कञ्चनपुर, १७ असार – दार्चुलाको अपि नगरपालिकाका एक बालक तलाउमा डुबेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अपि नगरपालिका–४ कोटका १२ वर्षीय अकबरसिंह कँुवर बेपत्ता भएका हुन् । सोही स्थानमा पर्ने घट्टे खोलामा माछा मार्न गएका कुँवर तलाउमा खसेपछि बेपत्ता भएका हुन्...
काठमाण्डु, १७ असार – गोर्खा भूकम्पको पराकम्पन बिहिबार बिहान पनि महशुस गरिएको छ। सिन्धुपाल्चोेक केन्द्रविन्दु भएर बिहान विहान ७ बजेर ४१ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । वैशाख १२ को भूकम्पपछि यसका साना ठूला पराकम्पनहरु अझै...
काठमाण्डु, १७ असार– धान रोप्न गएका महिलाहरुलाई अश्लिल हर्कत गरेर विवादमा मुछिएका कृषिमन्त्री हरि पराजुलीले अन्ततः राजीनामा दिएका छन् । मन्त्री पराजुलीले बिहिबार बिहान राजीनामा दिने तय गर्न आफ्नो पार्टी एमालेका अध्यक्ष केपी ओलीसँग भेट्न बालकोट पुगेका थिए । बालकोट पछि उनी राजीनामा पत्र...
कठमाण्डु, १६ असार-कृषिमन्त्री हरिप्रसाद पराजुलीलाई सरकारबाट फिर्ता बोलाउन नेकपा (एमाले) भित्रै दबाब बढेको छ । मन्त्री पराजुलीले मङ्गलबार मूलपानीमा आयोजित धान रोपाइँका क्रममा सार्वजनिकरुपमा महिलामाथि दुव्र्यवहार गरेको समाचार सञ्चार माध्यममा आएपछि उनलाई पदबाट बर्खास्तीको माग उठेको हो । पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले...
इलाम, १६ असार-जिल्ला अदालत इलामले बलात्कार गरेको अभियोगमा पक्राउ परेका जिर्मले–६ का धनबहादुर घिमिरेलाई बुधबार १० वर्ष लामो कारावास सजाय सुनाएको छ । जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले मुलुकी ऐन जबर्जस्ती करणी महलको १ नं। र ३ ९१० बमोजिम कसुर गरेको ठहर गर्दै...
काठमाण्डु, १६ असार-यातायात व्यवस्था कार्यालयले सिहंदरबार अगाडि नेसनल ट्रेडिङ लिमिटेडको परिसरमा चालक परीक्षा (ट्रायल) बुधबारदेखि पुनः सुरु गरेको छ । भूकम्पपछि परीक्षा स्थलमा राहत सामग्री राखिएकाले त्यहाँ हुने चार पाङ्ग्रेलगायत सवारी साधनको चालक परीक्षा रोकिएको थियो । कार्यालयका प्रमुख उमेश बस्नेतले ट्रायल...
कठमाण्डु, १६ असार-त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल भदौ/असोजमा सञ्चालित विज्ञानतर्फ बिएस्सी प्रथम वर्षको (चार वर्षे) परीक्षाको परीक्षाफल बुधबार प्रकाशित गरिएको छ ।...
काठमाण्डु, १६ असार– एमाले अध्यक्ष केपी ओली नै असंतुष्ट भएपछि गृहमन्त्री बामदेव गौतमका विस्वास पात्र मानिने कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीको पद धरापमा परेको छ । मंगलबार असार १५ को कार्यक्रममा काठमाण्डुको मुलपानीमा भएको कार्यक्रममा महिलासँग अश्लिल हर्कत गरेर सर्वत्र आलोचित भएपछि गृहमन्त्री गौतमले...
कालिकोट, १६ असार-कर्णाली राजमार्गअन्तर्गत कालिकोटको कोटबाडा गाविस लालीघाट बजार नजिकै सडक निर्माणमा काम गर्दै गरेका दुई मजदूरको बुधबार दिउँसो कर्णाली नदीमा खसेर मृत्यु भएको छ । सडकमा रहेको ढुङ्गा पल्टाउन खोज्दा ढुङ्गासँगै कर्णाली नदीमा खसेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा सिउना...
काठमाण्डु, १६ असार- नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको भेला बिहीबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ । पार्टीको आसन्न १३ औं महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी सभापतिहरुको चालु कार्यकाल सकिनै लाग्दा सभापतिहरुबीच एकआपसमा अन्तक्र्रिया गर्न भेलाको आयोजना गरिएको बताइएको छ । नेपाली काँग्रेस धादिङका...
भीमदत्तनगर, १६ असार-बाजुराको बडिमालिका नगरपालिका– १ भैरीभीरमा मङ्गलबार भीरबाट खसेको ढुङ्गा लागेर आमाछोरीको मृत्यु भएको छ । सदरमुकाम मार्तडीबाट घरतर्फ जाँदै गर्दा ढुङ्गा लागेर २० वर्षीया रोशनी रोकाया र तिनकी दुई महिनाकी छोरी प्रमिला रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ...
काठमाण्डु, १६ असार–एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले सार्वजनीक स्थलमा महिलामाथि अश्लील हर्कत गर्ने आफ्नै पार्टीका कृर्षिमन्त्री हरिप्रसाद पराजुलीको पुत्ला दहन गर्ने भएको छ । अनेरास्ववियु केन्द्रीय समितिको शैक्षिक विभाग र सरस्वती क्याम्यस, ठमेलको संयुक्त आयोजनामा बिहीबार बिहान ८ बजे सरस्वती क्याम्पस अगाडि पुत्ला जलाउन लागिएको...