भक्तपुर, १८ असार–बजार मुल्यभन्दा बढीमा जस्तापाता बिक्री गर्ने सुर्यविनायक नगरपालिका–१ सल्लाघारीमा कवाडी पसल सञ्चालक ४५ वर्षीय टुनटुन चौधरी र कामदार २२ वर्षीय अवदेश कुमारलाई प्रहरीले पक्राउ गरेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट खटिएको टोली र प्रहरी टोलीले बिहीबार अनुगमन गर्दा एक बण्डल जस्ताको...
वीरगन्ज, १८ असार – वीरगन्ज–पथलैया सडकखण्डअन्तर्गत बाराको गढीमाई नगरपालिकाको वडा नं ९ मा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार काठमाडौँबाट वीरगन्जतर्फ आइरहेको ना ५ ख ३०९९ नम्बरको यात्रुबाहक बसले...
नवलपरासी, १८ असार – नवलपरासीको रतनपुरमा रहेका शंगदेव निमाविका विद्यार्थी अचानक बिरामी परेका छन् । बाल ज्योति माविमा भएको रतनपुर गाविसलाई पूर्ण साक्षर गाविस घोषणा सभामा सहभागी भएका विद्यार्थीमा अचानक बेहोस हुने, छाती दुख्ने, पेट दुख्ने समस्या देखिएको हो । कार्यक्रमबाट फर्कंदै गर्दा त्यस्तो...
मोरङ, १८ असार – पूर्वाञ्चललाई लक्षित गरेर सेवा सुविधा उपलब्ध गराउन विराटनगरमा खोलिएको कम्पनी रजिस्टारको शाखा कार्यालयमा कर्मचारी नभएपछि बन्द गरिएको छ । विराटनगरको पिचरामा एउटा कोठा भाडामा लिएर खोलिएको कार्यालय काम नै नगरी बन्द गरिएको छ । उद्योग मन्त्री महेश बस्नेतले गत कात्तिक...
काठमाण्डु, १८ असार – नयाँ बन्ने संविधानको मस्यौदामा ‘प्रत्येक नागरिकलाई आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क शिक्षा तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षा पाउने हक हुने’ व्यवस्था गरिनुले शिक्षाकर्मी उत्साहित भएपनि ‘अनिवार्य र निःशुल्क शिक्षा’ को जिम्मेवारी केन्द्र वा प्रान्त भन्ने कस्को भन्ने पनि स्पष्ट...
ललितपुर, १८ असार – ललितपुर उपमहानगरपालिका–२ सानेपामा निजी जग्गामा आफैँ उम्रिएका गाँजा तथा भाङका विरुवा प्रहरी तथा स्थानीय बासिन्दाले नष्ट गरेका छन् । महानगरीय प्रहरी प्रभाग बल्खुको सक्रियतामा प्रभागका सुरक्षाकर्मी तथा स्थानीय बासिन्दा मिलेर करिब दुई रोपनी जग्गामा उम्रिएका गाँजा तथा भाङका विरुवा नष्ट...
काठमाण्डु, १८ असार– चीनका वैज्ञानिकहरुले जनावर तथा चराहरुको व्यवहारबाट भूकम्पको पूर्वानुमान गर्न सकिन्छ वा सकिँदैन भन्ने तथ्य पत्ता लगाउने भएका छन् । चीनको पूर्वी प्रान्त जियाङसुको प्रमुख सहर नानजिङका भूकम्पविदले त्यस्तो प्रयास थालेका हुन् । वैज्ञानिक र भूकम्पविदको टोलीले त्यस क्षेत्रका विभिन्न सातवटा चिडिया...
काठमाण्डु, १८ असार– वैदेशिक रोजगार व्यवसायी संघको २३ औं साधारणसभाबाट अध्यक्षमा विमल ढकाल चयन भएका छन् । शुक्रबार सम्पन्न मतगणनामा २३७ मत ल्याएर काँग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट ढकाल निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले निकट प्रगतिशील वैदेशिक रोजगार...
गौशाला, १८ असार – अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौँडाका सम्पर्क कार्यालय बर्दिबास, महोत्तरीले बिहीबार साँझ जिल्ला शिक्षा कार्यालयको २३ वटा जिल्लान्तर सरुवाका फाइल नियन्त्रणमा लिएको छ । जिल्ला शिक्षा अधिकारी अरविन्दलाल कर्णले जिलान्तर सरुवामा व्यापक आर्थिक अनियमितता एवम् चलखेल गरेको आरोपमा...
उदयपुर, १८ असार – उदयपुरको कटारी नगरपालिका क्षेत्रभित्र लामो समयदेखि अतिक्रमित हुँदै आएको सार्वजनिक जग्गालाई नगरपालिकाले हस्तक्षप गरेर आफ्नो मातहतमा ल्याउने अभियान सुरु गरेको छ । नगरपालिकाभित्र अतिक्रमित भएका झण्डै २०० बिघा सार्वजनिक जग्गामध्ये अहिले १८ दिनभित्र ७६ बिघा जग्गामा सीमाङ्कन गरेर नगरपालिकाको मातहातमा...
इनरुवा, १८ असार – सुनसरीको सदरमुकाम इनरुवामा बिहीबारबाट विज्ञान मेला सुरु भएको छ । स्थानीय भगवती मावि इनरुवाको आयोजना र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को सहयोगमा तीन दिने विज्ञान मेला सुरु भएको हो । मेलामा विभिन्न विद्यालयका बालबालिका र विज्ञान शिक्षकहरुको सहभागिता रहेको...
चितवन, १८ असार – पश्चिम चितवनको नारायणी नगरपालिका–१० मा विषालु च्याउ खाँदा एकै परिवारका तीनजना बिरामी भएका छन् । हिजो साँझ जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बिरामी पर्नेमा नारायणी नगरपालिका १० का ३६...