सप्तरी, १८ असार-इलाका प्रहरी कार्यालय कञ्चनपुर र पूर्व क्षेत्रीय प्रहरीको संयुक्त टोलीले सप्तरीको बरमझियामा रहेको पेडा पसलबाट लागुऔषधसहित पसल सञ्चालकलाई पक्राउ गरेको छ । सप्तरीको त्रिकोल गाविस–८ स्थित पूर्व–पश्चिम राजमार्गमा पर्ने बरमझियास्थित श्री बाबा वैद्यनाथ पेडा पसलमा गोप्य सूचनाको आधारमा छापा मारी लागुऔषध...
काठमाण्डु, १८ असार– एमाओवादीको संसदीय दलको बैठकमा सभासद्हरुले पार्टी नेतृत्वको आलोचना गरेका छन् । संविधानसभा भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको बैठकमा सभासद्हरुले विगतको सहमति र सम्झौताविपरीत सत्तारुढ दलसँग सहमति गरेको भन्दै नेतृत्वको आलोचना गरेका हुन् । संविधान लेखन प्रक्रिया विगतको सहमति, सम्झौता तथा शान्ति...
काठमाण्डु, १८ असार – एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले अपांगता भएका व्यक्तिको राजनीतिक अधिकार सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय अपांग महासंघको ज्ञापनत्रि बुझ्दै अध्यक्ष प्रचण्डले अपांगता भएका नागरिकको सवाल जसरी भए पनि संविधानमा समावेश गर्न आफू प्रतिबद्ध रहेको बताए ।...
चरिकोट, १८ असार-दोलखाको गौरीशङ्कर गाविस–९ स्थित सिप्रिङखोला जलविद्युत आयोजनामा शुक्रबार दिउँसो सुख्खा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ । यस घटनामा अन्य पाँचजना घाइते भएका छन् । पहिरोले पुरिएर बुलुङ–९ का हेमबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अजय केसीले जानकारी दिए ।...
रौतहट, १८ असार-जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबार अपहरणमा परेको नाटक गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । स्थानीय सखुअवा धमौरा गाविस–७ हर्षाहा टोल बस्ने ४४ वर्षीय छविलाल राउत कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो । गत असार १५ गते बिहानदेखि आफू अपहरणमा परेको...
काठमाण्डु, १८ असार–रिनाउन सहकारीका पदाधिकारीहरुसँगको मिलेमतोमा निक्षेपकर्ताहरुको १४ करोड रुपैयाँ हिनामिना गरी फरार रहेका एक वयक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोका माखाका ४० वर्षीय जनकप्रसाद पराजुली रहेका छन् । उनी उक्त सहकारीका सचिव पनि हुन् । पराजुलीलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा...
काठमाण्डु, १८ असार-बाह्र वर्षअघिको रानीबारी हत्याकाण्डका आरोपीलाई समात्न सफल केन्द्रीय अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरीसहितका चार प्रहरी अधिकृत पुरस्कृत भएका छन् । उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले प्रहरी नायब महानिरीक्षक ठकुरीलाई ३० हजार, प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहाललाई २५ हजार...
काठमाण्डु, १८ असार-नेपाली काँग्रेसका सभासद्हरुले संविधानको प्रारम्भिक मस्यौदामा बहुलवाद शब्द नपरेको र धर्म निरपेक्षता शब्द राखिएकोमा नेतृत्वको ध्यानाकर्षण गराएका छन् । संसदीय दलको शुक्रबार बालुवाटारमा बसेको बैठकले काँग्रेसका शीर्षस्थ नेतालाई यससम्बन्धी ध्यानाकर्षण गराएका हुन् । संसदीय दलका नेता एवम् प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ...
चितवन, १८ असार-भूकम्पका कारण प्रभावित बनेको चितवनको पहाडी गाविसका एक सय ७७ घर स्थानान्तरण गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार सम्पन्न बैठकले शनिबारबाटै काम सुरु गरी १५ दिनभित्र कार्य सम्पन्न गर्ने निर्णय समेत गरेको छ । स्थानीय विकास अधिकारी...
काठमाण्डु, १८ असार– राप्रपा नेपालको विरोधका कारण संविधानसभाको बैठक अवरुद्ध भएको छ । संविधानको मस्यौदामा मौलिक हकमा धर्म परिवर्तनको अधिकार राखिएको भन्दै राप्रपा नेपालका सभसादहरुले वेल घेराउ गरेपछि बैठक अवरुद्ध भएको हो । शुक्रबारको बैठकको कार्यसूचीमा मस्यौदामाथि छलफल गर्ने कार्यक्रम थियो । सभाध्यक्ष नेम्वाङ...
काठमाण्डु, १८ असार– असार १५ गते काठमाण्डुको मुलपानीमा भएको रोपाई महोत्सवका क्रममा महिलामाथि अश्लील हर्कत गरेका एमाले नेता तथा कृषिमन्त्री हरिपराजुली यतिखेर चर्चा र विवादको केन्द्रमा छन् । विवादका कारण एमालेले पराजुलीलाई सरकारबाटै फिर्ता बोलाइसकेको छ । मन्त्रीबाट राजीनामा दिएयता उनी सार्वजनिक रुपमा कतै...
काठमाण्डु, १७ असार–नेपाल पत्रकार महासंघले संयुक्त राष्ट्रसंघअन्र्तगत मानवीय मामिला संयोजन प्रमुख जोन जिङले भूकम्पपीडितलाई अखाद्य वस्तु वितरण गरेको विषयमा नेपाली सञ्चारमाध्यमद्वारा प्रकाशित/प्रशारित समाचारलाई लिएर दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार महासंघका महासचिव उजिर मगरले एक विज्ञप्ती जारी गर्दै जिङको अभिव्यक्तिप्रति निन्दा...