समाचार

रकम हिनामिना गरेर फरार

२०७२ साउन ६ गते १३:३४

डोल्पा ६ साउन – जुम्ला जिल्लास्थित धारगाउँ गाविस उर्थुचौताराका विष्णुचन्द्र विष्ट नवीकरणीय ऊर्जाका नाममा १६ लाख ७५ हजार रुपैयाँ रकम ठगी गरी फरार भएका छन् । विष्टले ३० प्रतिशत अनुदान सहयोगमा सुधारिएको चुलो, सोलार ल्याइदिने भन्दै रकम उठाई आठ महिनाअघिदेखि फरार भएको त्रिपुराकोटकी स्थानीयवासी...

सौर्य पम्पले बढायो तरकारी खेती

२०७२ साउन ६ गते १३:२३

काठमाण्डु, ६ साउन – धेरै पैसा कमाउने लोभमा मलेसिया, खाडीलगायतका मुलुकमा गाउँका युवा हानिँदा प्रेमबहादुर घर्तीमगर भने गाउँलेलाई समूहमा आबद्ध गरी व्यावसायिक तरकारी खेतीतर्फ क्रियाशील छन् । मिलिजुली तरकारी उत्पादन समूह गरी उनले गाउँलेको आर्थिक स्थितिमा सुधार ल्याउन तथा सामूहिक भावनाको अभिवृद्धि गरेका छन्...

संविधान बन्ने सुनिश्चित भएपछि किन मन्दिर धाउन थाले ज्ञानेन्द्र ?

२०७२ साउन ६ गते १३:०५

काठमाण्डु, ६ साउन–पूर्वराज ज्ञानेन्द्र शाह पछिल्लो समय फेरि धार्मिक कार्यका लागि भन्दै मन्दिर–मन्दिर धाउन थालेका छन् । प्रमुख राजनीतिक दलहरुका बीचमा संविधानका विषयमा सहमति भएपछि ज्ञानेन्द्र मन्दिरमा धाउन थालेका हुन् । १६ बुँदे सहति लगत्तै पशुपतिलगायतका धार्मिक पीठ धाएका ज्ञानेन्द्र दलहरुले संविधानको पहिलो मस्यौदामाथि...

जनताको सुझावलाई ‘बालै’ नदिई मस्तले निदाए सभासद्

२०७२ साउन ६ गते १२:४५

नुवाकोट, ६ साउन– संविधानसभाले संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको राय संकलनका लागि औपचारिक रुपमा गएको सोमबार र मंगलबार देशव्यापी कार्यक्रम गरेको थियो । मुलुकका सबै २ सय ४० वटै निर्वाचन क्षेत्रमा पुगेर सभासदहरुले आफ्ना मतदातासँग नयाँ बन्ने संविधानको पहिलो मस्यौदामा रहेका कमी कमजोरी र छुटेका...

यी हुन्, विद्यार्थीलाई दिने पौस्टिक आहार झ्वाम पार्ने प्रअ

२०७२ साउन ६ गते १२:४१

जाजरकोट, ६ साउन । यहाँको एक विद्यालयका प्रधानाध्यापकले पौस्टिक आहार आफैँले घरमा लगेर प्रयोग गर्ने गरेको पाइएको छ । जिल्लाको मजकोट गाविस–५ मा रहेको भगवती बालबाटिका प्राविका प्रधानाध्यापक मुक्ति शर्माले विद्यालयमा आएको पौस्टिक आहार आफूले व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेको खुलासा भएको हो ।...

जोडिने भयो मुस्ताङबाट डोल्पामा सडक

२०७२ साउन ६ गते १२:३५

मुस्ताङ, ६ साउन– हिमाली जिल्ला मुस्ताङबाट कर्णालीको डोल्पा जिल्ला जोड्ने सडक विस्तार कार्यलाई तीव्र पारिएको छ । पाँच वर्षअघि जिल्ला विकास समिति मुस्ताङले क्रमागतरुपमा बजेट विनियोजन गरी निर्माण सुरु गरेको सडकको जिम्मा अहिले सडक डिभिजन कार्यालय बाग्लुङले लिएको छ । कागबेनीको सबैभन्दा दुर्गम गाउँ...

आफ्नो संविधान आफैँ बनाउने जनताको चाहना पूरा हुँदै : साउद

२०७२ साउन ६ गते १२:२०

कञ्चनपुर, ६ साउन– सिँचाइ मन्त्री एनपी साउदले २००७ सालपछि जनताको आफ्नो संविधान आफैं बनाउने चाहना पूरा हुन लागेको बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा बुधबार आयोजित श्रद्धाञ्जलिसभामा बिपीको शालिकमा माल्यार्पण गर्दै मन्त्री साउदले भने, ‘२००७ सालपछि जनतालाई संविधान आफैं बनाउने...

ट्रक र बस ठोक्किँदा २० यात्रु घाइते

२०७२ साउन ६ गते ११:२४

इनरुवा, ६ साउन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको लौकही गाविस–७ मा बुधबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा २० जना यात्रु घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ गइरहेको को १ ख ३५९१ नम्बरको बस र बिपरीत दिशाबाट आइरहेको ना ४ ख ५१०० नम्बरको ट्रक एकापसमा...

बन्दले झापाको जनजीवन प्रभावित

२०७२ साउन ६ गते ११:११

झापा, ६ साउन – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आह्वान गरेको एक दिने बन्दका कारण झापाको जनजीवन प्रभावित भएको छ । संविधानको मस्यौदामा रायसुझाव संकलन गर्ने क्रममा आफूहरुको शान्तिपूर्ण विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै राप्रपा नेपालले आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित भएको हो...

अतिक्रमित सार्वजनिक जग्गामा तारबार सुरु

२०७२ साउन ६ गते ११:०७

उदयपुर, ६ साउन – उदयपुरको कटारी नगरपालिकाले स्थानीयवासीले अतिक्रमण गरेर प्रयोग गर्दै आएको सार्वजनिक जग्गालाई साँध तथा सिमाना छुट्याएर पहिलो चरणको घेराबेरा गर्ने कार्य सम्पन्न गरेर दोस्रो चरणको अभियान सुरु गरेको छ । गत असार २० गतेसम्म कटारी नगरपालिकाले स्थानीयवासीद्वारा अतिक्रमित जग्गामा पहिलो चरणको...

संविधान र विकासको मुद्दा प्राथमिकतामाः भण्डारी

२०७२ साउन ६ गते ११:००

महोत्तरी, ६ साउन – राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले आफ्नो पार्टीले संविधान र गाउँघरको विकास निर्माणमा विशेष भूमिका खेल्ने बताएका छन् । महोत्तरीको बर्दिवास आएका अध्यक्ष भण्डारीले अबुधबार सञ्चारकर्मीसँग कुरा गर्दै स्थानीयस्तरमा रहेको खानेपानी, सिँचाइ, सडक, विद्यालय, तटबन्ध, वनजंगल, कृषि, पर्यटकीय क्षेत्रमा...

खोटाङको उत्तरी क्षेत्रमा मोबाइल सेवा

२०७२ साउन ६ गते १०:५५

खोटाङ, ६ साउन – जिल्लाको उत्तरी क्षेत्रमा पहिलोपटक नमस्ते मोबाइल सेवा सञ्चालन भएको छ । नेपाल टेलिकमले फेदी–९ मा नौ सय मेगाहर्जको एसडिआर जिएसएम मोबाइल बिटिएस जडान गरेपछि जिल्लाको उत्तरी क्षेत्रमा पर्ने दर्जनभन्दा बढी गाविसमा नमस्ते मोवाइल सेवा सञ्चालन भएको हो । टेलिकमको चार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us