समाचार

आजका सबै समाचार हेर्नका लागि यहाँ थिचौँ ।

२०७२ साउन ३ गते १९:०५

आजका सबै समाचार हेर्नका लागि यहाँ थिचौँ । ...

सञ्चारमन्त्रीले भने, ‘जसले समाचार बाहिर ल्याउँछ, उसले त्यसको जिम्मेवारी लिनुपर्छ ’

२०७२ साउन ३ गते १८:१२

पाँचथर, ३ साउन-सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले अब बन्ने संविधानमा प्रेस स्वतन्त्रतालाई कुनै अङ्कुश नलगाइने स्पष्ट गरेका छन् ।   सदरमुकाम फिदिममा आइतबार आयोजित पार्टी कार्यकर्तासँगको भेटघाटमा उनले प्रेस स्वतन्त्रतामाथि कुनै बन्देज नरहने बताउँदै प्रेसमैत्री संविधान बनाउन हदैसम्मको प्रयत्न गर्ने बताए ।  ...

साउनभित्रै नयाँ संविधान ल्याउने तयारी भैरहेको छ: पोख्रेल

२०७२ साउन ३ गते १८:०५

भक्तपुर, ३ साउन-पूर्वसञ्चारमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले साउनभित्रै नयाँ संविधान जारी गरिने बताएका छन् । भक्तपुरमा अनेरास्ववियुले आइतबार आयोजना गरेको प्रवेशिका उत्तीर्ण विद्यार्थीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले साउन महिनाभित्रै संविधान आउनेमा ढुक्क हुन आग्रह गरे ।   उनले नयाँ...

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्नुपर्नेमा जोड

२०७२ साउन ३ गते १७:५७

काठमाण्डु, ३ साउन-श्रमजीवी पत्रकार ऐन लागू भएको करिब २१ वर्ष हुँदासमेत कार्यान्वयन नहुनु विडम्बना भएको एक कार्यक्रमका वक्ताले बताएका छन् ।   नेपाल पत्रकार तथा लेखक समाजद्वारा आइतबार आयोजित ‘राष्ट्रियता र सङ्घीयतामा सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तरक्रियामा सरोकार राख्ने वक्ताले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन...

दुई सय ९२ किलो चरेश बरामद

२०७२ साउन ३ गते १७:४९

मकवानपुर, ३ साउन– क्षेत्रिय प्रहरी कार्यालय हेटौडा र ईप्रका पालुङबाट खटिएको प्रहरी टोलीले आग्रा–१ स्थित ऐसेलु खर्कबाट दुई सय ९२ किलो चरेशसहित वानटन गाडी बरामद गरेको छ । सोही ठाउँ बस्ने राजु थिङको घरमा आइतबार वानटन गाडीबाट उक्त चरेश अनलोड गर्दै गरेका व्यक्तिहरुले प्रहरीलाई...

अवैध गर्भबाट जन्मेको बच्चाको हत्या गर्ने १८ वर्षे युवती पक्राउ

२०७२ साउन ३ गते १७:४२

तनहुँ, ३ साउन–    श्रीमान विदेश भएको समयमा अर्कैको गर्भ बोकी जन्मिएको बच्चालाई मार्ने एक युवती पक्राउ परेकी छन् । थप्रेक–८ घर भई श्याम्घा–२ चनौटे मियागाउँ स्थित माइतीघरमा बस्ने १८ वर्षीया नजिरन मियालाई प्रहरीले पक्राउ गरेको हो । मियाले शुक्रबार माइतीघर नजिकै गोठमा बच्चा जन्माइ...

छुट्टै प्राकृतिक श्रोत आयोग बनाउः वनकर्मी

२०७२ साउन ३ गते १७:३९

मकवानपुर, ३ साउन– नयाँ संविधानमा प्राकृतिक श्रोत आयोग छुट्टै बनाउन मकवानपुरका वनकर्मीहरुले संविधानसभालाई सुझाव दिएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर शाखाले आइतबार हेटौंडामा आयोजना गरेको कार्यक्रममा वन क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरुले प्राकृतिक श्रोत आयोगलाई वित्तिय आयोगबाट अलग्गै राख्न सभासद्द्वय अनन्त पौडेल र...

समयमै मस्यौदा नपुग्दा जनताले सुझाव दिन सकेनन्

२०७२ साउन ३ गते १७:१९

काठमाण्डु, ३ साउन– सरकारले हतार हतारमा जनताको राय सुझाव संकलनका आह्वान गरेको भन्दै देशभरीका सर्वसाधारणले गुनासो गरेका छन् । संविधानसभाले पर्याप्त मस्यौदा समयमै गाउँगाउँमा उपलब्ध नगराएकाले आफूहरुले अध्ययन गर्न नपाएको उनीहरुले गुनासो गरेको छन् । संविधानको मस्यौदा लिएर एक साताअघिदेखि संविधानसभाले कर्मचारीलाई गाउँ गाउँ...

प्रधानमन्त्रीले भने,‘अहिले सबै दलका नेताहरुमा देशप्रतिको चिन्ता देखिएको छ ’

२०७२ साउन ३ गते १७:०२

काठमाण्डु, ३ साउन-प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले संविधान निर्माणको प्रक्रियाको विरोध गरिरहेका र संविधानसभाबाहिर रहेका सबै दललाई सहमतिमा ल्याएर संविधान जारी गरिने बताएका छन् ।   नेपाल इन्जिनियर्स एसोसिएसनले ५३ औँ इन्जिनियर्स दिवसका अवसरमा आइतबार यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री कोइरालाले अब...

विज्ञहरु भन्छन, ‘मस्यौदाअनुसार नै संविधान आयो भने त्यो संसारकै कठोर हुन्छ’

२०७२ साउन ३ गते १६:५७

काठमाण्डु, ३ साउन–विभिन्न क्षेत्रका विज्ञहरुले संविधानको प्रारम्भिक मस्यौदा जस्ताको त्यस्तै संविधान बने त्यो संसारकै सबैभन्दा कठोर संविधान बन्ने आशंका ब्यक्त गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा उनीहरुले मस्यौदा संविधानको रुपमा नभई फेहरिस्त भएको उँटजस्तो दस्तावेज भएको आरोप लगाएका छन् । साक्षात्कारमा नेपाल...

युद्ध गर्न बाध्य पार्ने राज्य होः विप्लव

२०७२ साउन ३ गते १६:४३

काठमाण्डु, ३ साउन– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले युद्धको तयारी माओवादीले नभएर राज्यले गरेको बताएका छन् । जनप्रगतिशिल मोर्चा कतारको पाँचौ महाधिवेशनको उद्घाटन गर्दै उनले सरकारले भ्रष्टचारीलाई कारवाही गर्न नसकेको, एकलौटी ढंगले अघि बढ्न खोजेको, शान्ति नचाहेको र युद्धमा होम्न बाध्य पार्न...

मस्यौदामाथि सुझाव लिँदा सुरक्षा व्यवस्था कडा पारिने

२०७२ साउन ३ गते १६:३३

सप्तरी, ३ साउन-संविधानको मस्यौदा, २०७२ माथि साउन ४ र ५ गते गरिने राय सुझाव सङ्कलनको विषयमा आइतबार राजविराजमा स्थानीय प्रशासन र राजनीतिक दलबीच छलफल भएको छ ।   सप्तरीको राजविराजस्थित प्रमुख जिल्ला अधिकारीको निवासमा सुरक्षा व्यवस्था र मस्यौदा सङ्कलन गर्न खटिएकाको सहयोग गर्ने विषयमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us