काठमाण्डु, १६ असार-जापानी नागरिक तुत्सुरो इतोले नेपालका भूकम्पपीडित परिवारलाई राहत वितरण गरेका छन् । जापानको नागानो नगर निवासी इतोले तारकेश्वर नगरपालिका चोगाउँस्थित श्री सरस्वती प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई लत्ताकपडाका साथै भूकम्पपीडित ५५ घरपरिवारलाई दैनिक उपभोग्य राहतसामग्री वितरण गरिएको सोही विद्यालयकी प्रधानाध्यापक श्रीमती बिमला...
धनकुटा, १६ असार-गएराति परेको अबिरल वर्षाका कारण धनकुटाको बुढीमोरङ–८ लावरवोटेस्थित कोसी राजमार्गमा पहिरो खसेको छ । पहिरोका कारण बिहान केही समय राजमार्ग अवरुद्ध भएको थियो । प्रहरी र स्थानीयवासीले पहिरो नजिकबाट वैकल्पिक बाटो बनाएपछि अहिले राजमार्गमा एकोहोरो सवारी आवतजावत भएको छ । राजमार्ग...
काठमाण्डु, १६ असार– एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले मस्यौदाको विरुद्धमा रहेका र संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई विश्वासमा लिन र सम्बोधन गर्न इमान्दारीतापूर्वक प्रयत्न गर्नुपर्ने बताएका छन् । संविधानसभामा मस्यौदा पेस भएपछि आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै उपाध्यक्ष श्रेष्ठले मस्यौदा तयारको आधार र विधिमा आफ्ना...
भीमदत्तनगर, १६ असार-गत आइतबार बझाङमा यार्सागुम्बा टिपेर फर्किने क्रममा सेती नदीमा बेपत्ता भएका चार युवाको अझै पत्तो लागेको छैन । घटनापछि झन्डै एक दिनको पैदल यात्रापछि घटनास्थल काँडा गाविस पुगेको प्रहरी टोलीले साँघु बनाउने क्रममा युवा सेती नदीमा बेपत्ता भएको जनाएको छ ।...
काठमाण्डु, १६ असार– उपेन्द्र यादव नेतृत्वको मधेसी मेर्चाले संविधानको प्रारम्भिक मस्यौदा जलाउने भएको छ । बुधबार दिउँसो ३ बजे जिल्ला प्रशासन कार्यालय अगाडि च्यात्ने र जलाउने कार्यक्रम छ । तराई मधेस सद्भावनाका अध्यक्ष महेन्द्र यादवले सबै जिल्ला प्रशासन कार्यालय अगाडि मस्यौदाको प्रति जलाउने कार्यक्रम...
पर्वत, १६ असार-नेपाल सरकारका मुख्यसचिव लीलामणि पौड्यालले दबाबमा परेर अनावश्यक काममा बजेट खर्च नगर्न सरकारी कार्यालयलाई निर्देशन दिएका छन् । पर्वत जिल्लाका सरकारी कार्यालयका प्रमुखलाई बुधबार बिहान निर्देशन दिँदै मुख्यसचिव पौड्यालले आर्थिक वर्षको अन्त्यमा अनावश्यक काममा बजेट खर्च नगर्न र काम हुन नसकेको...
इलाम, १६ असार-गएराति परेको अबिरल वर्षासँगै खोलामा आएको बाढीले बगाएर इलाममा एकको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् । झापाको दमक जाने क्रममा बुधबार बिहान रतुवा खोलामा आएको बाढीले बगाएर चुलाचुली–६ का ४८ वर्षीय फूर्वा शेर्पाको मृत्यु भएको हो...
खोटाङ, १६ असार-छुट्टाछुट्टै ठाउँमा परेको चट्याङ लागेर खोटाङमा दुई जनाको मृत्यु भएको छ । गएराति पानीसँगै परेको चट्याङले सावाकटहरे–८ का ४० वर्षीय प्रेमबहादुर विश्वकर्मा र काहुले–३ की ३७ वर्षीया कमला राईको मृत्यु भएको हो । चट्याङले मृतक विश्वकर्माकी श्रीमती ३५ वर्षीया गीता...
इलाम, १६ असार-गए रातिदेखि परेको अविरल वर्षाका कारण मेची राजमार्गका विभिन्न ठाउँमा पहिरो गएको छ । भीषण वर्षाका कारण मेचीराजमार्गको हर्कटेदेखि कोल्बुङको किटेनीसम्मको क्षेत्रमा पाँच ठाउँमा पहिरो गएकाले बिहानैदेखि यातायातका साधन चल्न सकेका छैनन् । हर्कटेदेखि कोल्बुङसम्म गएका पाँच वटा पहिरोमध्ये तीन...
जाजरकोट, १६ असार – वर्षातका कारण खोलानाला बढेको र पहिरो गएकाले पहाडी जिल्ला जाजरकोटका ग्रामीण सडक बन्द भएका छन् । जिल्लामा निर्माण गरिएका सडकको स्तरोन्नति नगर्दा प्रतिवर्ष वर्षात्मा ग्रामीण सडक बन्द हुँदै आएका छन् । सडक यातायात नचल्दा ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य वस्तुको अभाव...
चरिकोट, १६ असार – दोलखा र सिन्धुपाल्चोकका सडक पहिरोको उच्च खतरामा रहेको छ । सिन्धुपाल्चोकको वनदेउदेखि कोदारी जोड्ने अरनिको राजमार्गको ५५ किलोमिटर सडकको ९० प्रतिशत भाग सडक पहिरोको उच्च जोखिम एवम् खतरामा रहेको डिभिजन सडक कार्यालय दोलखाले जनाएको छ । सामरिक महत्वको अरनिको राजमार्गको बलेफीदेखि...
काठमाण्ड’, १५ असार- एमाओवादीका महासचिव कृष्णबहादुर महराले मुलुकलाई आर्थिक रुपमा सबल बनाउन कृषि क्रान्तिको जरुरी भएको बताएका छन् । एमाओवादीको किसान सङ्गठन अखिल नेपाल किसान महासङ्घले मंगलबार काठमाडौँको सुन्दरीजलमा आयोजना गरेको धान दिवस एवम् रोपाइँ कार्यक्रममा उनले परम्परागत तबरले गरिने खेतीलाई विस्थापित गर्दै आधुनिक...