गोरखा, ४ साउन– संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले साउनभित्रै संविधानसभाबाट नयाँ संविधान जारी हुने बताएका छन्। निर्वाचन क्षेत्र नं १ को गोरखा बजारमा आज भएको संविधानको प्रारम्भिक मस्यौदाको सुझाव सङ्कलन कार्यक्रममा उनले भने, “एउटा पक्षले भनेजस्तो, एउटा पार्टीले, पक्षले...
काठमाण्डु, ४ साउन– नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले संविधान जारी गर्न नदिने खेल भइरहेकाले जतिसक्दो छिटो संविधान जारी गर्नुपर्ने बताएका छन् । राष्ट्रिय खाद्य अधिकार सञ्जाल र मानवअधिकार पत्रकार सङ्घद्वारा संयुक्त रुपमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले नेपाली जनताको लामो प्रतीक्षापछि नयाँ संविधान जारी गर्ने...
बाँके, ४ साउन– बाँकेका स्थानीयले संविधानको प्रस्तावनामा प्राकृतिक स्रोतको दीगो व्यवस्थापन उल्लेख गर्न प्रधानमन्त्री सुशील कोइरालासँग माग गरेका छन् । संविधान मस्यौदामाथि सुझाव संकलन गर्ने क्रममा सोमबार बाँके पुगेका प्रधानमन्त्री कोइरालासँग स्थानीयले अब बन्ने संविधानको प्रस्तावनामा दीगो शान्ति, सुरक्षा र प्राकृतिक स्रोतको दीगो व्यवस्थापन...
काठमाण्डु, ४ साउन-नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदामाथि जनताको रायसुझाव सङ्कलन गर्न रौतहटको गौरमा आयोजित कार्यक्रममा पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई लक्षित गरी आक्रमणको प्रयास भएकामा नेकपा एमाले केन्द्रीय कार्यालयले निन्दा गरेको छ । एमाले केन्द्रीय सचिवालयका सचिव प्रदीपकुमार ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उक्त...
दाङ, साउन ४–दाङमा नेकमा माओवादी (विप्लव) समूह र प्रहरीबीच झडप भएको छ । सुझाव संकलनका लागि पुगेका सभासद्लाई अवरोध गर्न खोज्दा पश्चिम दाङको श्रीगाउँमा सभासद् दिपक गिरी र सारदा स्वर्णकार मस्यौदा लिएर पुगेपछि विप्लवका कार्यकर्ताले नाराबाजी गरेका थिए । नाराबाजीलाई नियण्त्रण गर्दा प्रहरी र...
काठमाण्डु, ४ साउन– ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदामाथि सुझाव दिँदै युवा वर्गले ‘सांसद हुन कम्तीमा ‘स्नातक उत्तीर्ण’ को व्यवस्था नयाँ संविधानमा हुनुपर्ने सुझाव दिएका छन् । संविधानसभाको ‘नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति’ले काठमाण्डु महानगरपालिकअन्तर्गत वडा नं ९ को कुलेश्वर, तीनकुनेमा आयोजना गरेको...
काठमाण्डु, ४ साउन– एकीकृत माओवादीका स्थायी समिति सदस्य लोकेन्द्र विष्टमगरले एमाओवादी परित्याग गरेका छन् । श्रोतका अनुसार विष्टले केही साताअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् । यद्यपि प्रचण्डले राजीनामा स्वीकृत गरेका छैनन् । ‘मैले राजीनामा दिएको हुँ’, विष्टले काठमाण्डु टुडेसँग भने,...
काठमाण्डु, ४ साउन– संविधान मस्यौदामाथि सुझाव दिने कार्यक्रमको बिरोधका क्रममा प्रहरीले आफ्ना कार्यकर्तामाथि निर्मम प्रहार गरेको भन्दै नेकपा–माअोवादीले आपत्ति जनाएको छ । पार्टी प्रवक्ता पम्फा भूषालले विज्ञप्ती जारी गरी शान्तिपूर्ण रूपले मस्यौदा संविधानको विरोध गरिरहेको प्रक्रियामा निर्मम ढङ्गले लाठी प्रहार गर्ने, गोली हान्ने, अश्रु...
ललितपुर, ४ साउन-ललितपुर क्षेत्र नम्बर ३ र २ का अधिकांश नागरिकले सनातन हिन्दू राष्ट्र हुनुपर्ने सुझाव दिएका छन् । ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदामाथि छलफल हुने क्रममा सहभागी भएका अधिकांश नागरिकले सनातन हिन्दू राष्ट्रको काम गरे पनि आमा वा बुबा दुवैको नामबाट...
पर्सा, ४ साउन-यहाँका राय सुझाव सङ्कलन केन्द्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । निर्वाचन क्षेत्र नं। १, २, ४ र ५ को राय सुझाव सङ्कलन केन्द्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि रायसुझाव सङ्कलन अवरुद्ध भएको प्रजिअ केशवराज घिमिरेले जानकारी दिए । निर्वाचन...
धनुषा, ४ साउन– अब बन्ने संविधानमा सर्वसाधारण जनताका हक अधिकारलाई बलियो बनाउन धनुषाबासीले सुझाव दिएका छन् । सोमबार धनुषाको ढल्केवरमा भएको सुझाव संकलन कार्यक्रममा विभिन्न समुदायले स्थानियस्तरमा नागरिकको अधिकार बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले स्थानीय जनताको स्तर उकास्नका लागि सामुदायिक सम्पतिमा स्थानीयको...
कैलाली, ४ साउन– जिल्लाको धनगढी नगरपालिकामा एक पूरुषको बेहोस भएर मृत्यु भएको छ । धनगढी नगरपालिका–१ बस्ने ५२ बर्षीय चक्रबहादुर थापाको बेहोस भएर मृत्यु भएको हो । जिल्ला विकास समितिको हलमा सोमबार भएको मस्यौदा सुझाव संकलन कार्यक्रममा नागरिकको तर्फबाट बोल्ने क्रममा एक्कासी बेहोस भएका...