समाचार

मिनरल वाटरमा हुँदै नभएको अङ्ग्रेजी तारिख

२०७२ साउन ६ गते १९:११

खोटाङ, ६ साउन– खोटाङको सदरमुकाम दिक्तेलमा हुँदै नभएको अङ्ग्रेजी तारिख उल्लेख भएको मिनरल वाटर बोटल फेला परेको छ । अङ्ग्रेजी तारिखमै व्यवस्था नभएको मिति उल्लेख भएको उदयपुरको कटारीमा उत्पादित मिनेरल वाटर दिक्तेलका होटलहरूमा छ्याप्छ्याप्ती फेला परेको हो । फ्रेन्ड एन्ड ब्रदर्श इन्डस्ट्री कटारी–७ ले...

सीमांकनसहितको संविधान आएमा १६ बुँदेका विरोधीहरु पनि चुप लाग्नेछन् : गच्छदार

२०७२ साउन ६ गते १९:०९

विराटनगर, ६ साउन– मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रस्तावित संविधानमाथिको सुझाव संकलन कार्यमा जनताको अत्यधिक सहभागिता देखिएबाट अब संविधान कसैले रोकेर नरोकिने स्थिति बनेको बताएका छन् । विराटनगरमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले ठूलो संख्यामा जनताबाट अभिमत प्राप्त भएकाले १०/१५ ठाउँमा गरिएको...

राजतन्त्र स्थापना गर्छौः राप्रपा नेपाल समानान्तर समिति

२०७२ साउन ६ गते १८:२९

काठमाण्डु, ६ साउन– राप्रपा नेपाल समानान्तर सम्वद्ध जनवर्गीय संगठनहरुले संविधानको मस्यौदा जलाएका छन् । सबै वर्ग, जाती र समुदायको हित विपरीत संविधान जारी गर्ने प्रयास भइरहेको भन्दै राप्रपा नेपाल समानान्तर समितिले मस्यौदा सुझाव संकलनको बिरोध गर्दै मस्यौदा जलाएको हो । नेपाल र नेपालीको हितमा नभएर दलगत...

परीक्षाफल प्रकाशित

२०७२ साउन ६ गते १८:२७

काठमाण्डु, ६ साउन – त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७१ साल मङ्सिर÷पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७०) मैथिली र भूगोल विषयका परीक्षाको परीक्षाफल बुधबार प्रकाशन गरिएको छ । यसैगरी त्रिवि परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७१ सालमा सञ्चालित...

संविधानले लोकतान्त्रिक अधिकार सुनिश्चित गर्छः सिटौला

२०७२ साउन ६ गते १८:१२

झापा, ६ साउन – नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले जनताको लोकतान्त्रिक अधिकार सुनिश्चित हुने नयाँ संविधान आउने बताएका छन् । विपी कोइरालाको ३३ औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस झापा निर्वाचन क्षेत्र नं.१ को नवनिर्मित भवनको बुधबार धुलाबारीमा उद्घाटन गर्दै सिटौलाले नयाँ संविधानमा रहेका...

सभासदले बुझाउन थाले संविधानसभालाई प्रतिवेदन

२०७२ साउन ६ गते १८:०१

काठमाण्डु, ६ साउन – ‘संविधानको प्रारम्भिक मस्यौदामाथि जनताले दिएका सुझावलाई संकलन गरी तयार पारिएको प्रतिवेदन संविधानसभा सचिवालयलाई बुझाउने क्रम सुरु भएको छ । बुधधबार काभ्रे जिल्लामा खटिएका सभासद्ले काभ्रेली जनताले दिएका सुझाव संकलन गरी तयार पारिएको पहिलो प्रतिवेदन सचिवालयलाई बुझाएका छन् । काभ्रेमा खटिएका...

औषधिको मुल्य समायोजन गरीने

२०७२ साउन ६ गते १७:५२

काठमाण्डु, ६ साउन – सरकारले औषधिको मूल्य समायोजनका सम्बन्धमा गरेको निर्णय औषधि व्यवस्था विभागले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सरकारले हालै औषधिको मूल्यमा गरेको समायोजनबाट आफूहरुलाई मर्का परेको भन्दै विभागमा छलफलका लागि पुगेका औषधि उत्पादक संघका पदाधिकारी एवम् व्यवसायीसँग विभागले त्यस्तो प्रतिबद्धता...

नेपालको यो जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न माग

२०७२ साउन ६ गते १७:४९

रौतहट, ६ साउन– रौतहटमा यो वर्ष धानको रोपाइँका लागि आवश्यक पर्ने पर्याप्त पानी नपर्दा कृषकले सुक्खाग्रस्त जिल्ला घोषणा गर्न माग गरेका छन् । यहां साउनको पहिलो साता वित्न लाग्दा पनि पर्याप्त मात्रामा वर्षा नभएपछि रोपाइँ गर्न सकिएको छैन । समयमा रोपाइँ गर्न नपाउँदा चिन्तित...

१६ बुँदे परिमार्जन गर्न प्रमुख दलका नेताको जोड

२०७२ साउन ६ गते १७:४६

काठमाण्डु, ६ साउन– प्रमुख दलका नेताहरुले संविधानको प्रारम्भिक मस्यौदामा जनताबाट आएको राय सुझावका आधारमा चार दलबीचको १६ बुँदे सम्झौता परिमार्जन गर्नु पर्ने आवश्यकता औंल्याएका छन् । राजधानीमा बुधबार भएको एक कार्यक्रममा एमाले सचिव योगेश भट्टराईले मस्यौदामाथि जनताका तर्फबाट सुझावलाई सम्बोधन गर्न चार दलबीच भएको...

मनकामना मन्दिरको शिलान्यास, दुई वर्षभित्र पुनःनिर्माण गरिसक्ने

२०७२ साउन ६ गते १७:२९

गोरखा, ६ साउन – चार सय वर्ष पुरानो प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिरको शिलान्यास गरिएको छ । बुधबार बिहान १० बजेको साइतमा धार्मिक विधिविधानअनुसार जग पूजा गरेर मन्दिरको शिलान्यास गरिएको हो । संस्कृति मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको...

संसारकै ज्येष्ठ नागरिक नेपालकी बाटुली लामिछाने

२०७२ साउन ६ गते १६:५९

नुवाकोट, ६ साउन– थानसिङ्ग गाविस–८ आँपचौरकी बाटुली लामिछाने अहिले ११२ वर्ष तीन महिना २७ दिनकी भइन् । उनले २०७० साल वैशाख २४ गते जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट लिएको २५३०३१÷४१५ नम्बरको नागरिकता प्रमाणपत्रमा जन्म मिति १९५९ साल चैत १० गते उल्लेख छ । अझै हट्टाकट्टा...

संविधानमा सामुदायिक सम्पत्तिमाथि स्थानीयको हक हुनुपर्ने सुझाव

२०७२ साउन ६ गते १६:५९

काठमाण्डु, ६ साउन – सामुदायिक वन उपभोक्ता महासंघले संविधानको मस्यौदामाथि सुझाव संकलनका क्रममा सामुदायिक सम्पत्तिमाथि स्थानीयवासीको हक सुनिश्चित गर्नुपर्ने सुझाव दिएका छन् । सुझाव संकलनका बेलामा सामुदायिक वन तथा प्राकृतिक स्रोतमा क्रियाशील संघसंस्थाले सामुदायिक सम्पत्तिमाथि स्थानीयवासीको हक सुनिश्चत गर्नुपर्ने सुझाव आएको महासंघका अध्यक्ष गणेश...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us