समाचार

काठमाण्डुका सबै क्षेत्रमा सुझाव संकलनको स्थान तय

२०७२ साउन ३ गते १३:१६

काठमाण्डु, ३ साउन– संविधानको मस्यौदामाथि सुझाव संकलन गर्नकै लागि काठमाण्डुका दसै वटा निर्वाचन क्षेत्रमा स्थान तय गरिसकिएको छ । संविधानसभा सचिवालयका अनुसार निर्वाचन क्षेत्र नं १ का जनताले दशरथ रंगशाला, विजयस्मारक स्कूल, बानेश्वर व्यांकेट र भिएस निकेतन स्कूलमा गएर आफ्नो सुझाव दिन सक्नेछन् ।...

सामुदायिक सम्पतिको अधिकार संविधानमा व्यवस्था गर्न माग

२०७२ साउन ३ गते १२:५४

दाङ, ३ साउन– सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ दाङले नयाँ संविधानका लागि सुझाव पेश गरेको छ । नयाँ बन्ने संविधानमा जनताका सुझाव संकलनका लागि दाङ आएको सभासदहरुको टोलीलाई वन महासंघले ९ बुँदे सुझाव बुझाएको हो । महासंघका तर्फबाट बुझाइएको सुझावमा भूस्वामित्वसहितको सामुदायिक...

पूर्व प्रधानमन्त्रीकै गाउँको यो बिजोग !

२०७२ साउन ३ गते १२:५२

भीमदत्तनगर, ३ साउन-दुई दशकअघि जिल्लाकै नमुना गाउँ विकास समिति घोषणा भएको बैतडीको वासुलिङ्ग गाविसमा न्यूनतम सेवा सुविधा नहुँदा नमुना गाविसको घोषणा कागजमै सीमित बनेको छ ।   घोषणाको कार्यान्वयन दिगो र व्यावहारिक नहुँदा नमुना घोषणाको कुरा कागजमा मात्रै सीमित बनेको हो । दुई दशकअघि...

कहाँ गए होलान यी युवक ?

२०७२ साउन ३ गते १२:४७

सप्तरी, ३ साउन-विगत १६ दिनदेखि सप्तरीको विषहरियाँ गाविसका एक युवक बेपत्ता भएका छन् ।   बेपत्ता हुनेमा जिल्लाको विषहरियाँ गाविस–३ निवासी गजेन्द्रप्रसाद यादवको २० वर्षीय छोरा रमेशकुमार यादव रहेको प्रहरीले जनाएको छ । गत असार २१ गतेदेखि बेपता रहेको रमेशले कालो भेस्ट र नीलो...

मधेसी जनताको वंश र अंशमाथि प्रहार भएको छ : झा

२०७२ साउन ३ गते १२:२५

रौतहट ३ साउन– नेपाल सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झाले सत्ताधारी दलले मधेसी जनताको वंश र अंशमाथि प्रहार गरेको बताएका छन् । रौतहटको सदरमुकाम गौरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष झाले भने, ‘मधेशका जनताले जसलाई आफ्नो मत दिए त्यसैले नै आज अधिकारबाट बन्चित गर्ने षड्यन्त्र गरिरहेक...

अग्रगामी संविधान बन्छः सभासदहरु

२०७२ साउन ३ गते १२:१५

दाङ, ३ साउन– अब बन्ने संविधान अग्रगामी र जनमुखी बन्ने दाङका सभासदहरुले दावी गरेका छन् । आइतबार रिपोटर्स क्लव नेपाल दाङले गरेको कार्यक्रममा सबै दलको साझा सहमतिमा बन्ने संविधान दिगो बन्ने बताएका हुन् । कार्यक्रममा सभासद तथा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नयाँ संविधान अहिले...

मस्यौदामा पर्याप्त सुझाव दिन ओलीको आग्रह

२०७२ साउन ३ गते ११:५५

काठमाण्डु, ३ साउन– नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधानको मस्यौदा लिएर आफ्नो क्षेत्रमा आएका सभासदहरुलाई नयाँ बन्ने संविधानमा आफूलाई लागेका सुझाव दिन सर्वसाधारणलाई अपीले गरेका छन् । अध्यक्ष ओलीले आइतबार विज्ञप्ती जारी गरेर विगतमा संविधानसभाले संविधान जारी गर्न नसकेर लामो समय रहेको राजनीतिक अस्थिरताको...

मुक्त कमैयाका बालबालिका बीचमै विद्यालय छाड्न बाध्य

२०७२ साउन ३ गते ११:४४

कञ्चनपुर, ३ साउन– आर्थिक अभावले गर्दा कञ्चनपुरको नौखरी मुक्त कमैया बस्तीका अधिकांश बालबालिका बीचमै विद्यालय छाड्न बाध्य भएका छन् । बालबालिकालाई विद्यालय पठाउनका लागि आवश्यक पोशाक र शैक्षिक सामग्रीको व्यवस्था गर्न नसक्दा यहाँका २० प्रतिशत बढी विद्यालय भर्ना हुने बालबालिकाले बीचमै विद्यालय छाड्ने गरेका...

२ जनाले गरे आत्महत्या

२०७२ साउन ३ गते ११:२६

जुम्ला, ३ साउन – गएराति सदरमुकाम नजिकको झोलुंगे पुलबाट हाम फालेर २५ वर्षीय एक युवकले आत्महत्या गरेका छन् । हत्या गर्ने युवक चन्दननाथ– १५ बोहोरागाउँ निवासी २७ वर्षीय वसन्त रावल हुन् । रावलले झोलुंगे पुलको बीचबाट हाम्फालेको प्रत्यक्षदर्शीले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।...

काठमाण्डु इन्जिनियरिङ कलेजमा योग क्लब

२०७२ साउन ३ गते ११:०९

काठमाण्डु, ३ असार – कालीमाटीस्थित काठमाण्डु इन्जिनियरिङ कलेजले विद्यार्थी तथा कर्मचारीका लागि कलेजमा योग क्लब स्थापना गरेको छ । मदन न्यौपानेको संयोजकत्वमा १३ सदस्यीय क्लबको पदाधिकारीसमेत चयन गरिएको छ । सदस्यमा नवीन पोखरेल, सुमन शर्मा, शरदचन्द्र जोशी, निश्चल गुरुवाचार्य, श्वेता श्रेष्ठ, शंकर पराजुली, सरस्वती...

टहरा हस्तान्तरण

२०७२ साउन ३ गते १०:४१

सिन्धुपाल्चोक, ३ साउन – सिन्धुपाल्चोक जिल्लाको दुवाचौर गाविस–१, २ मा तिलगंगा आँखा प्रतिष्ठानले एक सय ६५ अस्थायी टहरा निर्माण गरिदिएको छ । प्रतिष्ठानका मेडिकल कोअर्डिनेटर नवीनकुमार राई, प्रशासक भगीरथ बानियाँ र शैक्षिक विभाग प्रमुख डा. गोविन्द पोखरेलले शनिबार स्थानीयवासीलाई सौर्यबत्ती प्रदान गर्दै अस्थायी भवन...

चार लाखभन्दा बढीका चित्र–मूर्ति बिक्री

२०७२ साउन ३ गते १०:३६

काठमाण्डु, ३ साउन – ललितकलाकर्मीहरुको हातेमालो अभियान, २०७२ को आयोजनामा नेपाल कला परिषदमा चलिरहेको चित्रकला तथा मूर्तिकला प्रदर्शनीमा शनिबारसम्म चार लाख एक हजार रुपैयाँका कला सिर्जना बिक्री भएका छन् । नेपाली कलाको संरक्षण तथा पुनःनिर्माणको आह्वान गर्दै ‘लौ अब सुरु गरौँ’ शीर्षकको प्रदर्शनी यही...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us