समाचार

संविधानसभाको नियमावली ९३ निलम्बन, शुक्रबारबाट मस्यौदामा छलफल हुने

२०७२ असार १७ गते १७:२५

काठमाण्डु, १७ असार– राप्रपा नेपाल र मधेस केन्द्रित दलहरुको विराधका बाबजुद प्रमुख दलहरुले भन्दै आएको फास्ट ट्रयाकमा संविधान निर्माण प्रक्रिया शुरु भएको छ । बिहीबारको बैठकमा संविधानसभा नियमावली निलम्बन गर्ने प्रस्ताव पारित भएपछि छोटो बाटोबाट संविधान निर्माण प्रक्रियाको थालनी भएको हो । संविधानसभा नियमावलीको...

संविधानमा ‘पूर्ण’ प्रेस स्वतन्त्रता नै हुनुपर्दछ’

२०७२ असार १७ गते १७:१३

काठमाण्डु, १७ असार-नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदाको प्रस्तावनामा ‘पूर्ण प्रेस स्वतन्त्रता’ नै राखिनुपर्ने माग यस क्षेत्रका विभिन्न सङ्घसंस्था तथा विज्ञले गरेका छन् ।   नेपालको अन्तरिम संविधान, २०६३ को प्रस्तावनामा उल्लिखित ‘पूर्ण प्रेस स्वतन्त्रता’ को ठाउँमा प्रारम्भिक मस्यौदामा ‘प्रेस स्वतन्त्रता’ मात्र राखिएको छ...

चट्याङ लागेर परियारको मृत्यु

२०७२ असार १७ गते १६:२४

महोत्तरी, १७ असार-चट्याङ लागेर महोत्तरीमा एकजनाको मृत्यु भएको छ । बिहीबार बिहान पानीसँगै खसेको चट्याङ लाग्दा बर्दिबास नगरपालिका–६ राजावासका २० वर्षीय रेसु परियारको घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।   बिहीबार बिहान ११ बजेको समयमा घरनजिकै रहेको खेतमा आली...

भृकुटीमण्डपमा नवौँ शैक्षिक मेला सुरु

२०७२ असार १७ गते १५:४४

काठमाण्डु, १७ असार-स्वदेश तथा विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई कलेज छनोटमा सघाउन र परामर्श दिन आयोजित नवौँ संस्करणको शैक्षिक प्रदर्शनी बिहीबरदेखि प्रर्दशनी मार्गस्थित भृकुटीमण्डपमा सुरु भएको छ ।   नेपाल शैक्षिक परामर्श सङ्घद्वारा आयोजित सो चारदिने प्रदर्शनीमा दुईसय कक्ष राखिएका छन् ।...

‘प्रारम्भिक मस्यौदामा जनजाति र मधेसीको भावना समेटिएन’

२०७२ असार १७ गते १५:१६

काठमाण्डु, १७ असार-आदिवासी जनजाति तथा मधेसी समुदायले अपेक्षा गरेअनुसार संविधानको मस्यौदामा आफूहरुको भावना नसमेटिएको गुनासो गरेका छन् ।   नेपाल कानुन समाजद्वारा बिहीबार यहाँ आयोजित ‘संविधानको प्रारम्भिक मस्यौदामा मधेसी र जनजाति समुदायको अधिकार’ विषयको कार्यक्रममा सहभागी वक्ताले दू्रतमार्गबाट संविधान लेखनलाई अघि लैजान खोज्दा फेरि...

हिन्दू राष्ट्र नभए आन्दोलन गर्ने खुमबहादुरको धम्की

२०७२ असार १७ गते १५:०९

काठमाण्डु, १७ असार– काँग्रेस नेता खुमबहादुर खड्का नेतृत्वको ‘सनातन हिन्दू राष्ट्र स्थापना महाअभियान’ ले नेपाललाई धर्मनिरपेक्ष राज्य बनाइए आन्दोलन गर्ने चेतावनी दिएको छ । अभियान संयोजक खुवबहादुर खड्का र सह–संयोजक लक्ष्मण घिमिरेले बिहीबार विज्ञप्ति जारी गरी हिन्दू राष्ट्र नभए आन्दोलनमा जाने चेतावनी दिएका हुन्...

बिनापारिश्रमिक क्याम्पस पढाउँदै प्राध्यापक !

२०७२ असार १७ गते १५:००

मोरङ, १७ असार- विद्यालय र कलेजमा पढाउँदा योग्यता अनुसारको पारिश्रमिक नपाएको धेरै शिक्षकरप्राध्यापकको गुनासो हुने गरेको छ । तर मोरङ बेलबारीका एक प्राध्यापकले चाहिँ पाँच वर्षदेखि पारिश्रमिक नलिइकन क्याम्पसमा पढाइरहेका छन् ।   बेलबारी–३ का समाजसेवी ५० वर्षीय राजकुमार लिम्बूले बेलबारी क्याम्पसमा २०६८ सालदेखि...

रामकुमारी झाँक्रीको प्रश्न, ‘हरि पराजुलीलाई एमालेले चाहिं कारबाही गर्नुपर्दैन ?’

२०७२ असार १७ गते १४:५४

काठमाण्डु, १७ असार– एमाले नेतृ रामकुमारी झाँक्रीले कृषिमन्त्रीबाट राजीनामा दिएका हरिप्रसाद पराजुलीलाई कारबाही गर्न पार्टी नेतृत्वसँग माग गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पराजुलीमाथि अनुशासनको कारबाही हुनुपर्ने माग गरेकी हुन् । यसअघि झाँक्रीले पार्टी अध्यक्ष केपी ओलीमाथि पराजुलीलाई सरकारबाट फिर्ता बोलाउन दबाब दिएकी...

संविधानसभाको बैठक अझै सुरु भएन

२०७२ असार १७ गते १४:५१

काठमाण्डु, १७ असार-बिहीबार ११ बजेका लागि तय भएको संविधानसभाको बैठक अझैसम्म सञ्चालन हुन सकेको छैन ।   बैठकका लागि कार्यसूची भने निर्धारित समयमै तयार गरी वितरण गरिएको थियो ।   संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले संविधानको प्रारम्भिक मस्यौदा प्रतिवेदन, २०७२ माथिको छलफल प्रारम्भ...

सिन्धुपाल्चोक केन्द्र भएर फेरि भूकम्प

२०७२ असार १७ गते १४:५०

सिन्धुपाल्चोक, १७ असार– सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर बिहीबार पुनः भूकम्प गएको छ । बिहीबार बिहान ७ बजेर ४१ मिनेटमा हेलम्बु आसपास केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।   त्यसअघि बिहीबारै ५ बजेर २६ मिनेटमा काभ्रेको उग्रनचन्डीनाला केन्द्रबिन्दु...

दिउँसो कार्यालय, बिहान मौरी व्यवसाय

२०७२ असार १७ गते १४:१५

इलाम, १७ असार-इलाम नगरपालिका– ६ तिल्केनीका ४२ वर्षीय प्रेम आचार्य बिहान सबेरै उठ्छन् । उठेर नित्य कर्म सकेपछि उनी घरायसी काममा लागिहाल्छन् । यी कार्य भनेको उनको दैनिकी नै हो । बिहान कुन–कुन काम गर्नुपर्छ भनेर उनले डायरी बनाएका छन् ।   आचार्य जिल्ला...

बुबा–आमा दुबैको नामका आधारमा नागरिकता पाउनुपर्ने माग

२०७२ असार १७ गते १४:०४

काठमाण्डु, १७ असार–महिला नेतृ र अधिकारकर्मीहरुले नयाँ संविधानमा बुबा वा आमामध्ये जो कोहीको नामबाट पनि बंशजको आधारमा नागरिकता पाउनुपर्ने व्यवस्था गर्न माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले संविधानको पहिलो मस्यौदाले महिलाको भूमिकाको अवहेलना गरेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us