समाचार

प्रहरीको संरचना एउटै बनाउन माग

२०७२ साउन ५ गते १८:१२

काठमाण्डु, ५ साउन– नेपाल प्रहरीले प्रदेशमा प्रहरीको छुट्टै संरचना हुने व्यवस्थाप्रति गंभिर आपत्ति जनाएको छ । नेपाल प्रहरीले संविधानको प्रारिम्भक मस्यौदामा भएको प्रदेशमा प्रहरीको छुट्टै संरचना हुने प्रावधानले संगठनलाई नै असर पर्ने भन्दै असन्तुष्टि जनाएको हो । प्रहरीले मस्यौदामा भएको प्रावधानलाई संसोधन गरी केन्द्रकै...

कुनै पनि निहुँमा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्नु हुँदैन : नेम्वाङ

२०७२ साउन ५ गते १८:००

काठमाण्डु, ५ साउन– संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रेसलाई लोकतन्त्रको आधार मान्ने दलहरुले कुनै पनि निहुँमा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न नहुने बताएका छन् । संविधानको प्रारम्भिक मस्यौदामा रहेका प्रेस स्वतन्त्रताविरोधी व्यवस्थाहरुलाई संशोधन गर्न रिपोर्टर्स क्लब नेपालले बुझाएको सुझाव बुझ्दै उनले आउने संविधान प्रेस स्वतन्त्रता मैत्री...

छोरा र भाईमाथि खुकुरी प्रहार भएको फोटो राखेर के भने कमल थापाले ? (फोटोसहित)

२०७२ साउन ५ गते १७:५९

काठमाण्डु, ५ साउन– राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीका सभासद तथा आफ्ना भाई गणेश थापा र छोरा अभिषेक थापामाथि हेटौडामा भएको खुकुरी प्रहारको बिरोध गरेका छन् । हिन्दूराष्ट्रको संविधानको मस्यौदामा सुझाव संकलन भइरहेको स्थानतर्फ जाने क्रममा उनीहरुमाथि खुकुरी प्रहार भएको थियो । थापाले ट्वीटरमा...

सुनसरीमा पनि झडप

२०७२ साउन ५ गते १७:५३

इटहरी, ५ साउन-सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं २, ४ र ५ निर्वाचन क्षेत्रमा संविधानको मस्यौदाका लागि अन्तिम दिन मंगलबार सुझाव सङ्कलन गर्ने कार्यमा निर्वाचन क्षेत्र नं २ को इटहरी र निर्वाचन क्षेत्र नं ५ को लौकहीमा झडप, हस्तक्षेप र नाराबाजी भएको छ ।  ...

स्थानीय सरकारलाई बलियो बनाउन माग

२०७२ साउन ५ गते १७:५१

दोलखा, ५ साउन– नयाँ संविधानमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न दोलखाबासीले संविधानसभालाई सुझाव दिएका छन् । दोलखाको चरिकोटमा मंगलबार भएको कार्यक्रममा सर्वसाधारणले मुलुकको कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री जो भएपनि जनताबाट प्रत्यक्ष रुपमा निर्वाचित नै हुनुपर्ने सुझाव दिएका छन् । उनीहरुले संविधानमा न्यूनतम भएपनि...

गगन थापाले ‘ठोक सालेहरुलाई’ भनेपछि वैद्यका कार्यकर्तामाथि यस्तो निर्दयी आक्रमण

२०७२ साउन ५ गते १७:४१

काठमाण्डु, ५ साउन– काठमाण्डु क्षेत्र नम्बर–४ अन्तर्गत कमलपोखरीस्थित जैन भवनमा दोस्रो दिन मंगलबार संविधानको पहिलो मस्यौदामा सुझाव संकलन हुँदै थियो । मञ्चमा थिए सभासदहरु काँग्रेसका गगन थापा, एमालेका राजन भट्टराई र फोरम लोकतान्त्रिककी गीता राणा । राणाले स्वागत गरिन् । भट्टराईले कार्यक्रमबारे प्रकाश पारे...

संघीयता र धर्मनिरपेक्षताको विषयमा हामीहरु पनि छलफलमै छौं : प्रधानमन्त्री

२०७२ साउन ५ गते १७:२५

दाङ, ५ साउन–प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनबाट नभई वार्ताका माध्यामबाट संविधानका लागि सुझाव दिन अनुरोध गरेका छन् । मंगलबार दाङको तुलसीपुरमा नागरिक सम्बनध तथा संविधान सुझाव समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिले समय सहमति सहकार्य र एकताको हो भन्दै आन्दोलन रोकेर शान्तिपूर्ण तरिकाले आफ्नसुझाबमाग...

आजका सबै समाचार हेर्नका लागि यहाँ थिचौँ

२०७२ साउन ५ गते १७:१६

आजका सबै समाचार हेर्नका लागि यहाँ थिचौँ । राजनीति, खेल, रंग, मुलुक सबै समाचार मात्र एक क्लिकमा ।   ...

सुर्खेतलाइ सङ्घीय राजधानी बनाउन प्रधानमन्त्रीसँग माग

२०७२ साउन ५ गते १७:११

वीरेन्द्रनगर, ५ साउन-संविधानको मस्यौदा माथिको छलफल कार्यक्रममा सुर्खेत पुगेका प्रधानमन्त्री सुशील कोइरालासँग सुर्खेती जनताले सङ्घीय राजधानी सुर्खेतलाई नै बनाउनुपर्ने माग राखेका छन् ।   सोमबारदेखि सुर्खेतमा सुरु भएको मस्यौदामाथि छलफल तथा सुझाव सङ्कलन कार्यक्रममा सुर्खेती जनताले सङ्घीय राजधानी सुर्खेतलाई बनाउनुपर्ने र धर्म निरपेक्षता हुनुपर्ने...

जनताले प्रश्न गरे, ‘मस्यौदामा सहिद, राष्ट्रिय पोसाक र राष्ट्रभाषाको परिभाषा खोइ ?’

२०७२ साउन ५ गते १७:०२

काठमाण्डु, ५ साउन- उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले संविधानको प्रारम्भिक मस्यौदामाथि केन्द्रित रहेर जनताबाट दिइएका सुझावका आधारमा मस्यौदालाई आवश्यकरुपमा सुधार र परिमार्जन गरिने बताएका छन् ।   काठमाण्डु निर्वाचन क्षेत्र नं १ अन्तर्गत थापागाउँस्थित सुझाव सङ्कलन केन्द्रमा मंगलाबार भेला भएका...

विषालु च्याउ खाँदा सात जना बिरामी

२०७२ साउन ५ गते १६:५९

तेह«थुम, ५ साउन– जंगलबाट ल्याएको विषालु च्याउ खाँदा तेह«थुममा ७ जना बिरामी परेका छन् । विषालु च्याउ खाएकै कारण जिल्लाको ओयाक्जुङ गाविस–९ का एकै परिवारका ६ जनासहित ७ जना बिरामी परेका हुन् । घर नजिकैको जंगलमा रुखमा भेटिएको च्याउको तरकारी खाएपछि स्थानीय नारायण लिम्बु,...

प्रदेशको सीमांकन छुट्याएर मात्र संविधान जारी गर्न बारको सुझाव

२०७२ साउन ५ गते १६:४७

काठमाण्डु, ५ साउन – नेपाल बार एसोसिएसनले प्रदेशको सीमांकन गरेर संविधान जारी गर्न माग गरेको छ । एसोसिएसनले मंगलबार संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई भेटेर प्रस्तावित संविधानको मस्यौदामा सर्वोच्च अदालतमा बढीमा २१ जना न्यायाधीश रहने व्यवस्था गरी अस्थायी न्यायाधीश हटाउनुपर्ने सुझाव दिएको छ । सर्वोच्च...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us