बनेपा, ५ साउन-तामाङ समुदायको बाहुल्यता रहेको काभ्रेपलाञ्चोकमा राष्ट्रिय जनावरका रुपमा गाईलाई मान्न अस्वीकार गरिएको छ । काभ्रेपलाञ्चोकको काशिखण्ड नगरपालिका भकुण्डेमा भएको नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामाथिको सुझाव सङ्कलनमा तामाङ समुदायका अधिकांश व्यक्तिले गाईलाई राष्ट्रिय जनावारका रुपमा स्वीकार गर्न नसकिने बताए । ...
उदयपुर, ५ साउन-सदरमुकाम गाईघाटमा प्रहरीसँग झडपमा उत्रने विभिन्न पार्टीका १५ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । दिउँसो गाईघाटस्थित सिटीहलमा संविधानको मस्यौदामा रायसुझाव सङ्कलन गर्ने क्रममा बाधा–अवरोध पु¥याउने राप्रपा नेपाल, नेकपा–माओवादी वैद्य समूह तथा नेकपा माओवादी विप्लव र नेकपा एकीकृतसहितका समूहका गरेर...
इलाम, ५ साउन-पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एक महिनाभित्रमा संविधान जारी गरेरै छाड्ने दाबी गरेका छन् । सुझाव सङ्कलनमा देखिएको नागरिकको उत्साहप्रद उपस्थितिले संविधान निर्माणको गतिलाई कसैको आदेशले पनि रोक्न नसक्ने बताउँदै उनले संविधान जारी हुनेमा ढुक्क हुन आग्रह गरे...
काठमाण्डु, ५ साउन-लोकतान्त्रिक शासन पद्धतिमार्फत देश र जनताको सुखद् भविष्य सुनिश्चित गर्न अब बन्ने संविधानमा सङ्क्षिप्त प्रस्तावना, सिमानासमेत तोकेर पाँच प्रदेशको व्यवस्था गर्नुपर्ने लगायतका सुझाव जनसाधारणले दिएका छन् । काठमाण्डु निर्वाचन क्षेत्र नं ३ र ४ का सर्वसाधारणले प्रारम्भिक मस्यौदामा आफ्ना अभिमत जाहेर...
मकवानपुर, ५ साउन– सुझाव संकलनका क्रममा हेटौडामा राप्रपा नेपालका सभासद गणेश थापामाथि खुकुरी प्रहार भएको छ । सुझास संकलनका क्रममा हिन्दूराष्ट्रका पक्षमा बोल्न खोजेपछि उनीमाथि अुकुरी प्रहार भएको हो । केही युवाको समूहले उनलाई खुकुरी र रड प्रहार गरेपछि उनको टाउकोमा चोट लागेको थियो...
भक्तपुर, ५ साउन-उद्योगमन्त्री महेश बस्नेतले सबै नागरिकको भावना समेटिएको नयाँ संविधान साउन महिनाभित्रै आउने बताएका छन् । मानवीय आस्था नेपालले मंगलबार सूर्यविनायक नगरपालिका कटुञ्जेस्थित चक्रपाणि चोकमा आयोजना गरेको कार्यक्रममा भूकम्पपीडितलाई जस्ता वितरण गर्दै मन्त्री बस्नेतले नयाँ संविधानमा सबैको भावना समेटिने बताएका हुन् ।...
लण्डन, ५ साउन–नेपालको संविधानको प्रस्तावित मस्यौदामा विरोध जनाउंदै बेलायतमा रहेका संघीयवादी पार्टी तथा अन्य संघसंगठनहरुले संविधानको प्रस्थापित मस्यौदा च्यातेका छन् । सोमबार दिउँसो लण्डनस्थित नेपाली दूतावास पुगेर उनीहरुले मस्यौदा च्यातेका हुन । दूतावासमार्फत उनीहरुले राष्ट्रपति, राजनीतिक दल, संविधान सभाका अध्यक्ष, संवैधानिक संवाद समितिका सभापतिलगायतलाई...
झापा, ५ साउन-बन्दको अवज्ञा गरेको भन्दै यात्रुवाहक बस तोडफोड गर्ने सङ्घीय समाजवादी फोरम नेपालका तीन कार्यकर्तालाई प्रहरीले मंगलबार झापाको बिर्तामोडबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा फोरम नेपालका जिल्ला सदस्य सुरेश यादव, रामचन्द्र केसी र पञ्चलाल राजवंशी रहेका छन् । रौतहटमा कार्यकर्तामाथि प्रहरीले...
काठमाण्डु, ५ साउन– बागमती किनाराका सुकुम्बासीहरु आन्दोलित भएका छन् । उनीहरुले संयुक्त राष्ट्रिय सुकुम्बासी संघर्ष समिति गठन गरेर आन्दोलनको घोषणा गरेका हुन । मंगलबार काठमाण्डुको संबाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी बिस्थापित सुकुम्बासीलाई उचित क्षतिपुर्ति सहित पुनस्थापना गर्न माग गरेको छन । ...
पर्वत, ५ साउन-गाउँमाथिबाट आएको पहिरोले बस्ती पुर्न थालेपछि पर्वतको देउराली गाउँ विकास समितिको जयले बस्ती जोखिममा परेको छ । माथिबाट निरन्तर पहिरो बग्नेक्रम बढेपछि देउराली गाविस–६ जयलेका १८ घर जोखिममा परेका हुन् । गत वर्ष गएको सानो पहिरो भूकम्प र निरन्तरको वर्षापछि...
जाजरकोट, ५ साउन -जाजरकोट क्षेत्र नं १ का सभासद् तथा एकीकृत नेकपा माओवादी स्थायी समितिका सदस्य शक्तिबहादुर बस्नेत कैदीका सुझाव लिन मंगलबार कारागार पुगेका छन् । सभासद् बस्नेत कारागार पुगेपछि कैदीबन्दीले आफूलाई सोलारको व्यवस्था गरिनुपर्ने, पत्रपत्रिका पढ्ने, रेडियो सुन्ने व्यवस्था हुनुपर्ने र राम्रो...
काठमाण्डु, ५ साउन-राज्यले बनाएको कानुनका आधारमा पाउनुपर्ने अधिकार पाऊँ भन्ने माग राखेर दबाब दिएको साढे दुई वर्षसम्म पनि यातायातमा छुट नपाएको भन्दै ज्येष्ठ नागरिकले गुनासो गरेका छन् । सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा सहुलियत दिनेसम्बन्धी ऐन, नियम र कार्यविधि बनिसक्दा पनि...