील पक्राउ !

२०७२ असार १५ गते १६:५४

ललितपुर, १५ असार-धेरै जग्गा भएको लालपूर्जाको प्रयोग गरी हिमालयन बैङ्क लिमिटेड पाटन शाखाबाट ऋण लिएका ललितपुर उपमहानगरपालिका–३ पुल्चोक ठेगाना भएको स्थापित एण्ड स्लाउ प्राइभेट लिमिटेडका सञ्चालक सुशील स्थापित सोमबार पक्राउ परेका छन् ।   उक्त कम्पनीले कर्जा लिनका लागि सैँबु–१ बस्ने सरस्वती लिम्बुका नाममा...

वनमन्त्रीले भने, ‘विकास निर्माण प्रकृतिमैत्री नभएकोले चिहानमा परिणत भएको हो’

२०७२ असार १५ गते १६:४८

बुटवल, १५ असार-वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यले सबैका अधिकार सुरक्षित हुने गरी संविधान आउने कुरामा शङ्का नगर्न आग्रह आग्रग गरेका छन् ।   लुम्बिनी अञ्चलमा पर्ने रुपन्देही, नवलपरासी, कपिलवस्तु र पाल्पा जिल्लाको संयुक्त आयोजनामा शङ्करनगरमा भएको वन महोत्सवलाई मंगलबार सम्बोधन गर्दै उनले सबै...

वर्षाका सिस्नेरी सडक अवरुद्ध

२०७२ असार १५ गते १६:३०

सल्लेरी, १५ असार-अविरल वर्षाका कारण सोलुखुम्बुको साल्मे सिस्नेरी सडक अवरुद्ध भएको छ ।   सोलुखुम्बुसँग काठमाण्डु जोड्ने एकमात्र सडकखण्ड अवरुद्ध हुँदा हजारौँ यात्रु अलपत्र परेका छन् ।   वर्षात्को समयमा बर्सेनि पहिरो गइरहने सो सडकखण्डमा यस वर्ष पनि पहिरो जान थालेसँगै आवातजावतमा समस्या भएको...

लहानमा दिउँसै लुटपाट, दुई लुटेरा पक्राउ

२०७२ असार १५ गते १६:२४

सिरहा, १५ असार-सिरहाको लहान नगरपालिका–५ स्थित एक घरमा मंगलबार दिउँसै लुटपाट भएको छ । स्थानीयवासी दिनेश साहको घरमा लुटपाट भएको हो । भाग्ने क्रममा लुटेरा समूहका दुईजना पक्राउसमेत परेका छन् ।   पक्राउ पर्नेमा लहान नपा–५ कै महेश साह र गोलबजार नगरपालिका घर भएका...

ऋषि धमलाको यो बिजोग !

२०७२ असार १५ गते १६:१८

काठमाण्डु, १५ असार– पत्रकार ऋषि धमला यसबेला निकै तनाबमा देखिन्छन् । एक्कासि आएको विनाशकारी भूकम्पको प्रभावले छट्पटिरहेका नेपालीजस्तै उनलाई पनि तनाव बढेको छ । करिब डेढ दशकभन्दा बढी समयदेखि पुतलीसडकमा कार्यालय राखेर सञ्चालन गर्दै आएको रिपोटर्स क्लबको घर समेत क्षतिग्रस्त भएपछि उनले दुई महिनाभन्दा...

एमालेले सरकारको नेतृत्व नगरेसम्म कृषि क्रान्ति संभव छैनः बामदेव

२०७२ असार १५ गते १६:००

काठमाण्डु, १५ असार– गृहमन्त्री वामदेव गौतमले नेपालको कृषि क्रान्ति आधुनिकीकरण तर्फ जानु अनिवार्य भएको बताएका छन् । मंगलबार काठमाण्डुको तारकेश्वर नगरपालिका धर्मस्थलीमा अखिल नेपाल किसान महासंघले गरेको रोपाई कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री गौतमले भूकम्पबाट विस्थापित किसान जनतालाई पुनस्र्थापनाको थालनी एमालेले गर्ने बताए । महासंघका...

पहिरोमा परेर एक बालकसहित ६ जना घाइते

२०७२ असार १५ गते १४:४७

चौतारा, १५ असार-सिन्धुपाल्चोकको हगाम गाविसमा वर्षासँगै गएराति गएको पहिरामा परी एक बालकसहित छजना घाइते भएका छन् ।   पहिरामा परी वडा नं ६ की १९ वर्षीया लखमाया तामाङ, ५८ वर्षीय बुद्धसिंह तामाङ, ५९ वर्षीया साइली तामाङ, २४ वर्षीय भीमलाल तामाङ, छ वर्षीय सन्देश तामाङ...

बस पल्टिँदा १३ यात्रु घाइते

२०७२ असार १५ गते १४:३८

सिरहा, १५ असार-सिरहाको मिर्चैया नगरपालिका ७ मा मंगलबार यात्रुबाहक बस पल्टिँदा १३ जना घाइते भएका छन् ।   कटारीबाट आउँदै गरेको ना३ख २२५७ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा १३ जना घाइते भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाले जानकारी दिए ।  ...

संविधानसभाको बैठक साँझ ६ बजे मात्र बस्ने

२०७२ असार १५ गते १४:२५

काठमाण्डु, १५ असार-दिउँसो २ बजे बस्ने भनिएको संविधानसभाको बैठक साँझ ६ बजेका लागि सारिएको छ ।   संविधान मस्यौदा समितिले तयार पारेको एकीकृत मस्यौदामा बाँकी रहेका विवादित विषयमा मोटामोटी सहमति जुटेको भए पनि आवश्यक तयारी पूरा नभएका कारण बैठक सारिएको बताइएको छ ।  ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us