काठमाण्डु, १ साउन-प्रेस काउन्सिल नेपालले आव २०६९/०७० र २०७०/०७१ को पत्रपत्रिकाको मूल्याङ्कन वर्गीकरणको नतिजा शुक्रबार सार्वजनिक गरेको छ । आ.व. 0६९/०७० मा वर्गीकरणका लागि फाराम भरेका ८८१ मध्ये ७७८ पत्रपत्रिकाको मूल्याङ्कन वर्गीकरण भई विभिन्न वर्गमा परेका छन् । बाँकी १०३ वटा विविध कारणले...
इटहरी, १ साउन-सुनसरीको महेन्द्रनगर–३ मा शुक्रबार खोल्सामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । महेन्द्रनगर–३ का दुई वर्षीय सेनेहाङ लिम्बू र प्रमिक्षा लिम्बूको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ । खोल्सामा डुबिरहेको अवस्थामा देखेपछि स्थानीयवासीले निकालेर उपचारका लागि नजिकै...
काठमाण्डु, १ साउन-विभिन्न माग राखेर एकतीस महिनादेखि सङ्घर्ष गर्दै आएका ज्येष्ठ नागरिकले आन्दोलन जारी राख्ने भएका छन् । ज्येष्ठ नागरिकले शुक्रबार पत्रकार सम्मेलन गरी आफूहरूले पाउँदै आएको ५०० वृद्ध भत्तालाई बढाएर कम्तीमा तीन हजार पु¥याउनुपर्ने मागलाई बेवास्ता गरी औषधोपचार खर्चका नाममा ५०० मात्र...
काठमाण्डु, १ साउन–अर्थमन्त्री रामशरण महतले आफूसँग डिभी र पिआर भएको आरोप लगाउनेलाई प्रमाणित गर्न चुनौति दिएका छन् । मन्त्री महतले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र आफूलाई पिआरधारी भएको आरोप लगाउने मिडियामाथि यसरी आक्रोस पोखेका हुन् । उनले आफ्नो ट्वीटरमा ट्वीट गर्दै आफूसँग पिआर भएको...
काठमाण्डु, १ साउन-सरकारले वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकसँग श्रम सम्झौताको तयारी गरेको छ । साउदी अरव र कुवेतबीच घरेलु कामदार तथा अन्य क्षेत्रमा श्रमिक आपूर्ति गर्न द्विक्षीय सम्झौताको अन्तिम चरणमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले छवटा खाडी मुलुक र मलेसियामा न्यून...
काठमाण्डु, १ साउन– भारत भ्रमणमा रहेका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय गृहमन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ । शुक्रबार नयाँ दिल्लीमा भएको भेटर्वार्तामा गृहमन्त्री सिंहले प्रचण्डलाई नेपालको जारी शान्ति प्रक्रिया र संविधान निर्माणको नेतृत्व लिएर छिट्टै संविधान जारी गर्न आग्रह गरेका थिए...
काठमाण्डु, १ साउन– शुक्रबार काठमाण्डुको कपनमा एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ । काठमाण्डुको कपन नगरपालिका–१६ स्थित आस्था गेष्टहाउसका सञ्चालक तेह्थुमका ४७ वर्षीय गणेश मोक्तानको करेन्ट लागेर मृत्यु भएको हो । अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका मोक्तानको ग्रान्डी अस्पताल धापासीमा उपचारको क्रममा...
काठमाण्डु, १ साउन–काठमाण्डुको बल्खुमा खुल्ला ठाउँमा बस्ने एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । काठमाण्डु महानगरपालिका–१४ बल्खुस्थित खाली जग्गामा पाल टाँगी बसेका काभ्रे साँगाका ६६ वर्षीय सानुकाजी वस्नेत शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ...
बाँके, १ साउन–सामान्य विवादमा एसिड छर्कने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कोलहपुर नगरपालिका–११ साझा चोकमा कृष्ण सुनचाँदी पसल गरी बस्ने ३० बर्षीय सुरज विश्वकर्मालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । विश्वकर्माले सोही ठाउँमा सुनचाँदीका गहना बनाउने काम गर्ने नवलपरासी बर्दघाटका धिरज गोतामेलाई सामान्य...
काठमाण्डु, १ साउन– अवैध रुपमा लुकाएर ल्याएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ परेका छन् । एयर अरेबियाको उडानमा शारजाहाबाट काठमाडु आएका राहदानी नम्बर ८२५२९५९५ बाहक भारतीय नागरिक ५७ वर्षीय रामनिवास वर्मालाई अवैधरुपमा ल्याएको ४ के.जी. सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल गौचरणबाट शुक्रबार प्रहरीले पक्राउ...
काठमाण्डु, १ साउन-संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको राय सुझाव लिन सरकारले यही साउन ४ र ५ गते सार्वजनिक बिदा दिने भएको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सभासद्हरुको आ–आफ्नो निर्वाचन क्षेत्रमा उपस्थित भई सुझाव सङ्कलन गर्ने कार्यलाई मध्यनजर गरी सुझाव सङ्कलन कार्य र अत्यावश्यक...
काठमाण्डु, १ साउन-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक्काइसौँ शताब्दीमा विश्व जगत्मा प्रतिस्पर्धी जनशक्ति उत्पादन गराउन शिक्षासम्बन्धी राष्ट्रिय र वास्तविक योजना तर्जुमा हुनुपर्ने बताएका छन् । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनले शुक्रबार आयोजना गरेको ‘उच्च शिक्षाका समस्या र समाधानका उपाय’ विषयक विचार गोष्ठीमा अध्यक्ष ओलीले...