काठमाण्डु, १७ असार-नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको भेला पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन, सानेपामा सुरु भएको छ । समसामयिक राजनीतिक घटनाक्रम संविधान निर्माण, पार्टी सभापतिहरुको भूमिकालगायतका विषयमा छलफल गर्न पार्टी सभापतिहरुबीचको भेला बोलाइएको हो । भेलामा हालै गएको भूकम्पले प्रभाव पारेका जिल्लाहरुमा...
काठमाण्डु, १७ असार – संविधानसभामा प्रस्तुत भएको संविधानको प्रारम्भिक मस्यौदामा मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ । मस्यौदाअनुसार आठ प्रदेशको संघीय संरचना हुने तथा केन्द्रीय व्यवस्थापिका २ सय ७५ सदस्यीय हुनेछ । केन्द्रीय व्यवस्थापिकामा १ सय ६५ सदस्य प्रत्यक्ष तथा १ सय १० समानुपातिक...
भीमदत्तनगर, १७ असार-दार्चुलाको अपि नगरपालिकाका एक बालक तलाउमा डुबेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अपि नगरपालिका–४ कोटका १२ वर्षीय अकबरसिंह कँुवर बेपत्ता भएका हुन् । सोही स्थानमा पर्ने घट्टे खोलामा माछा मार्न गएका कुँवर तलाउमा खसेपछि बेपत्ता भएका...
काठमाण्डु, १७ असार– संविधानको प्रारम्भिक मस्यौदाको प्रस्तावनाबाट बहुलबाद शब्द हटाएका भन्दै नेपाली कांग्रेसका सभासद्हरुले आपत्ति जनाएका छन । बिहीबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्ने धेरैजसो सभासदले संविधानको प्रारम्भिक मस्यौदाबाट बहुलबाद शब्द हटाइएको भन्दै नेतृत्वको कडा आलोचना गरेका छन् । उनीहरुले एमाले र...
काठमाण्डु, १७ असार-प्रधानमन्त्री सुशील कोइरालाले कृषिमन्त्री हरिप्रसाद पराजुलीले दिएको राजीनामा स्वीकृत गरेका छन् । प्रधानमन्त्री कोइरालाले मन्त्री पराजुलीको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतीक प्रधानले बताए । धान दिवसको अवसरमा यही असार १५ गते काठमाण्डुको मूलपानीमा आयोजित रोपाइँमा उनले स्थानीय महिलालाई...
इलाम, १७ असार – इलाम श्रीअन्तुका एक व्यक्ति बुधबारदेखि बेपत्ता भएका छन् । श्रीअन्तु–८ का फागो माइला भनिने भीमबहादुर साँवा खोला तर्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ । फिक्कलमा घोडामा दूध पु¥याएर फर्कंँदै गर्दा श्रीअन्तु र फिक्कल बीचमा पर्ने सिद्धिखोला तर्ने क्रममा खोलाले...
झापा, १७ असार – रोजगारीका लागि विदेशमा दिनरात मेहनत गरेपनि मनग्य धनआर्जन गर्न नसकेपछि झापा हर्चनाका ११ जना युवा शिखर कृषि परियोजना स्थापना गरेर उद्यमी बन्ने प्रयासमा जुटेका छन् । ‘वास्तविक किसानको परिभाषा कृषि उद्यमी बन्नु हो’ लाई आदर्श मानेका उनीहरूले आपसमा रकम संकलन...
मुस्ताङ, १७ असार – जोमसोम र कागबेनीका बीचमा पर्ने पाण्डुखोला थुनिएपछि सदरमुकाम जोमसोमका सर्वसाधारण त्रसित बनेका छन् । बुधबार दिउँसोदेखि चार घन्टासम्म खोला थुनिँदा जोमसोमका सर्वसाधारण त्रसित बनेका हुन् । हिउँदमा जमेको हिउँ माटोसँगै पग्लँदा खोला थुनिने र आफैँ खोलिने हुँदा खोला आसपास र...
जाजरकोट, १७ असार – जिल्ला पशुसेवा कार्यालयले हजाराँै पशु चौपायाको उपचार गरेको बताएको छ । जिल्लाका विभिन्न गाविसमा रहेका ३५ हजार बाख्रालाई पिपिआर खोप, रेबिजविरुद्धको भ्याक्सन १० हजार पशु चौपायालाई, पाँच हजार पशुलाई भ्यागुत्ते, चरचर्रे रोगविरुद्धको औषधि गरिएको छ । त्यस्तै २५ हजार बाख्रा,...
काठमाण्डु, १७ असार – आठ वर्षको लामो प्रयासपछि मुलुकको भाग्य र भविष्यको फैसला गर्ने मूल कानुन संविधानको पहिलो मस्यौदा संविधानसभामा प्रस्तुतिपछि संविधान निर्माणको आधार तयार भएको छ । ढिलै भए पनि संविधानको प्रारम्भिक मस्यौदा आउनु सकारात्मक भएको र त्यसले संविधान लेखनको औपचारिक प्रक्रिया सुरु...
कञ्चनपुर, १७ असार – पत्रकारितामा महिलाको सहभागिता वृद्धि गर्ने उद्देश्यले डडेल्धुरामा सञ्चालन गरिएको तीन दिने आधारभूत पत्रकारिता तालिम बुधबार सम्पन्न भएको छ । जिल्ला विकास समितिको कार्यालय डडेल्धुरा र जिल्ला महिला समन्वय समिति डडेल्धुराको आर्थिक सहयोगमा क्रियाशील महिला पत्रकार समूह डब्लुडब्लुजेले सञ्चालन गरेको तालिम...
इलाम, १७ असार – दलित अधिकार मञ्च बरबोटेले यहाँका दलित परिवारलाई शौचालय प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले शौचालयमा प्रयोग हुने विभिन्न सामग्री वितरण गरेको छ । इलामको बरबोटे गाविसको सहयोगमा ५० परिवारलाई शौचालयमा प्रयोग हुने बाल्टी, जग, हरपिक र ब्रस वितरण गरिएको हो । कार्यक्रममा...