समाचार

रुखबाट भयो पानीको वर्षा !

२०७२ साउन ३ गते १६:२६

रुपन्देही, ३ साउन-लुम्बिनीस्थित मनाङ मन्दिरको छेउ नजिक रहेको एक रुखबाट लगातार रुपमा पानी झरिरहेको छ ।   स्थानीय भाषामा फडेल भनिने उक्त रुखबाट विगत आठ दिनदेखि निरन्तर रुपमा पानी वर्षा झैँ झरिरहेको एक प्रत्यक्षदर्शीले जानकारी दिए ।   निरन्तर पानी झरेको देखेपछि स्थानीय जनता...

पुनर्निर्माणका लागि ‘गुजरात मोडल’ सिक्दै प्रचण्ड

२०७२ साउन ३ गते १६:०५

काठमाण्डु, ३ साउन–एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणका क्रममा आइतबार गुजरात पुगेका छन् । प्रचण्डले गुजरातको भुज क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माणको अवस्था बारेमा जानकारी लिन त्यहाँ पुगेका हुन् । उनले भुजको भीमासार, आरटिओ, जिके जनरल हस्पिटल, पुरानो बजार क्षेत्रमा भएका पुनर्निर्माणसम्बन्धी अवलोकन गर्नुका साथै...

राष्ट्रिय जनावर गाईको सट्टा गैंडा राख्न सुझाब !

२०७२ साउन ३ गते १५:५४

इलाम, ३ साउन-जितपुर–९ का गङ्गाबहादुर मगरले नयाँ बन्ने संविधानले आधारभूत तहदेखि स्नातकतहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने सुझाव दिएका छन् ।   पहिले आधारभूत तहसम्म मात्रै निःशुल्क थियो, अब स्नातकतहसम्मै निःशुल्क बनाई सबै नेपालीलाई शिक्षित बनाउनुपर्छ, भन्दै मगरले गाविसमा सुझाव दिएका हुन् ।   उनको अर्को...

मासु बिक्री बन्द गरेर कुखुरा व्यवसायी आन्दोलनमा

२०७२ साउन ३ गते १५:३२

भीमदत्तनगर, ३ साउन-नगरपालिकाले बजारमा कुखुराको मासु बिक्री गर्ने व्यापारीबाट प्रतिकिलो मासुमा पाँच रुपैयाँ कर उठाउन थालेपछि कुखुरा उत्पादन गरी मासु बिक्री गरिरहेका झलारी बजारका कुखुरा व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।   व्यवसायीको आन्दोलनसँगै कञ्चनपुरको झलारीबजारमा कुखुराको मासु पाइन छाडेको छ । यसबाट बढी मार...

बिदामा पनि राहदानी वितरण हुने

२०७२ साउन ३ गते १५:२२

काठमाण्डु, ३ साउन-राहदानी विभागले बिदाका दिन पनि राहदानी वितरण गर्ने भएको छ ।   राहदानीका लागि आवेदन गरेकाहरूलाई समयमै राहदानी पाउन नसक्दा पर्न सक्ने कठिनाइलाई दृष्टिगत गरी विभागले बिदाका दिन पनि राहदानी वितरण गर्ने निर्णय गरेको हो ।   परराष्ट्र मन्त्रालयअन्तर्गतको विभागले आइतबार एक...

संविधान जारी गरेपछि सिमांकन

२०७२ साउन ३ गते १५:१४

झापा, ३ साउन– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले १६ बुँदे सहमतिको आधारमा सीमांकन र नामांकनसहितको संघीयता तत्काल सम्भव नभएको बताएका छन् । प्रेस चौतारी झापाले आइतबार झापाको बिर्तामोडमा गरेको साक्षात्कारमा वरिष्ठ नेता खनालले महत्वपूर्ण विषय भएपनि प्राविधिक र झण्झटिलो भएकाले संघीयताको पछि टुंगो...

त्रिसट्ठी सुकुम्बासी परिवार विस्थापित

२०७२ साउन ३ गते १४:४३

पर्वत, ३ साउन-भूकम्पका कारण चिरा परेको पहाड खसेर पहिरो जाँदा पर्वतको पाङस्थित मालढुङ्गाको सुकुम्बासी बस्ती जोखिममा परेको छ ।   पर्वतको कुस्मा नगरपालिका वडा नं १ नुवारको डिलबाट बिहान ९ बजे झरेको पहिरो बस्तीमा पसेपछि मालढुङ्गामा बस्दै आएका सुकुम्बासीको बस्ती जोखिममा परेको हो ।...

विकास र स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख नै हुनुपर्छ : भट्टराई

२०७२ साउन ३ गते १४:४०

काठमाण्डु, ३ साउन–एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले देशको विकास र राजनीतिक स्थिरतकालागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने बताएका छन् । आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै वरिष्ठ नेता भट्टराईले प्रधानमन्त्री वा राष्ट्रपति जो भए पनि प्रत्यक्ष निर्वाचित हुनु पर्ने बताएका छन् । उनले प्रत्यक्ष...

गाउँ नपु¥याई सदरमुकाम मै बाँडियो संविधानको मस्यौदा

२०७२ साउन ३ गते १४:२७

डोल्पा, ३ साउन-नयाँ संविधान निर्माणका लागि जनताको सुझाव सङ्कलनका लागि प्रत्येक जिल्लामा मस्यौदा पठाइएको भएपनि गत असार २८ गते डोल्पा सदरमुकाम दुनैमा पुगेको मस्यौदा एकप्रति पनि यस गाउँमा पुगेको छैन ।   त्रिपुराकोटका स्थानीयवासी टीकादत्त न्यौपानेका अनुसार सचिवले गाउँमा नआई सदरमुकाममै मस्यौदा बाँडेको हुन्...

पोहोरको बाढीले छोरो बगायो, अहिले परिवारकै ठेगान छैन !

२०७२ साउन ३ गते १४:०५

कैलाली, ३ साउन-‘पोहरको बाढीले छोरो लग्यो, यसपालि के लग्ने हो रु’ नाङ्लामा चामल केलाउँदै गरेकी कैलालीको पहलमानपुर, कान्द्रा नदी किनार बस्तीकी ४५ वर्षीया हिरा थापाको अनुहारमा एकाएक पीडा झल्कियो ।   पहलमानपुरको कान्द्रा नदीको किनारमा नौरदशवटा झुपडी छन् । त्यो सुकुम्वासी बस्ती हो ।...

वैदेशिक लगानी खेर जान दिन्नः कोइराला

२०७२ साउन ३ गते १३:५२

काठमाण्डु, ३ साउन – प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा आएका लगानीकर्ताहरु विकर्षित हुने अवस्था उत्पन्न हुन दिन नहुने बताएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटार मा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम प्रदान गर्न पुगेको विभिन्न संघ संस्थाका पदाधिकारीसँग कोइरालाले नेपालको पुननिर्माण र विकासका...

फौजदारी मुद्दाका फरार अभियुक्त नै बैंकका महाप्रबन्धक !

२०७२ साउन ३ गते १३:२६

काठमाण्डु, ३ साउन– बैंकिङ कसुरजस्तो गम्भीर प्रकृतिको फौजदारी मुद्दा लागेका कर्मचारी शिवजी राय यादव अझै पनि सरकारी स्वामित्वको बैंक एनआडिसी बैंकमा कार्यरत रहेका छन् । एनआइडिसी बैंकमा गैरकानुनी ढंगबाट कार्यकारी प्रमुख अर्थात् महाप्रबन्धक बनेका यादवलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us