काठमाण्डु, १८ असार– राप्रपा नेपाल र संघीय साजवादी फोरमलगायत दलको विरोधका बाबजुद संविधानसभामा मस्यौदामाथी छलफल शुरु भएको छ । संविधानसभाले शुक्रबारबाट संविधानको पहिलो मस्यौदामाथी छलफल शुरु गरेको हो । बैठक शुरु भएलगत्तै असंतुष्ट दलका सभासदहरुले समितिमा पास नभएका विषय षडयन्त्र गरेर समितिमा ल्याएको भन्दै...
काठमाण्डु, १८ असार– भारत र चीनले सीमा व्यापार, तीर्थाटन तथा अन्य आदान प्रदानको पुल बनाउने उद्देश्यले लिपुलेकलाई दुई देशको सीमा व्यापार नाका बनाउने सहमतिको विरोधमा नेपाल सरकारको ध्यानाकर्षण गर्दै नेकपा–माओवादी, मसाल, मालेलगायतका ९ दलले प्रधानमन्त्री सुशील कोइरालाई भेटी ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउँदै...
सप्तरी, १८ असार-पूर्वी पहाडी जिल्लामा दुई दिनदेखि लगातार परेको वर्षाले यस जिल्लाका विभिन्न ठूला र साना नदीनालामा पानीको बहाव बढेको छ । बिहीबार र शुक्रबार परेको भारी वर्षाबाट सप्तरीको खाडो नदीमा पानीको घनत्व बढेपछि त्यस आसपासका करिब आधा दर्जन गाविस डुबानमा पर्ने खतरा...
मेलम्ची, १८ असार-सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–२ मा भूकम्पपीडितलाई तत्काल अस्थायी आवासका लागि हरेक परिवारलाई बाँडिएको १५ हजार सात परिवारले फिर्ता गरेका छन् । रकम वितरणमा अनियमितता भएको नगरपालिकाको कार्यालयमा उजुरी परेपछि शुक्रबार इलाका प्रहरी कार्यालय मेलम्चीमा सातजना नक्कली भूकम्पपीडितलाई उपस्थिति गराई एक लाख...
काठमाण्डु, १८ असार–पुरातत्विक महत्वको तीनमुखे मूर्तिसहित प्रहरीले एक दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार मूर्तिसहित काठमाण्डु महानगरपालिका–२१ लगनटोल बस्ने ३१ वर्षीय अनोज श्रेष्ठ र यांगल बस्ने २९ वर्षीय दिनेश महर्जनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी बृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले बिहीबार...
इनरुवा, १८ असार-सप्तकोसीमा पानीको बहाव घटेको छ । दुई दिन अगाडि पहाडी क्षेत्रमा वर्षा भएपछि एक्कासि बढेको पानीको बहाव शुक्रबार बिहानैदेखि घट्ने थालेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । सोमबार बेलुकी ६ बजे मापन गर्दा एक लाख ५७ हजार क्युसेक पानी बगेको...
खोटाङ, १८ असार-कालोपत्रको काम सकिएसँगै खोटाङको खानीडाँडा विमानस्थलमा नियमित उडान हुने भएको छ । सदरमुकामबाट सबैभन्दा नजिक रहेको मनमाया राई खानीडाँडा विमानस्थलको धावनमार्ग कालोपत्र गरिएलगत्तै शनिबारदेखि तारा एयर र सिम्रिक एयरले नियमित उडान भर्दैछन् । गत मङ्गलबार मात्र तारा एयरको विमानले परीक्षण उडान...
काठमाण्डु, १८ असार-सहरी विकास मन्त्री नारायण खड्काले अब जारी हुने संविधान सबैको साझा दस्तावेज हुने विश्वास व्यक्त गरेका छन् । पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति स्व। गिरिजाप्रसाद कोइरालाको ९२औँ जन्मजयन्तीका अवसरमा शुक्रबार नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा मन्त्री खड्काले सबै जातजाति,...
दमक, १८ असार-वर्षाको कारण दमक–रवि सडक (फाल्गुनन्द सडक) मार्ग अवरुद्ध भएको छ । कच्ची सडक भत्किएपछि सवारीसाधान चल्न छाडेका छन् । झापाको दमकबाट पाँचथरको रवि हुँदै उत्तरी इलामको राके जोड्ने फाल्गुनन्द मार्ग वर्षाले क्षतिग्रस्त भएपछि यातायात अवरुद्ध भएको छ । सडकमा गाडी चल्न...
धरान, १८ असार– पूर्वी पहाडका विभिन्न जिल्लामा सशस्त्र गतिविधि सञ्चालन गर्दै आएको किराँत जनवादी वर्कर्स पार्टी विद्रोहीले हतियार बुझाएको छ । शुक्रबार धरानमा भएको कार्यक्रममा संसदीय समितिसमक्ष सशस्त्र गतिविधि त्यागेको घोषणा गर्दै पार्टीले हतियार बुझाएको हो । पार्टीका अध्यक्ष मिना खुम्बु साङकेम्मा किराँतीले चार थान...
रुपन्देही, १८ असार– हतियार देखाइ धनमाल लुटपाट तथा चोरी डकैती गरी फरार रहेका चार जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुटवल उपमहानगरपालिका–१० बस्ने विश्वास श्रेष्ठ, विकाश न्यौपाने, मैनिहवा–१ बस्ने प्रभु दयाल हरिजन र बर्दीया खैरापुर–९ घर भई बुटवल नगरपालिका–१३ बस्ने निरु...
झापा, १८ असार–झापाको सुरुङ्गामा सर्पको डसाइबाट एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–३ निवासी १९ वर्षीया दीपा काफ्ले भण्डारी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । दीपालाई घरमा सुतिरहेका बेला गएराति सर्पले डसेको र उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली...