समाचार

पोखरा विश्वविद्यालयको पठनपाठन ठप्प !

२०७२ असार १७ गते १९:५१

लेखनाथ, १७ असार-लेखनाथ–१२ खुदीमा अवस्थित पोखरा विश्वविद्यालय पूर्ण रुपमा ठप्प भएको छ ।   विभिन्न मागको विषयमा सुनुवाइ नभएको भन्दै बिहीबारदेखि एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले अनिश्चितकालका लागि तालाबन्दी गरेको हो । अनेरास्वियु हेल्थ एन्ड एप्लाइन्ड साइन्स सङ्कायमा डिनले गरेको विद्यार्थी सरुवा रद्द गर्न...

बस्नयोग्य प्रमाणित नभएसम्म भवनमा नबस्न अन्तरिम आदेश

२०७२ असार १७ गते १९:३३

काठमाण्डु, १७ असार-भूकम्पबाट क्षति भएका सरकारी तथा अन्य भवनमा सरकारको आधिकारिक निकायबाट खटाइएका विज्ञले परीक्षण गरेर बस्नयोग्य प्रमाणित नभएसम्म नबस्न सर्वोच्च अदालतले सरकारका नाममा बिहीबार अन्तरिम आदेश दिएको छ ।   न्यायाधीश दीपकराज जोशीको एकल इजलासले गत वैशाख १२ गते आएको भूकम्प र त्यसपछिका...

नेपाल पक्षलाई मनाएर मात्र मन्त्री सिफारिस गर्ने ओलीको तयारी

२०७२ असार १७ गते १९:२९

काठमाण्डु, १७ असार– कृषिमन्त्री हरिप्रसाद पराजुलीको सर्वत्र आलोचना भएपछि फिर्ता बोलाएपनि एमाले अध्यक्ष केपी ओलीले संस्थागत निर्णय बिना सरकारमा नयाँ मन्त्री नपठाउने भएका छन् । उपाध्यक्ष बामदेव गौतमले पराजुलीको स्थानमा बलराम बाँस्कोटालाई नियुक्ति गर्न दवाव दिएपनि अध्यक्ष ओलीले पार्टीमा छलफल गरेर मात्र नयाँ मन्त्री...

स्नातक तह तीनबर्से प्रथम वर्ष (आंशिक)परीक्षाको परीक्षाफल प्रकाशित

२०७२ असार १७ गते १९:२४

काठमाण्डु, १७ असार-त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल कात्तिकरमङ्सिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातक तह तीनबर्से बिए प्रथम वर्ष (आंशिक)को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।   उक्त परीक्षाको परीक्षाफल तथा नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त गर्न सकिनेछ ।...

यादवले भने, ‘संविधानको मस्यौदाले नयाँ द्वन्द्व जन्माएको छ’

२०७२ असार १७ गते १९:१२

पर्सा, १७ असार-सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको मूल्य मान्यताविपरीत ल्याएको मस्यौदाबाट निर्माण भएको संविधानले मुलुकमा नयाँ किसिमको द्वन्द्व जन्माउने बताएका छन् ।   मधेसी पत्रकार सङ्घ पर्साले बिहीबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले चार दलको १६ बुँदे सहमतिको आधारमा...

अवरुद्ध टेलिफोन डेढ महिनापछि सञ्चालनमा

२०७२ असार १७ गते १९:०३

खोटाङ, १७ असार-हावाहुरीले टावर ढालेपछि अवरुद्ध टेलिफोन पुनः मर्मत गरी डेढ महिनापछि आज सञ्चालनमा आएको छ ।   गत जेठ ९ गते राति चलेको हावाहुरीले टावर ढालेपछि अवरुद्ध बनेको टेलिफोन पुनःमर्मतपछि सञ्चालनमा आएको हो ।   जिल्लाको दक्षिणी गाविस काहुले र चिसापानीको सिमानामा पर्ने...

झुटा विवरण पेस गरी नागरिकता बनाउने राई पक्राउ

२०७२ असार १७ गते १८:५३

काठमाण्डु, १७ असार-झुटा विवरण पेस गरी नागरिकता बनाउने भारत कालिपोङका सन्तोष राईलाई ललितपुर प्रहरीले बिहीबार पक्राउ गरेको छ ।   प्रहरीका अनुसार भारत कालिपोङ घर भई हाल ललितपुर उपमहानगरपालिका बस्दै आएका राईले जिल्ला प्रशासन कार्यालय झापामा झुटा विवरण पेस गरी २०६९ चैत २४ मा...

भूमिसम्बन्धी नयाँ ऐन आउने

२०७२ असार १७ गते १८:४६

काठमाण्डु, १७ असार-व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिले यसअघि दिएका निर्देशनको कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्न सात सदस्यीय उपसमिति गठन गरेको छ ।   समितिका सदस्य अमृतकुमार बोहोराको संयोजकत्वमा गठित उपसमितिमा सुधिरकुमार शिवाकोटी, आनन्दप्रसाद पोखरेल, कृष्ण धिताल, कुन्तीकुमारी शाही, जङ्गीलाल राय र डिल्लीप्रसाद काफ्ले सदस्य रहेका...

अज्ञात पुरुष र युवती मृत फेला

२०७२ असार १७ गते १८:३८

काठमाण्डु, १७ असार– पर्सामा एकजना अज्ञात व्यक्ति मृत फेला परेका छन् । पर्साको विरुवागुठी–६ स्थित आँपको बगैचामा विहिबार उनी मृत फेल परेका हुन् । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको बताएको छ । यसैगरी अछाम घोडासैन–५ सुन्दर सामुदायिक बनमा विहीबार ढकारी–९ बस्ने १६ बर्षीया बुदी...

भेटीघाटी पारदर्शी नगरे नवीकरण नहुने

२०७२ असार १७ गते १८:२२

काठमाण्ड, १७ असार-काठमाण्डुको बागबजारमा रहेको अद्वैत संस्थाले मन्दिरमा उठेको भेटीघाटी पारदर्शी नराखेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डुले विवरण बुझाएर सन्तोषजनक जवाफ नपठाएसम्म नवीकरण नगर्ने निर्णय गरेको छ ।   संस्थामा १७ वर्षसम्म काम गरेका सदस्य गङ्गाबहादुर श्रेष्ठले पारदर्शीरुपमा हिसाब राख्न माग गर्दा निकालिनुपरेको उजुरी...

लिपुलेक संझौताबारे कुटनीतिक प्रयास जारीः परराष्ट्रमन्त्री

२०७२ असार १७ गते १७:५८

काठमाण्डु, १७ असार– सरकारले लिपुलेक संझौताका बारेमा कुटनीतिक पहल भइरहेको स्पष्ट पारेको छ । बिहीबारको व्यवस्थापिका संसदको बैठकमा सरकारको तर्फबाट परराष्ट्रमन्त्री मन्त्री पाण्डेले लिपुलेक संझौताका बारेमा सरकारले कुटनीतिक मध्यमबाट दुवै देशसँग छलफल जारी रहेको बताएका हुन् । उनले भारत र चीनले संझौता गरेको समाचार...

सुस्तमनस्थिति भएको परिवारका लागि उदाहरणीय सहयोग !

२०७२ असार १७ गते १७:४३

मोरङ, १७ असार-मोरङको इटहरा–५ का गुरागार्इँ परिवारले ईटहरा–५ का सिक्कीमेटोलमा पाँच जना सुस्तमनस्थितिका छोराछोरी भएका ढुङ्गाना परिवारलाई पक्की घर बनाइदिने भएका छन् ।   तुलसीराम ढुङ्गाना र सृजना ढुङ्गानाका पाँचजना सुस्त मनस्थितिका छोराछोरीको लागि इटहरा, चार भौडाहाका कमलादेवी गुरागाई र डिल्ली गुरागार्इँले घर बनाइदिने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us