गोरखा, ४ साउन – जिल्ला अस्पताल गोरखाको शव गृहभित्र राखिएको बेवारिसे शवले गर्दा अस्पताल क्षेत्र वरपर दुर्गन्ध फैलिएको छ । तीन दिनदेखि शव गृहभित्र रहेको शव कुहिएर गन्हाएपछि आइतबार अस्पताल क्षेत्र दुर्गन्धित भएको हो । बेवारिसे शव प्रहरीले शव गृहभित्र राखेको थियो । “अस्पताल प्रशासनलाई...
काठमाण्डु, ४ साउन– नयाँ संविधानको मस्यौदामा जनताको सुझाव संकलन गर्न गृहजिल्ला पुगेका एमाले नेता माधवकुमार नेपाललाई नेपाल सद्भावना पार्टीका कार्यकर्ताले कुर्सी प्रहार गरेका छन् । रौतहटको क्षेत्र नम्बर १ गौरस्थित नगरपालिकाको सभाहलमा आयोजित सुझाव संकलनमा मस्यौदाको विरुद्धमा रहेको नेपाल सद्भावना पार्टीलाई प्रहरीले सभाहलभित्र प्रवेश...
संविधानसभा सचिवालयका अनुसार हालसम्म आठ हजार बढी सुझाव प्राप्त भएको छ । इमेलमार्फत दुई हजार ५०० सुझाव प्राप्त भएको छ भने सुझाव सङ्कलनका लागि सचिवालयले स्थापना गरेको टोल फ्रि नम्बरमा एक हजार ६०० सुझाव प्राप्त भएको छ । यस्तै फ्याक्सबाट २५० र सचिवालयमै आएर...
काठमाण्डु, ४ साउन – काठमाडौँ उपत्यकामा प्लास्टिक झोला निषेध गर्ने सरकारको निर्णयलाई साउनबाट कडाइका साथ लागू गर्न सुरु गरिएको विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले जनाएको छ । वैशाख १ गतेदेखि उपत्यकामा प्लास्टिक झोला निषेध गरी उत्पादन र बिक्री वितरण गर्नेलाई अनुगमन गरेर कारबाही गर्ने...
बारा, ३ साउन– बाराको महागढीमाई नगरपालिका–८ स्थित बरियापुरमा भएको जग्गा विवादमा आइतबार गोली चलेको छ । सदभावना पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं पूर्वसभासद् शिवचन्द्र कुशवाह र एकीकृत माओवादी नेता रामबाबु यादव समूहबीच ऐलानी जग्गाका विषयमा विवाद चर्कंदै जाँदा गोली चलेको हो । गोली लागेर यादव...
काठमाण्डु, ३ साउन– भारत भ्रमणमा रहेका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई त्यहाँ उच्च सुरक्षा व्यवस्था मिलाइएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनलाई भारत सरकारले उच्च सुरक्षा व्यवस्था मिलाएको हो । आइतबार भारतको गुजरातमा भूकम्पछिको पुनर्निर्माण अवस्था बुझ्न गएका उनको सुरक्षामा व्यापक कडाइ गरियो...
काठमाण्डु, ३ साउन– आयरल्याण्डमा जारी टी–२० मा खराब प्रदर्शन गरेपछि नेपालले आइसिसिले दिएको टी–२० बरियता गुमाउने भएको छ । नेपालले ६ खेलमा ४ मा हार १ मा जित र १ मा बराबरी अंक बाँडेको थियो । नेपालले पहिला ब्याटिङ गरेको चार खेलमा ११० रन...
काठमाण्डु, ३ साउन– नेपाली सेनाले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट बाहिरै राख्न सुझाव दिएको छ । संविधानको मस्यौदामाथि सुझाव दिने क्रममा सेनाले आफूभित्रको भ्रष्टाचार मुद्धा अख्तियारमा लैजान व्यवस्था नगर्न माग गरेको हो । प्रधानसेनापति गौरवशम्शेर राणाले आइतबार राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री सुशील...
कलैया, ३ साउन-करेन्ट लागेर बारा महागढीमाई नगरपालिका–८ मा आइतबार एक युवकको मृत्यु भएको छ । वीरयापुर बस्ने २४ वर्षीय असलम मीया नेटुवाको दिउँसो अचानक करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लले जानकारी दिए । सोही स्थान बस्ने रामबाबु साहको...
पर्वत, ३ साउन– सर्वसाधारणले नयाँ बन्ने संविधानमा सांसद, मन्त्री र प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मको शैक्षिक योग्यता निर्धारण गर्न माग गरेका छन् । संविधानको मस्यौदामा सुझाव संकलनका लागि आएका सभासदहरुलाई उनीहरुले त्यस्तो व्यवस्था गर्न सुझाएका हुन् । सर्वसाधारणसँग पियनको जागिरका लागिसमेत शैक्षिक योग्यता खोजिने तर राजनीतिमार्फत उच्च...
तनहुँ, ३ साउन– अवैध गर्भबाट जन्मीएको बच्चालाई मार्ने थप्रेक–८ घर भई श्याम्घा–२ चनौटे मियागाउँ स्थित माइतीघरमा बस्ने १८ बर्षीया नजिरन मियालाई प्रहरीले पक्राउ गरेको छ । मियाले शुक्रबार माइतीघर नजिकै गोठमो नवजात शिसु जन्माई मारेर सोही स्थानमा खाडल खनी गाडेको खबर प्राप्त हुनासाथ आइतबार...
बागलुङ, ३ साउन- जलेर गम्भीर घाइते भएकी यहाँकी एक महिलाको उपचारको क्रममा काठमाण्डुमा निधन भएको छ । बागलुङ नगरपालिका–१ की नानु थापाको उपचारका क्रममा काठमाण्डुको ग्लोवल अस्पतालमा गएराति निधन भएको हो । गत जेठ २३ शरिरमा आगो लागेकी थापाको बागलुङ र पोखरामा उपचार...