मोरङ, १९ असार – मोरङ मधुमल्लाका बाढीपीडित भोकभोकै दिन काट्न बाध्य छन् । गत मङ्गलबार बक्राहाखोला गाउँ पसेर घरबार गुमाएका मोरङ मधुमल्लाका बाढीपीडितले अझै राहत पाउन नसक्दा भोकभोकै बस्नु परेका हुन् । आफन्तको शरणमा बसिरहेका बाढीपीडितले सम्बन्धित निकायले सोधखोजसमेत नगरेको भन्दै गुनासो गरेका छन्...
काठमाण्डु, १८ असार-विभिन्न नौ राजनीतिक दलले मुलुकको सार्वभौमिकता संरक्षण गर्न सरकार गम्भीर हुनुपर्ने र तद्नुरुप कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् । भारत र चीनबीच हालै भएको सीमा व्यापार सहमतिको विरोध गर्दै उनीहरुले शुक्रबार प्रधानमन्त्री सुशील कोइरालाई भेटी एक ज्ञापनपत्र बुझाएको ती...
काठमाण्डु, असार १८–सुकुम्बासीसँग सम्बन्धित विभिन्न चारवटा संघसंस्थाहरुले सुकुम्बासीको समस्या समाधानमा सर्वोच्च अदालत बाधक बनेको आरोप लगाएका छन् । उनीहरुले सुकुम्बासीहरुको समस्या समाधानका लागि सरकारबाट गठन भएको सुकुम्बासी समस्या समाधान आयोगलाई काम गर्न नदिएर अदालतले गरिबी ,दुःखी र भूमिहीनका विरुद्धमा काम गरिरहेको आरोप लगाए ।...
काठमाण्डु, १८ असार -संविधानसभाको बैठक शुक्रबार अपरान्ह १ बजेका लागि बोलाइएको थियो । निर्धारित समय भन्दा ५० मिनेट ढिलो सुचारु भएको बैठक शुरु भएलगत्तै विरोध हुन थाल्यो । संविधानको मस्यौदामा छलफल गर्न बोलाइएको बैठकमा राप्रपा नेपालका सभासदहरुले उठेर विरोध गर्न थालेपछि होलल्ला मच्चियो ।...
काठमाण्डु, १८ असार-सर्वोच्च अदालतका न्यायाधीश कल्याण श्रेष्ठले प्रमाणमुखी अनुसन्धानका लागि अपराध अनुसन्धानलाई वैज्ञानिक तथा आधुनिकीकरण गरिनुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालमा विधि विज्ञान सेवा सुदृढीकरण विषयक एकदिने गोष्ठीको शुक्रबार उद्घाटन गर्दै उनले प्रहरीभन्दा अगाडि अपराधी हिँड्न दिन नहुने बताउँदै फौज्दारी न्यायलाई...
काठमाण्डु, १८ असार–वाणिज्य तथा आपूर्ति व्यबस्थापन विभागले तीन दिनभित्र ग्यास डिलर प्रमाणीकरणको दायरनमा आउन आग्रह गरेको छ । ग्यास विक्रेताको डिपो प्रमाणीकरणको म्याद शुक्रबार सकिए पनि तीन दिनको म्याद थप गरिएको विभागले जनाएको छ । शुक्रबार मिडिया इन्टरनेसनलले काठमाण्डुमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा वाणिज्य...
काठमाण्डु, १८ असार–युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले विदेशमा उच्च शिक्षा हासिल गरेका दक्ष जनशक्ति स्वदेश फर्काउन सरकारले विशेष कार्यक्रम ल्याउने बताएका छन् । शुक्रबार नेपाल शैक्षिक परामर्श संघ इक्यानको आयोजनामा राजधानीको भृकुटीमण्डपमा जारी नवौं इक्यान शैक्षिक मेलाको अवलोकन गर्दै मन्त्री पौडेलले गुणस्तरीय उच्चशिक्षा हासिल...
काठमाण्डु, १८ असार-नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको भेला संविधानको मस्यौदा, पार्टीको महाधिवेशनलगायत विषयमा पार्टी नेतृत्वलाई सुझाव प्रस्तुतिका लागि कार्यदल गठन गर्दै शुक्रबार सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपामा बिहीबारदेखि जारी भेलामा उठेका विषय समेटी पार्टी केन्द्रीय नेतृत्वलाई सुझाव दिन...
पर्सा,१८ असार–वीरगंजमा शुक्रबार एक पूरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । वीरगंज उपमहानगरपालिका–२१ भवानीपुर बस्ने ४० बर्षीय बीरबहादुर पटेलको झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनलाई भवानीपुर नहर छेउको सिसौको रुखमा पासो लगाई झुण्डिएरको अवस्थामा फेला पारिएको प्रहरीले बताएको छ । घटनाका सम्बन्धमा...
धादिङ, १८ असार– जिल्लाको सल्यानटारमा एक बालिकाको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । सल्यानटार–२ डाडागाउँमा ग १ त २६२७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा शुक्रबार गोरखा बोर्लाङ–७ का रामबहादुर दरैकी ७ वर्षीया छोरी दिपिका दरैको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको...
काठमाण्डु, १८ असार-संविधानसभाका उपाध्यक्ष ओनसरी घर्तीमगरले अब मुलुकले छिट्टै संविधान पाउने बताएकी छन् । नेसनल डेमोक्र्याटिक इन्स्टिच्युट तथा महिला अधिकारकर्मीद्वारा शुक्रबार आयोजित अन्तक्र्रियामा उपाध्यक्ष घर्तीमगरले दलहरुबीच भएका विभिन्न छलफल तथा लामो प्रयासपछि आएको प्रारम्भिक मस्यौदाले संविधान निर्माणको गतिरोधलाई अन्त्य गरेको बताइन् । ...
काठमाण्डु, १८ असार-त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७१ साल मङ्सिररपुस महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष २०७० को संस्कृति विषयको परीक्षाको परीक्षफल शुक्रबार प्रकाशित गरिएको छ । रासस...