समाचार

२५ सय बस्ती सार्न सिफारिस

२०७२ असार १९ गते ११:४८

नुवाकोट, १९ असार – भूकम्पको कारण जोखिममा परेको बस्तीलाई स्थानान्तरणका लागि जिल्ला दैवीप्रकोप उद्धार समितिले गृह मन्त्रालयमा विवरण पठाएको छ । समितिको शुक्रबारको बैठकले गत वैशाख १२ को भूकम्प र भूकम्पका कारण बर्खामा जोखिम बढेको देखिएको बस्तीका दुई हजार पाँच सय घरलाई सुरक्षित स्थानमा...

क्षतिको विवरण सङ्कलन गर्न समिति गठन

२०७२ असार १९ गते ११:४२

इलाम, १९ असार – वर्षापछि भएको क्षतिको विवरण पेस गर्न सडक, जिल्ला प्राविधिक, इलाम नगरपालिका र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्राविधिक सम्मिलित एक अनुगमन तथा मूल्यांकन समिति गठन गरिएको छ । समितिमा जिल्ला प्राविधिक कार्यालयका रामप्रिय यादव, सडकका सुदीपकुमार झा, इलाम नगरपालिकाका मेघनाथ...

कैलालीका एक बालक चार दिनदेखि बेपत्ता

२०७२ असार १९ गते ११:३६

कैलाली, १९ असार – कैलालीको पहलमानपुरका एक बालक चार दिनदेखि बेपत्ता भएका छन् । पहलमानपुर–१ का अमर विकका १२ वर्षीय अर्जुन विक बेपत्ता भएका हुन् । घर नजिकैको बालविकास निमावि विद्यालयमा कक्षा ४ मा पढ्ने अर्जुन विद्यालयको छुट्टीपछि असार १६ गते दिउँसो नजिकैको जंगलमा...

करेन्ट लागेर दुईको मृत्यु

२०७२ असार १९ गते ११:३१

विराटनगर, १९ असार – मोरङ र सुनसरीमा करेन्ट लागेर शुक्रबार बेलुकी दुई जनाको मृत्यु भएको छ । मोरङको डग्राहा–५ बस्ने ३५ वर्षीया इसरादेवी सरदार र सुनसरीको रामधुनी–भासी नगरपालिका–३ बस्ने ६२ वर्षीय गजेन्द्र राईको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । विद्युतीय...

पाँचथर एक हप्तादेखि अन्धकारमय

२०७२ असार १९ गते ११:२७

पाँचथर, १९ असार–पाँचथर जिल्ला एक हप्तादेखि अन्धकारमय बनेको छ । बर्सातको समयमा आएको हावाहुरी तथा पहिरोको कारण इलामको विभिन्न स्थानमा विद्युत्को पोल ढलेपछि जिल्लाका एक दर्जनभन्दा बढी गाविसका स्थानीयवासी अन्धकारमय बनेका हुन् । जिल्लाको सदरमुकाम फिदिम, नाँगिन, यासोक, रानीगाउँ, नाँगी, फाक्तेप, चिलिङदेनलगायत गाविसका स्थानीयवासी...

भूकम्पले क्षति पुर्‍याएको क्षेत्रमा पुन: निर्माण सुरु: उपप्रधानमन्त्री सिंह

२०७२ असार १९ गते ११:२६

काठमाण्डु, १९ असार – उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले भूकम्पले क्षति पुर्‍याएका पुराना संरचना पुन: निर्माणको काम सुरु भएको बताएका छन् । गत वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका परकम्पले क्षति पुर्‍याएको काठमाण्डुको त्रिपुरेश्वरस्थित विश्व निकेतन विद्यालयमा कोरियाको ‘सिन्वा...

सम्पदा पुन: निर्माणका लागि साइकल ऱ्याली

२०७२ असार १९ गते ११:१८

काठमाण्डु, १९ असार – भूकम्पबाट ध्वस्त भएका धार्मिक, सांस्कृतिक सम्पदाको पुनः निर्माणका लागि पहल गर्न तथा सहयोग जुटाउन ‘सम्पदा साइकल ऱ्याली’को आयोजना गरिएको छ । ‘सम्पदा साइकल ऱ्याली’को शनिबार बिहान पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पाले उद्घाटन गरे । मन्त्री शेर्पाले सम्पदा पुनः निर्माण...

जंगलमा हराएका भैंसी खोज्न गएका बालक चार दिनदेखि बेपत्ता

२०७२ असार १९ गते ११:१३

कैलाली, १९ असार– कैलालीको पहलमानपुरका एक बालक चार दिनदेखि बेपत्ता भएका छन् । पहलमानपुर–१ का अमर विकका १२ वर्षीय अर्जुन विक बेपत्ता भएका हुन् । घर नजिकैको बालविकास निमावि विद्यालयमा कक्षा ४ मा पढ्ने अर्जुन विद्यालयको छुट्टीपछि असार १६ गते दिउँसो नजिकैको जंंगलमा गोठाला...

प्राचीन सम्पदाको छिटोछरितो पुनः निर्माण गर्नुपर्छ : आचार्य

२०७२ असार १९ गते ११:०९

काठमाण्डु, १९ असार–काष्ठमण्डप पुनः निर्माण अभियानले त्यस क्षेत्रको निर्माणका लागि शनिबार जनचेतनामूलक पदयात्रा गरेको छ । काष्ठमण्डपबाट सुरु भएको पदयात्रा नयाँ सडक, रत्नपार्क, पुरानो बसपार्क, भद्रकाली, सहिदढोका हुँदै पुनः काष्ठमण्डपमा आएर समापन भएको हो । सो पदयात्राको कानुनमन्त्री नरहरि आचार्यले शुभारम्भ गर्दै भूकम्पले धेरै...

वर्षापछि भएको क्षति विवरण सङ्कलन गर्न समिति गठन

२०७२ असार १९ गते ९:४४

इलाम, १९ असार – वर्षापछि भएको क्षतिको विवरण पेस गर्न सडक, जिल्ला प्राविधिक, इलाम नगरपालिका र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्राविधिक सम्मिलित एक अनुगमन तथा मूल्याङ्कन समिति गठन गरिएको छ । समितिमा जिल्ला प्राविधिक कार्यालयका रामप्रिय यादव, सडकका सुदीपकुमार झा, इलाम नगरपालिकाका मेघनाथ...

छ दिन अध्यारो हुने हावादारी समाचारले आमपाठकलाई बनाउँदैछ मूर्ख

२०७२ असार १९ गते ८:४७

काठमाण्डु, १९ असार– अमेरिकी अन्तरिक्ष केन्द्र (नासा)को हवला दिँदै पृथ्वीमा छ दिन अध्याँरो हुने हावादारी खबरले सोझा पाठकहरुमा भ्रम सिर्जना गरिदिएकोछ । सूर्यमा ठूलो सौर्य आँधी आउने र त्यसले डिसेम्बर महिनाको १६ देखि २२ तारिखसम्म पृथ्वीमा पुरै अध्यारो हुने हल्ला फिँजाइएको छ । यो...

चितवनको भूकम्प प्रभावित चेपाङ विद्यालयलाई शुभेच्छा बैंकको पाँच लाख सहयोग

२०७२ असार १९ गते ८:३२

चितवन, १९ असार – नारायणगढको पुल्चोकमा मुख्य कार्यालय रहेको शुभेच्छा विकास बैंकले भूकम्पबाट प्रभावित अन्त्योदय जनजाति आवासीय विद्यालय खैरहनीको भौतिक पुनर्निर्माणका लागि रु पाँच लाख प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत दक्षप्रसाद श्रेष्ठले शुक्रबार एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर बोगटीलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us