झापा ४ साउन – नेकपा एमालेका अध्यक्ष केपी ओलीले विद्यमान संक्रमणकाल अन्त्य हुनै लागेको बताएका छन् । झापाको दमकमा सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले प्रमुख दलहरुबीच भएको १६ बुँदे सहमति ऐतिहासिक दस्तावेज भएको र त्यही सहमतिका आधारमा नयाँ संविधानको मस्यौदा जनताबीच छलफलका लागि आएको...
महोत्तरी, ४ साउन– महोत्तरीको विभिन्न छ वटा निर्वाचन क्षेत्रमा नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामाथि राय सुझाव सङ्कलनका क्रममा भएको झडपमा परी पूर्व सभासद् तथा प्रहरी निरीक्षकसहित १५ जना घाइते भएका छन् । जिल्लाको क्षेत्र नं ५ का राय सुझाव सङ्कलन केन्द्र रामगोपालपुर उच्च...
पाँचथर, ४ साउन – पाँचथरमा संविधानको प्रारम्भिक मस्यौदाको प्रति पाउन नसकेको भन्दै नागरिकले गुनासो गरेका छन् । सरकारले प्रत्येक नेपालीको हातमा संविधानको खाका पु¥याउने भने पनि जिल्लाका नागरिकले अहिलेसम्म मस्यौदा पाउन नसकेको गुनासो गरेका हुन् । मस्यौदाको प्रति कम छापिएकाले प्रत्येक नेपालीको हातमा पुग्न...
काठमाण्डु, २ साउन– दैनिक केन्द्रीय प्रशासनिक कार्यमा व्यस्त रहने मुख्य सचिव लीलामणि पौडेल फुर्सदको केही समय निकालेर भविष्यमा आफूजस्तै सक्षम प्रशासक बन्न चाहने युवाका लागि आफ्ना अनुभव र राष्ट्र निर्माणका अनेक उपायहरुका बारेमा प्रशिक्षण दिने गर्छन् । हाल उनीसँग मेन्टरसिप कार्यक्रममा संलग्न...
मोरङ, ४ साउन– विराटनगर–१८ स्थित एमएम प्लास्टिक उद्योगमा भएको आगलागिबाट प्रारम्भिक रुपमा एक करोड ५० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको उद्योग सञ्चालक सुयस प्याकुरेलले जानकारी दिएका छन् । आइतबार साँझ ६ बजे बिजुली सप्लाई गर्ने युपीएस पड्किएर आगलागी भएपछि प्लास्टिक बनाउने प्लान्ट नै...
काठमाण्डु, ४ साउन – वन विनाश तथा वन क्षयीकरण न्यूनीकरणमार्फत कार्बन उत्सर्जन कटौती (रेडप्लस) गर्ने उद्देश्यले तराईका १२ वटा जिल्लालाई केन्द्रित गरी विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको छ । तराई भू–परिधि कार्यक्रम सञ्चालित रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र...
काठमाण्डु, ४ असार– नयाँ संविधानको मस्यौदामा सुझाव लिने कार्यक्रममा मधेसवादी दलले विथोल्न खोज्दा रौतहटको गौर तनावग्रस्त भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले आधा दर्जन अश्रुग्यास प्रहार गरेको छ । प्रहरीको लाठीचार्जमा नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झा, संघीय समाजवादी फोरन नेपालका बबन सिंह...
खोटाङ, ४ साउन – चट्याङ लागेर खोटाङमा आइतबार साँझ एकको ज्यान गएको छ । पानीसँगै परेको चट्याङले दुर्छिम–४ चुमाखुका १८ वर्षीय एवीन्द्र राईको घटनास्थलमै मृत्यु भएको हो । हलेसीबाट घर फर्कने क्रममा दुर्छिम–३ स्थित सहकाली प्राविको प्राङ्गणमा पुगेका बेला चट्याङ लागेका राईको घटनास्थलमै मृत्यु...
काठमाण्डु, ४ साउन – नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदाले आम जनताको भावनालाई सम्बोधन गर्न नसकेको भन्दै नेकपा–माओवादीका कार्यकर्ताले सोमबार कीतिपुरमा जनमत संकलन कार्यमा अवरोधको प्रयास गरेका छन् । कीतिपुरको पाँगामा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले आयोजना गरेको जनमत संकलन कार्यलाई प्रभावित तुल्याउने...
काठमाण्डु, ४ साउन– राप्रपा नेपालले जनमत संकलनको देखावटी भएको भन्दै संविधानको मस्यौदा जलाएको छ । सोमबार बिहान काठमाण्डुको दशरथ रंगशाला अगाडि संविधानको मस्यौदा जलाएर राप्रपा नेपालले सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र कायर्म गर्न माग गरेको छ । मस्यौदा जलाएपछि जुलुस सुरु भएको थियो ।...
काठमाण्डु, ४ साउन– नयाँ संविधानको मस्यौदामा जनताको सुझाव संकलन सोमबारदेखि सुरु भएको छ । यसका लागि सभासद्हरु आ–आफ्नो क्षेत्रमा पुगिसकेका छन् । सरकारले जनताको सुझाव संकलन गर्न सोमबार र मंगलबार सार्वजनिक बिदा दिएको छ । प्रधानमन्त्री सुशील कोइरालाले एक अपिल जारी गर्दै जनतालाई नयाँ...
काठमाण्डु, ४ साउन– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भारत भ्रमण नेपाल र नेपाली जनताको पक्षमा फलदायी भएको बताएका छन् । साताव्यापी भारत भ्रमण सकेर सोमबार स्वदेश फर्किएका उनले अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो वुद्धि र विवेकले भ्याएसम्म भ्रमणलाई नेपाल र...