समाचार

सर्पको टोकाइबाट बालकको मृत्यु

२०७२ साउन ५ गते १०:५१

सप्तरी, ५ साउन–बभन्नगामाकट्टीमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । सर्पको टोकाइबाट मृत्यु हुनेमा सप्तरीको बभन्नगामाकट्टी गाविस–२ मंसापर निवासी १३ वर्षीय विष्णुकुमार मण्डल रहेको प्रहरीले जनाएको छ । मण्डललाई घरमा सुतेका बेला विषालु सर्पले टोकेको थियो । मण्डलको शवलाई परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण...

तराइ बन्दको प्रभाव खास परेन, धेरैजसो जिल्लामा जनजीवन सामान्य

२०७२ साउन ५ गते १०:४९

काठमाण्डु, ५ साउन– प्रहरी दमनविरुद्ध मधेसी मोर्चाले मंगलबारका लागि आह्वान गरेको तराइ–मधेस बन्दको प्रभाव खास परेको छैन । धेरैजसो जिल्लामा जनजीवन सामान्य छ । पूर्वी तराईका जिल्ला झापा, मोरङ र सुनसरीमा ठूला सवारी साधन चलेका छैनन् । बजार पसल खुला छन् । सुनसरीका पत्रका...

आफ्नै घरमा झुण्डिएर १८ वर्षे युवतीले गरिन् आत्महत्या

२०७२ साउन ५ गते १०:४५

सप्तरी, ५ साउन–सप्तरीमा एक युवतीले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी छन् । कोलाडी–८ बस्ने पङ्कज यादवकी १८ वर्षीया श्रीमती सीता यादवले आफ्नो घरमा कोही नभएको मौका छोपी सलको पासो लगाएर आत्महत्या गरेकी हुन् । आत्महत्याको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...

मधेसी मोर्चाको बन्दले तराईको जनजीवन प्रभावित, ठाउँठाउँमा झडप

२०७२ साउन ५ गते १०:२५

काठमाण्डु, ५ साउन– तराई केन्द्रित दलहरुले आह्वान गरेको मधेस बन्दका कारण मंगलबार हिानैदेखि पूर्वी तथा मध्य तराईको जनजीवन प्रभावित भएको छ । संविधानको मस्यौदामा भएको जनमत संकलनका क्रममा आफ्ना कार्यकर्तामाथि दमन भएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बन्द आह्वान गरेको हो । झापादेखि कञ्चनपुरसम्म...

यो हो सर्वोच्चको आदेश नमान्ने अस्पताल

२०७२ साउन ५ गते ९:५४

मोरङ, ५ साउन– विराटनगरस्थित कोसी अञ्चल अस्पतालले सर्वोच्च अदालतको अन्तरिम आदेश उल्लङ्घन गरेको छ । सर्वोच्च अदालतले साउन १ गतेदेखि लागू हुने गरी देशभरका सरकारी अस्पतालको प्राङ्गणभित्र कुनै पनि औषधि पसल सञ्चालन गर्न नपाउने अन्तरिम आदेश जारी गरे पनि औषधि पसल सञ्चालन हुँदै  आएको...

नेपाललाई फाइदा हुने नाका खोल्न जिल्लावासी हारगुहार गरिरहेका छन्, सरकार भने निँद्रा मै

२०७२ साउन ५ गते ९:२८

मुस्ताङ, ५ साउन–वर्षौंदेखि बन्द रहेको मुस्ताङको कोरला नाका खोल्न जिल्लाका सरोकारवालाले पहल थालेका छन् । यही नाकामार्फत भविश्यमा हुने कारोबारलाई व्यवस्थित बनाउन असार पहिलो सातादेखि नेचुङ भन्सार कार्यालय पनि सञ्चालनमा आएको छ । चीन र नेपालको व्यापारिक दृष्टिकोणले सबैभन्दा नजिक र प्रभावकारी मानिएको कोरला...

वनका चिहानले रुख सिध्याए

२०७२ साउन ५ गते ८:४९

मोरङ,५ साउन–पूर्वी मोरङका सामुदायिक वनका पक्की चिहानका कारण  रुख हराउदै गएका छन् । मरेका आफन्तको जङ्गलमा गाडिएको चिहानमाथि समाधिस्थल बनाउने उनीहरूको पुख्र्यौली चलनले सालका रुख फस्टाउन छाडेको पशुपति सामुदायिक वनका पूर्वअध्यक्ष रामचन्द्र सुब्बाले बताए। वनभित्र पक्की चिहान बनाउने प्रचलन राई, लिम्बू, मगर, क्रिस्चियनलगायतले ल्याएका हुन्...

जस्तोसुकै जिम्मेवारी पाए पनि बहन गर्न तयार छौँ– राणा

२०७२ साउन ४ गते २०:३३

काठमाण्डु, ४ साउन-नेपाली सेनाले विनाशकारी भूकम्पपछि सुरु गरेको अप्रेसन ‘सङ्कट मोचन’ सोमबार सैनिक मुख्यालय जङ्गी अड्डामा समीक्षा गरेको छ ।   समीक्षाका क्रममा स्वास्थ्य शिविर सञ्चालन, शव उत्खनन तथा अवरुद्ध सडक खुलाउने कार्यसम्बन्धी भएका अनुभव, चुनौती र भविष्यमा आई पर्नसक्ने यस किसिमका प्राकृतिक प्रकोप...

माधव नेपालमाथि आक्रमण गर्नेलाई कारबाही माग

२०७२ साउन ४ गते २०:२८

काठमाण्डु, ४ साउन– एमालेले पार्टी वरिष्ठ नेता माधवकुमार नेपाललाई आक्रमण गर्नेमाथि कारबाही माग गरेको छ । सचिव प्रदीप ज्ञवालीले सोमबार विज्ञप्ति जारी गर्दै सरकारसँग घटनामा संलग्नमाथि कारबाहीको माग गरेका हुन् । रौतहट क्षेत्र नम्बर–१ का सभासदसमेत रहेका नेपालमाथि संविधानको मस्यौदामा सुझाव संकलनका लागि गएका...

बालिका बलात्कार आरोपमा वृद्ध पक्राउ

२०७२ साउन ४ गते १९:२४

भक्तपुर, ४ साउन-बालिका बलात्कार गरेको आरोपमा भक्तपुरमा सूर्यविनायक–५ बस्ने ७६ वर्षका बाबुकाजी बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   सूर्यविनायक नगरपालिका–४ कटुञ्जेस्थित गैह्रीगाउँमा डेरामा बस्दै आएकी १२ वर्षे बालिकालाई उनकै डेरामै गएर आइतबार साँझ बलात्कार गरेको आरोपमा बस्नेतलाई प्रहरीले महानगरीय प्रहरी वृत्त थिमिले पक्राउ...

बुद्ध जन्मेको देश राख्न सुझाव

२०७२ साउन ४ गते १९:२४

बनेपा– काभ्रेपलाञ्चोकमा सबै जनावर एउटै हुन् भन्ने सुझाव दिएका छन् । काशीखण्ड नगरपालिका भकुण्डेमा भएको ‘नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदा’माथिको सुझाव सङ्कलनमा अधिकांशले सबै जनावर सबै एउटै हुन् कुनै जनावरप्रति पनि विभेद नगर्न भने । उनीहरुले बुद्ध जन्मेको देश भनेर प्रस्तावनामा राख्न सुझावसमेत दिए...

सञ्चालनमा आयो ताल्चा विमानस्थल

२०७२ साउन ४ गते १८:५८

मुगु, ४ साउन– मुगुमा गत माघदेखि ताल्चा विमानस्थलको धावन मार्ग कालोपत्रे गर्ने कार्य थालिएपछि बन्द रहेको हवाई सेवा सोमबारदेखि पुनःसञ्चालन भएको छ । विमानस्थलको धावन मार्ग कालोपत्रे गरिएपछि गोमा एयरको नयाँ ट्वीनटर विमानले परीक्षण उडान गर्दै हवाई सेवा सञ्चालन गरिएकोे ताल्चा विमानस्थलस्थित नेपाल नागरिक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us