समाचार

दलहरुले छानेका मुख्य विषय नै जनताले मन पराएनन्

२०७२ साउन ५ गते १३:३८

काठमाण्डु, ५ साउन– संविधान निर्माणका क्रममा संघीयता, शासकीय स्वरुप, धर्म र नागरिकताको विषय प्रमुख विवादको विषय थियो । विवादको गाँठो फुकाउन अनेक प्रयास पछि मुलुकलाई धर्म निरपेक्ष बनाउने, संघीयताको हल संघीय आयोगबाट गर्ने, संसदले छानेका व्यक्तिलाई कार्यकारी प्रमुख बनाउने र वंशजको आधारमा नागरिकता पाएका...

नवलपरासीबासीले भने,‘जनआन्दोलनका उपलब्धि नबिर्स’

२०७२ साउन ५ गते १३:३२

परासी, ५ साउन-संविधानको प्रारम्भिक मस्यौदामा जनताको राय सङ्कलन गर्न नवलपरासी पुगेका सभासद्हरुलाई सहिदको सम्मान हुनेखालको संविधान निर्माण गर्न जनताले सुझाव दिएका छन् ।   जनआन्दोलन भाग–२ को उपलब्धिलाई नबिर्सेर जनतामैत्री संविधान बनाउन सभासद्हरुलाई सुझाव दिएका र सभासद्हरुलाई जनआन्दोलनको मर्मलाई नबिर्सेर संविधान बनाउन स्थानीयबासीले माग...

‘संविधानको मस्यौदामै देश विदेशीको हातमा जाने खतरा छ’

२०७२ साउन ५ गते १३:२५

भक्तपुर, ५ साउन-बागीश्वरी कलेजले मंगलबार आयोजना गरेको नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदा विषयक छलफल कार्यक्रममा सहभागी वक्ताहरुले मस्यौदामै देश विदेशीको हातमा जाने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।   नेपाल मजदुर किसान पार्टीका सचिव एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले...

जनसंख्याका आधारमा समानूपातिक प्रतिनिधित्वको माग

२०७२ साउन ५ गते १३:१०

चितवन, ५ साउन-दलित समुदायले हरेक निकायमा जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्वको माग गरेका छन् ।   राज्यका निकाय तथा राजनीतिक दल एवम् सङ्घसंस्थाहरुमा समेत दलित समुदायको सहभागिता जनसङ्ख्याका आधारमा हुनुपर्ने, उत्पीडित जातीय मुक्ति समाज चितवनका निवर्तमान अध्यक्ष सहदेव लकान्द्रीले बताए ।   महिलाभित्रमा पनि जनसङ्ख्याका...

जनकपुरमा गोली चल्यो, स्थिति तनावग्रस्त, सुझाव संकलन स्थगित

२०७२ साउन ५ गते १२:५१

श्रीकान्त झा धनुषा ५ साउन– बन्द गराउँदै हिँडेका मधेस केन्द्रित दलहरुकाकार्यकर्ताहरु र प्रहरीबीच झडप भएको छ । झडपपछिको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड गोली चलाएको छ । अहिले जनकपुर क्षेत्रमा प्रहरी र प्रर्दशनकारीबीच झडप जारी रहेको छ । झडपपछि अहिले सिरहाको अवस्था तनावग्रस्त...

गाई काट्न पाउनु पर्छ भनेपछि रामधुलाई

२०७२ साउन ५ गते १२:३६

बाँके, ५ साउन– कोहलपुरमा संविधान मस्यौदाको सुझाव संकलन स्थलमा संविधानमा गाई काट्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताएपछि सहभागी कुटिएका छन् । सुझाव संकलनमा सहभागि राजेन्द्र विष्टले गाई काट्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने सुझाव दिएपछि सहभागीले उनलाई कुटेका थिए । उनलाई गाई काट्न पाउनुपर्ने भन्दै आपत्तिजनक शब्द...

जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जोड

२०७२ साउन ५ गते १२:२४

काठमाण्डु, ५ साउन– संविधान निर्माणका लागि देशभर जनताको राय सुझाव लिने क्रम जारी छ । सभासदहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा गएर जनताका सुझाव संकलन गरीरहेका छन् । मुलुकभरका निर्वाचन क्षेत्रमा सभासदहरुले जनताका राय सुझाव लिएर संविधानको मस्यौदामा उनीहरुका सुझावसमेत समेटेर संविधान जारी गर्ने बताइरहेका छन्...

मधेसमा रन्कियो हिन्दुराष्ट्रको माग

२०७२ साउन ५ गते १२:२२

काठमाण्डु, ५ साउन– बारा, रौतहट र पर्साका जनताले संविधानका लागि दिएका प्रमुख तीन माग मध्ये एक माग ‘हिन्दुराष्ट्र’ चाहिन्छ भन्ने छ । उनीहरुले प्रदेशको नामांकन र सिमांकन तत्काल हुनु पर्ने, विदेशी महिलासँग विवाह गरेर जन्मेको सन्तानले पनि वंशजकै आधारमा नागरिकता पाउनु पर्ने माग उनीहरुको...

प्रहरीले कुटेको भन्दै मधेसीले पारे सप्तरी ठप्प

२०७२ साउन ५ गते १२:१७

सप्तरी, ५ साउन– संविधानसभाको मस्यौदाको विरोधमा उत्रिएका मधेसवादी दलका कार्यकर्तामाथि प्रहरी प्रशासनले गरेको दमन र कुटपिटको विरोधमा मंगलबार आह्वान गरिएको तरार्ई—मधेस बन्द कार्यक्रमअन्तर्गत सप्तरीमा बन्दको व्यापक असर परेको छ । बन्दकर्ताले मंगलबार बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दूरीका यातायात ठप्प पारेर...

दोलखालाई केन्द्र बनाएर मंगलबार बिहानै भूकम्पको धक्का

२०७२ साउन ५ गते १२:०८

काठमाण्डु, ५ साउन– आज बिहान ८ बजेर ९ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु बनाएर ४.३ रेक्टर स्केलको परकम्प गएको छ । बिहानको परकम्प गत वैशाख १२ को ‘गोरखा भूकम्प’ कै परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । मंगलबार गएको परकम्प चार दिनपछि गएको...

मोदीसँग हात मिलाउन नेपाली सडकमा आएजस्तै गुजरातमा मलाई भव्य स्वागत भयो

२०७२ साउन ५ गते ११:५८

कमरेडहरु र पत्रकार साथीहरु, एक हप्ता अगाडि भारत भ्रमणमा जानुअघि पनि केही विषयहरुमा छलफल गर्ने कुरा राखेर गएको थिएँ । मैले तपार्ईंहरुमार्फत आमनेपाली जनतासँग जे विषय राखेर गएको थिएँ । भारत गएर पनि मैले त्यहाँका पार्टीका नेताहरु, सरकारका पधाधिकारीहरु, बुद्धिजिवी, पत्रकार र सबैसँग यहाँ...

सुन्दरीजलको महाँकाल गाउँ पहिरोको उच्च जोखिममा

२०७२ साउन ५ गते ११:१५

काठमाण्डु, ५ साउन– गोकर्णेश्वर नगरपालिका–३ सुन्दरीजलको महाँकाल गाउँका १०३ घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन् । भूकम्पले धाँजा फाटेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट पहिरो खस्न थालेपछि यी घर जोखिममा परेको स्थानीयवासीले बताएका हुन् । ढुङ्गासँगै धाँजा फाटेको जमिन पनि फेरि खस्ने भयमा बाँच्नुपरेको उनीहरुको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us