काठमाण्डु, ६ साउन – नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले प्रधानसेनापति बिनाको राष्ट्रिय सुरक्षा परिषद् अपूर्ण हुने बताएका छन् । नेपाल प्रेस युनियनले ३३ आँै विपी स्मृति दिवसका अवसरमा बुधबार गरेको कार्यक्रममा नेता देउवाले संविधानको मस्यौदामा प्रधानसेनापति बिनाको सुरक्षा परिषद् भएकाले त्यसलाई सच्याउनुपर्ने बताए...
चितवन, ६ साउन– चितवनमा सञ्चालित एक गाउँ एक उत्पादन कर्याक्रम सफल भएको छ । उद्योग वाणिज्य सङ्घको अगुवाइमा २०६८ सालदेखि सुरु भएको उक्त कार्यक्रम प्रभावकारी भएको जनाइएको छ । उक्त कार्यक्रम केराखेतीमा प्रयोग गरिएको थियो । जसअनुसार पाँच वर्षको अन्तरालमा जिल्लामा केराखेती गर्ने किसान...
धनगढी, ६ साउन– संविधानमा धर्म निरपेक्षता हटाएर हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गर्दै राप्रपा नेपालले गरेको बन्दका कारण कैलालीको जनजीवन प्रभावित भएको छ । बन्दले गर्दा व्यापार, व्यवसाय, उद्योग, यातायात, शिक्षण संस्था ठप्प भएपछि जनजीवन प्रभावित भएको हो । बन्दकर्ताले बुधबार बन्द गराउन...
ललितपुर, ६ साउन – दक्षिण ललितपुरको मानिखेलमा सरकारीस्तरबाट बनेको एक मात्र अस्पताल निर्माण भएको चार वर्ष बितिसक्दासमेत उपचार कार्य सुचारु नहुँदा नागरिक मर्कामा परेका छन् । हेर्दा निकै दुर्गम मानिने मानिखेल–६ मा अस्पतालको भवन निर्माणको काम विसं २०६९ मङ्सिर २२ गते नै सम्पन्न भइसकेको...
महोत्तरी, ६ साउन– जलेश्वर उद्योग वाणिज्य सङ्घले सदरमुकाम जलेश्वरमा तीनदिने आमहड्तालको घोषणा गरेको छ । गत साउन ५ गतेसम्म तालाबन्दी र धर्ना कार्यक्रम गर्दै विरोधमा उत्रेका जलेश्वर उद्योग वाणिज्य सङ्घसहितको संयुक्त सङ्घर्ष समितिले बुधबारदेखि जलेश्वरमा तीन दिनसम्मका लागि आमहड्तालको निर्णय गरेको हो । आमहड्तालका...
जाजरकोट, ६ साउन – संविधानको मस्यौदामाथि जनताको सुझाव संकलन गर्न डोल्पा पुगेका सभासद्हरूले केही दिनअघि शल्यक्रिया सेवा सुरु भएको जिल्ला अस्पतालको अनुगमन गरेका छन् । पाँच जना सभासद्ले मंगलबार खाली समयलाई सदुपयोग गरी अनुगमन अवलोकन गरेका हुन् । अनुगमन तथा अवलोकनका क्रममा देखिएका अस्पतालका...
चितवन, ६ साउन– संविधानको मस्यौदामाथि देशभर सुझाव सङ्कलन भइरहँदा आफूहरुले सुझाव दिन नपाएको भन्दै जिल्ला कारागार भरतपुरका कैदीबन्दीले दुखेसो पोखेका छन् । आफ्ना मागपत्र तयार गरेर बसेका कैदीबन्दीले दुई दिनसम्म जिल्लाका १० ठाउँमा सुझाव सङ्कलन गरिएको भए पनि आफूहरुकोमा कुनै पनि सभासद् नआउँदा दुःख...
काठमाण्डु, ६ साउन – नागरिक सम्बन्ध तथा सुझाव समितिले सर्वसाधारण जनताले मस्यौदामाथि दिएका सुझावलाई समेटी पाँच दिनभित्र संविधानसभामा प्रतिवेदन पेस गर्ने जनाएको छ । समितिका सदस्य प्रेम गिरीका अनुसार अनुसार २ सय ४० वटै निर्वाचन क्षेत्र र संविधानसभा सचिवालयमा प्राप्त सुझावलाई मिलाउने काम भइरहेको...
काठमाण्डु, ६ साउन – ‘नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदा’ माथि मंगलबार राति १२ बजेसम्म देश तथा विदेशका व्यक्ति तथा विभिन्न संघ संस्थाबाट ३३ हजार १६ वटा सुझाव संकलन भएका छन् । संविधानसभा सचिवालयका अनुसार बेवसाइटबाट २० हजार ७ सय २२, इमेलबाट आठ हजार...
काठमाण्डु, ६ साउन– पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको भावना अनुसार संविधानको प्रारम्भिक मस्यौदा संशोधन गर्नुपर्ने बताए छन् । काठमाण्डुको हनुमानढोका परिषरमा गरिएको क्षमा पुजामा सहभागी भएका शाहले जनताका मर्म र भावनालाई संविधान समेट्नुपर्ने बताए । सभासदहरुले देशभरीबाट नागरिकका सुझाव संकलन गरेको भोलिपल्टै पूर्वराजा शाहले पनि...
गोरखा, ६ साउन । बिकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रमलाई स्वामित्व दिएका घरका धनीले पनि १५ हजार रुपैयाँका दरले भूकम्पपीडित राहत रकम लिएको पाइएको छ । ड्रिल्प परियोजना लागू भएका गोरखा, नारेश्वर, पडिनचौतारा सडक र बुंकोट, नाम्जुङ, घैरुङ सडक आसपासका मुआब्जा पाएका २४...
पूर्वराज ज्ञानेन्द्र शाह बुधबार बसन्तपुर परिसरमा रहेको शिवजी मन्दिर र त्यस आसपासमा पूजाआजा गर्न निस्किए । पूजाका लागि ठूलो दलबलसहित उनी त्यहाँ पुगेका थिए । त्यसैक्रममा त्यहाँ पुगेका एक अपरिचित व्यक्तिलाई ज्ञानेन्द्रका सहयोगिले हातपात गरे । उनले हातपात गरिरहँदा ज्ञानेन्द्रकै सुरक्षामा खटिएका सुरक्षाकर्मी भने...