म्याग्दी, ६ साउन– म्याग्दीको पवित्र धार्मिकस्थल गलेश्वरधाममा एकै दिनमा रु दुई लाख भन्दा बढी भेटी सङ्कलन भएको छ । साउनको पहिलो सोमबारको अवसरमा गलेश्वरधाममा भगवान् शिवको दर्शन गर्ने दर्शनार्थीबाट उक्त भेटी सङ्कलन भएको हो । मुक्तिनाथ प्रवेशद्वारका रुपमा चर्चित धार्मिकस्थल गलेश्वरधाममा पूजाका लागि विभिन्न...
इलाम, ६ साउन – सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले सीमांकनसहितको संविधान जारी गर्नुपर्ने बताएका छन् । सुझाव संकलन गरेर ताप्लेजुङबाट फर्किने क्रममा बुधबार बिहान इलाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री रिजालले जनताले दिएका अमूल्य सुझावको कदर गर्दै संघीयतासहितको संविधान जारी गर्नुपर्नेमा जोड दिए ।...
काठमाण्ड, ६ साउन– कांग्रेस संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३३ औं स्मृत्ति दिवसका अवसरमा बुधबार कांग्रेस केन्द्रीय कार्यालयले कुनै कार्यक्रम आयोजना गरेको छैन । मुख्यालयले मातहतका कार्यालयलाई पनि कनै सर्कुलर जारी गरेको छैन । नेपालमा प्रजातन्त्र स्थापनाका लागि आजीवन संघर्ष गरेका दूरदर्शी...
काठमाण्डु, ६ साउन– दलहरुले संविधानका विवादीत विषयमा तय गरे भन्दा फरक सुझाव जनताले दिएपछि दलहरुले सुझावका सम्बन्धमा छलफल आवश्यक देखेका छन् । नेकपा एमालेका प्रमुख सचेतक अग्नी खरेलको मतमा धर्म निरपेक्षता पुनस्र्थापित प्रतिनिधिसभाले गरेको हो, शासकीय स्वरुपमा एमालेको प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको अवधारणा थियो, नेगोसेसनमा...
काठमाण्डु, ६ साउन– एकीकृत माओवादीले आफ्नो नेतृत्वमा चलेको १० वर्षे सशस्त्र युद्धका क्रममा गोली लागी घाइते भएकी प्रवीणा गोलेको उपचार खर्च व्यहोर्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार बी एण्ड बी अस्पतालमा गोलेलाई भेटी सम्पूर्ण उपचार खर्च पार्टीले व्यहोर्ने प्रतिबद्धता...
मोरङ, ६ साउन – बुधबारदेखि सुरु हुने जैन धर्मावलम्बीको पर्व चातुर्मासमा सहभागी हुन विभिन्न देशबाट धार्मिक पर्यटक आउने भएका छन् । जैन तेरापन्थ सभाका संयोजक मालचन्द सुरानाका अनुसार चार्तुमासमा सहभागी हुन अमेरिका, अस्ट्रेलिया, क्यानडा, भुटान, बङ्गलादेश, भारत, रुसलगायत देशबाट जैन धर्मावलम्बीको सहभागिता रहनेछ । चातुर्मास...
चितवन, ६ साउन – टुकी बत्तीको सहारामा जीवन गुजार्दै आएका चितवनको विकट सिद्धि गाविसका ३८० चेपाङ परिवारलाई सोलार बत्ती उपलब्ध गराइएको छ । भूकम्पपीडितलाई लक्षित गरेर सोलार बत्ती वितरण गरिएको हो । वैकल्पिक ऊर्जा कार्यक्रम तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा यहाँ चेपाङलाई सोलार बत्ती...
काठमाण्डु, ५ साउन-राष्ट्रिय मानवअधिकार आयोगले संविधानकोे मस्यौदामा जनताको राय सुझाव सङ्कलनका क्रममा केही जिल्लामा भएका घटनाले नागरिकको स्वतन्त्र ढङ्गबाट संविधानको मस्यौदामाथि आफ्नो सुझाव दिने अधिकार कुण्ठित हुन पुगेको जनाएको छ । आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा धनुषा, पर्सा,...
काठमाण्डु, ५ साउन– संविधानको प्रारम्भिक मस्यौदामा सुझाव संकलन गर्न संविधानसभाले सबै सभासदलाई जिल्ला र निर्वाचन क्षेत्रमा पठाएको छ । प्रधानमन्त्री सुशील कोइरालादेखि विभिन्न दलका शीर्ष नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा पुगेर जनताको सुझाव संकलन गरेका छन् । तर नेपाली कांग्रेसका वरिष्ठ नेता तथा कैलाली निर्वाचन...
माधव पनेरु पोखरा, ५ साउन– सभासद् तथा एमालेका युवा नेता रवीन्द्र अधिकारी सहभागी भएको पोखराको कार्यक्रम विप्लव माओवादी र उपेन्द्रको फोरम निकटका कार्यकर्ताले विथोलेका छन् । विप्लव पक्ष विद्यार्थी संगठन अखिल क्रान्तिकारी र संघीय समाजवादी विद्यार्थी युनियनले पोखराको पृथ्वीनारायण क्याम्पसमा आयोजना गरिएको संविधानको मस्यौदामाथिको...
काठमाण्डु, ५ साउन-संविधानसभा, नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले आयोजना गरेको संविधान मस्यौदामाथिको सुझाव कार्यक्रमका सहभागीले संविधानमा एकल महिलालाई आरक्षणलगायत कुराको सुनिश्चितताको माग गरेका छन् । स्थानीय बलम्बुमा मंगलबार आयोजित कार्यक्रमका सहभागीले धर्मसापेक्ष र निरपेक्षभन्दा पनि धार्मिक स्वतन्त्रतालाई संविधानमा सुनिश्चित गरिनुपर्ने बताए ।...
गोरखाबजार, ५ साउन-एमाओवादकिा वरिष्ठ नेता एवम् संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले देशमा स्थिरता कायम गरी आर्थिक समृद्धितर्फ लम्कन प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली आवश्यक रहेको बताएका छन् । सहिद भीमसेन स्मृति प्रतिष्ठानले मंगलबार सदरमुकाममा आयोजना गरेको कार्यक्रममा नेता भट्टराईले...