काठमाण्डु, २ साउन– संविधानको प्राम्भिक मस्यौदामाथी ललितपुर जिल्लाका विभिन्न ७ स्थानबाट सर्वसाधारणको सुझाव संकलन गरिने भएको छ । मस्यौदामाथीको सुझाव संकलन उपसमितिका अनुसार अनुसार निर्वाचन क्षेत्र नम्वर १ का लागी आगामी ४ गते गोदावरी नगरपालिको टौखेल पार्टी प्यालेसमा बिहान ८ बजे र चापागाँउ फुलवारी...
रौतहट,२ साउन-लक्ष्मीपुर दोस्तीया गाविस– ५मा जग्गाको विषयमा गए राति दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गरुडाका अनुसार उक्त झडपमा परी सख्त घाइते भएका लक्ष्मीपुर दोस्तीया गाविस– ५ बस्ने ४५ वर्षीया सुखल मन्सुरीको उपचारका क्रममा मृत्यु भएको...
काठमाण्डु, २ साउन-शिक्षामन्त्री चित्रलेखा यादवले शिक्षामा सबैको समान पहुँच स्थापित गर्नु सबैको साझा दायित्व भएको बताएकी छन् । नेपाली होटल व्यवसायी सङ्घले शनिबार आयोजना गरेको अक्षय कोष स्थापनासभालाई सम्बोधन गर्दै उनले सबैका लागि शिक्षा गुणस्तरीय हुनुपर्नेमा जोड दिए । सङ्घले २०७१ सालको...
दमौली, २ साउन-भानु जन्मस्थल विकास समिति चुँदी रम्घा, तनहुँले भानुभक्तको जन्मस्थल चुँदी रम्घास्थित शिखरकटेरीमा ‘रामायण घर’ बनाउने भएको छ । समितिका अध्यक्ष विष्णुहरि पाण्डेले सरकारको ३५ लाखको लागतमा रामायण घर निर्माण गर्न लागिएको बताए । घर निर्माणका लागि टेन्डर आह्वान गरी ठेक्कापट्टाको सम्झौतासमेत...
काठमाण्डु, २ साउन– नेपाली कांग्रेस केन्द्रिय समितिले क्रियाशील सदस्यताका विषयमा रहेको विवाद अझै समाधान हुन सकेको छैन । केन्द्रिय समितिले गठन गरेको विवाद समाधान समितिलाई पछिल्लो पटक १५ असार सम्मको समय दिएपनि अहिलेसम्म विवाद कायमै छ । पार्टी केन्द्रिय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित...
धादिङ, २ साउन-काखमा दुई महिनाको नानी, घर छाडेर हिँड्नु पर्दाको पीडा तर आफू बाँच्ने मात्र होइन काखको बच्चा बचाउनुपर्ने बाध्यताले गर्दा सदरमुकाम आइपुगेकी उत्तरी झर्लाङ गाविस वडा नं ८ की २७ वर्षीया कान्छी तामाङको जीवन कठिन बन्दै गएको छ । सदरमुकामबाट दुई दिन...
भीमदत्तनगर, २ साउन-दार्चुलाको सुन्सेरा गाविसको तुसरपानीमा वन्यजन्तुका अङ्गसहित पक्राउ परेका चारजनालाई अपीनाम्पा संरक्षण क्षेत्र कार्यालयले सजाय सुनाएको छ । घटनामा संलग्न खगाल– ६ हुम्लाका २९ वर्षीय छवाङ तुन्दुक तामाङलाई १५ वर्ष कैद तथा एक लाख जरिवाना र पक्राउ परेका सुन्सेरा–२ सिनाका कुशलसिंह धामी,...
पाल्पा, २ साउन– नेपाली कांग्रेसका नेता गगन थापाले ‘संविधानको मस्यौदामा जनताले दिएको सुझाव कार्यान्वयन नहुने बताएका छन् । शनिबार जनताको सुझाव संकलनका लागि पाल्पा पुगेका नेता थापाले जनताले दिएका सुझाव कार्यान्वयन हुने अवस्था नरहेको र यो एउटा नाटक जस्तो मात्र भएको टिप्पणी गरे ।...
बागलुङ, २ साउन-लगातारको वर्षाले खोला बढेपछि मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ सडकखण्डमा सिधा यातायात अवरुद्ध बनेको छ । नरेठाँटीस्थित गौँदीखोला र भीमगिठे गाविसको भीमगिठे खोलामा पानीको सतह बढेपछि सवारी साधन वारपार गर्न सकेका छैनन् । पञ्चानब्बे किमीको उक्त सडकखण्ड पार गर्न ठाउँ ठाउँमा गाडी परिवर्तन...
भक्तपुर, २ साउन – नेकपा एमालेका अध्यक्ष केपी ओलीले सबैलाई एकतामा बाँध्ने संविधान आउने बताएका छन् । बालकोटस्थित आफ्नै निवासमा शनिबार बिहान मानवीय आस्था नेपालले आयोजना गरेको कार्यक्रममा भूकम्पपीडितलाई जस्तापाता वितरण गर्दै उनले अब सबै मिलेर देश बनाउने अवसर आएको बताए । ‘राजनीति जस्तो...
काठमाण्डु, २ साउन– भारत भ्रमणमा रहेका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत सरकार नेपालका सबै दलले अपनत्व महसुस गर्ने गरी संविधान जारी होस् भन्ने पक्षमा रहेको बताएका छन् । भारतमा महत्वपूर्ण राजनीतिम भेटवार्तापछि शनिबार बिहान नयाँ दिल्लीमा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँगको विशेष...
मोरङ, २ साउन– मोरङको उर्लाबारीमा शुक्रबार साँझ एक पुरुषले आफ्नी श्रीमतीलाई खुकुरी प्रहार गरि हत्या गरेका छन् भने उदयपुरको लिम्पाटारमा एक महिलाले आफ्नो श्रीमानलाई खुकुरी प्रहार गरेकी छन् । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङको उर्लाबारीमा उर्लाबारी नगरपालिका–३ घर भई सोही नगरपालिका–२ मा...