समाचार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

२०७२ असार १९ गते १७:४८

दाङ १९ असार–मोटरसाईकल दुर्घटनामा परी दाङमा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घोराही ११ का २५ वर्षीय केशव चौधरीको घनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घोराहीबाट लमही जाँदै गरेको रा२प ७६६३ नं को मोटरसाइकल लमही १० बेल्दमारमा दुर्घटना...

एमाओवादी भट्टराई समूहको राजधानीमा समानान्तर भेला, प्रचण्ड ‘बाबुसाहेब’ र ‘मुखिया’ बन्न खोजेको आरोप

२०७२ असार १९ गते १६:५५

काठमाण्डु, १९ असार– एकीकृत माओवादीको बाबुराम भट्टराई पक्षले राजधानीमा शनिबार समानान्तर भेला आयोजना गरेको छ । भट्टराई पक्षले थापागाउँस्थित बानेश्वर बैंक्वेटमा आफू पक्षधर अगुवा कार्यकर्ता भेला गरेको हो । भेलालाई नेता भट्टराई र टोपबहादुर रायमाझीले सम्बोधन गरेका थिए । भेलामा उपत्यकाका तीनवटै जिल्लाका भट्टराई...

मोदी पनि प्रचण्डजस्तै दुई जिब्रे रहेछन् : वैद्य

२०७२ असार १९ गते १६:५१

काठमाण्डु, १९ असार–नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि प्रचण्डजस्तै दुई जिब्रे भएको बताएका छन् । शनिबार नेवाः राज्यको कार्यालय कुपन्डोलमा भएको उपत्यका ब्युरोको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष वैद्यले मोदीले नेपालका एकथरी नेताहरुलाई संविधान लेख्न लगाउने र अर्काथरीलाई विरोध गर्न लगाएर आफ्नो...

अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइयो

२०७२ असार १९ गते १६:३९

ललितपुर, १९ असार-राष्ट्रिय सहकारी सङ्घ लिमिटेडको आयोजनामा शनिबार भव्यताका साथ ९३ औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको छ ।   सो दिवससँगै २१ औं संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय सहकारी दिवस एवम् २२ औं राष्ट्रिय सहकारी सङ्घ दिवस समेत सङ्घले मनाएको हो ।   उक्त अवसरमा...

परराष्ट्रमन्त्रीले भने,‘लिपुलेकमा दह्रो गोडा टेकी कूटनीतिक प्रयास सुरु गरेका छौ’

२०७२ असार १९ गते १६:१७

कठमाण्डु, १९ असार-परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सरकारले लिपुलेकका विषयमा दह्रो गोडा टेकी कूटनीतिक प्रयासबाट समस्या समाधान गर्न लागिपरेको बताएका छन् ।   काठमाण्डुको उत्तरपूर्वी भेगस्थित भद्रवासको सहिद आदर्श क्याम्पस र आदर्श उमाविले शनिबार आयोजना गरेको प्रवेशिका उत्तीर्ण विद्यार्थीका लागि आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री...

राजधानीमा प्रहरी र ‘डन’ समूहबीच झडप, गोली चल्यो

२०७२ असार १९ गते १६:१२

काठमाण्डु, १९ असार– काठमाण्डुको सुन्धारामा प्रहरी र गुण्डा समूहबीच दोहोरो भिडन्त भएको छ । सिन्धुपाल्चोक कारागारबाट फरार ‘सन्की’ भनिने रावणजीत तामाङको समूह र प्रहरीबीच शुक्रबार राति झडप भएको हो । तामाङ सुनधारामा रहेको बेबिलोन डिस्कोमा रहेको गोप्य सूचनाका आधारमा उनलाई पक्रन गएको प्रहरी टोलीमाथि...

संविधानसभा बैठकको अवरोध हट्यो

२०७२ असार १९ गते १५:३९

काठमाण्डु, १९ असार-राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभाको बैठकलाई अवरोध नगर्ने र संविधान लेखनलाई सहयोग गर्ने भएको छ ।   प्रधानमन्त्री सुशील कोइराला, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम र राप्रपा नेपालका अध्यक्ष कमल थापाका बीचमा...

विस्थापित भूकम्पपीडितको यो बिजोग !

२०७२ असार १९ गते १५:३३

धादिङ, १९ असार-उत्तरको अति विकट स्थानबाट विस्थापित भएर सदरमुकाम आसपासमा बस्दै आएका मानिस बिरामी पर्न थालेका छन् ।   भूकम्पका कारण घर भत्किएको र त्रिपालमा समेत गाउँमै बस्दा पहिरोले पुर्ने सम्भावना भएपछि उनीहरु विस्थापित भएर सदरमुकाम नजिकै अस्थायी टहरा बनाएर बस्दै आएका हुन् ।...

संरक्षण क्षेत्र घोषणा गर्नु अन्तर्राष्ट्रिय मापदण्ड विपरीतः वन अधिकारकर्मी

२०७२ असार १९ गते १५:२७

काठमाण्डु, १९ असार– सरकारले अन्तर्राष्ट्रिय मापदण्ड बिपरीत पर्सा वन्यजन्तु आरक्ष बिस्तार गरेको भन्दै अधिकारकर्मीहरुले बिरोध जनाएका छन् । सरकारले यसअघि नै अन्तर्राष्ट्रिय मापदण्ड र सहमति भन्दा बढी क्षेत्रफल संरक्षित गरेकाले मध्यवर्ती र संरक्षण क्षेत्र आसपासका नागरिकको जीविकोपार्जनको साधानमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् ।...

ओलीले भने, ‘एमाले ‘थिङ्क ट्याङ्कहरु’को सङ्गठन हो’

२०७२ असार १९ गते १५:२६

काठमाण्डु, १९ असार-नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टी ‘थिङ्क ट्याङ्कहरु’को सङ्गठन भएको बताएका छन् ।   पार्टी केन्द्रीय कार्यालय बल्खुमा शनिबार आयोजित कार्यक्रममा भूकम्पपीडितको राहतका लागि नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का सदस्यबाट सङ्कलन गरिएको रकमको चेक ग्रहण गर्दै उनले सो कुरा बताएका...

अमरेश विरुद्ध खनिए कांग्रेस सभासदहरु

२०७२ असार १९ गते १५:०२

काठमाण्डु, १९ असार– पार्टीको नीति विपरीत काम गरेको भन्दै नेपाली कांग्रेसका सभासद डा. अमरेशकुमार सिंह पछिल्लो समय पार्टीमा आलोचित बन्दै गएका छन् । दलहरुबीच भएको १६ बुँदे सहमतिको बिरोध गरीरहेका मधेसवादी दलहरुसँग शुक्रबार भारतीय दुतावास गएको भन्दै नेपाली कांग्रेसका सभासद डा. अमरेशकुमार सिंहको चर्को...

लाङटाङ हिमपहिरोमा विदेशीको शव फेला

२०७२ असार १९ गते १४:५२

रसुवा, १९ असार– भूकम्पपछि हराइरहेकामध्ये एक विदेशीको शव शुक्रबार लाङटाङ हिमपहिरो क्षेत्रमा फेला परेको छ ।   सो शव फ्रान्सेलीको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार सो शव नजिकै १४ डिआई १७७४१ नंको राहदानी फेला परेको र सो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us