समाचार

बागलुङमा मातृ मृत्युदर शून्य !

२०७२ साउन ७ गते १५:३५

बागलुङ, ७ साउन-बागलुङमा प्रसूतिका बेला हुने महिलाको मृत्युदर शून्यमा झरेको छ ।   सुरक्षित मातृत्व कार्यक्रमले मातृ मृत्युदर घटाउन सहयोग पु¥याएको हो । स्वास्थ्य संस्थामा प्रसूति हुने क्रम बढ्नु नै मातृ मृत्युदर शून्यमा आउनुको प्रमुख कारण रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।  ...

चार दलका शीर्ष नेता विदेशीको दलाल बने : विश्वकर्मा

२०७२ साउन ७ गते १५:१६

काठमाण्डु, ७ साउन–नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले चार दलका शीर्ष नेताहरु विदेशीको दलाल बनेको आरोप लगाएका छन् । रफत सञ्चार क्लवले आयोजना गरेको साक्षत्कार कार्यक्रममा उनले हरेक परिवर्तनपश्चात जनताले अधिकार पाउने बेलमा सत्तासिन दलहरु विदेशीको गुलाम बन्ने र प्रतिगमनतर्फ धकेल्ने काम गर्ने गरेको आरोप...

सञ्चारमन्त्रीले भने,‘टेलिकमले अब विदेशमा समेत नेपालीहरुको गौरब बढाउने काम गर्नुपर्छ’

२०७२ साउन ७ गते १५:१५

विराटनगर, ७ साउन-सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले बिहीबार विराटनगर–२ स्थित नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरे ।   पाँचतलाको उक्त भवन १४ करोड ४६ लाख ४८ हजारको लागतमा निर्माण सम्पन्न गरिएको हो । यसअघि भाडाको घरमा सञ्चालन हुँदै आएको सो कार्यालयले...

गलत सूचना दिएपछि भूकम्प मापन केन्द्रले माफी माग्यो

२०७२ साउन ७ गते १४:४७

काठमाण्डु, ७ आउन– बुधबारराति गएको भूकम्पबारे गलत सूचना दिएपछि राष्ट्रिय भूकम्प मापन केन्द्रले माफी मागेको छ । केन्द्रले बुधबारराति गएको भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोक भनेको थियो । तर, पछि त्यसलाई सच्याउँदै काठमाण्डु भएको बताइएको थियो । सो सूचना गलत भएपछि उसले गलत सूचनाबाट पर्न गएको...

लहानमा १९६ चालकमाथि कारबाही

२०७२ साउन ७ गते १४:४६

लहान, ७ साउन-जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले आव २०७१/७२ मा मादक पदार्थ सेवन गरेर सवारी चलाउने १९६ जना चालकमाथि कारबाही गरेको छ ।   पूर्वपश्चिम राजमार्ग तथा जिल्लाका विभिन्न सहायक मार्गमा गरेको सवारी जाँचका क्रममा मापसे गरेका चालकमाथि कारबाही गरी एक लाख ९६...

सुझावमाथि छलफल गर्न एमाले–एमाओवादी तयार, कांग्रेस यथास्थितिमा

२०७२ साउन ७ गते १४:४२

काठमाण्डु, ७ साउन– प्रमुख चार दलले जेठ २५ गते गरेको १६ बुँदे सहमति बिपरीत सर्वसाधारणले संविधानको मस्यौदामाथि सुझाव दिएपछि जनताको सुझाव कार्यान्वयन हुनेमा आशंका उत्पन्न भएको छ । देशभरका निर्वाचन क्षेत्रबाट जनताले दलहरुले १६ बँुदेमा सहमति गरे भन्दा भिन्न तरिकाबाट मस्यौदामा सुझाव दिएपछि ति...

टहरो छाड्दै गोरखाका भूकम्पपीडित !

२०७२ साउन ७ गते १४:४०

गोरखाबजार, ७ साउन-चिटिक्क परेको दुईतले घर भूकम्पले भत्काएपछि लापु गाविस–५ का नरबहादुर गुरुङका दुःखका दिनहरु सुरु भयो । वैशाखदेखि जेठ मसान्तसम्म त्रिपालमुनि बस्दै आएका गुरुङको परिवारले असार लागेसंगै टहरो छाउने जस्तापाता हात पारेका थिए । बर्खाले छोपिसकेपछि जस्तापाता पाएकाले गुरुङको परिवारले टहरो छाउन सकेका...

जङ्घा नदी पुलबाट आवागमन बन्द

२०७२ साउन ७ गते १४:२६

गौशाला, ७ साउन-महोत्तरीको जङ्घा नदीमा आएको बाढीले गौशाला–औरही सडकखण्डमा पर्ने जङ्घा पुलको दुवैतिर कटान गरेपछि आवागमन बन्द भएको छ ।   बाढीले पुलको पूर्वी पिलरको दायाँबायाँको भाग कटान गरेपछि यात्रुबाहक बस र मालबाहक साधनको आवागमन बन्द गरिएको छ भने पैदलयात्रुले पनि सो पुल भएर...

गेटा आँखा अस्पतालमा उपचार सेवा प्रभावित

२०७२ साउन ७ गते १३:३४

धनगढी, ७ साउन-अस्पतालका हरेक काममा मनोमानी गर्ने गरिएको विरोधमा कर्मचारी एक हप्तादेखि आन्दोलनमा उत्रिएपछि कैलालीको गेटा आँखा अस्पतालमा उपचार सेवा प्रभावित भएको छ ।   कर्मचारीको विरोधसँगै उपचार सेवा प्रभावित हुन थालेपछि अस्पताल परिसरमा केही दिनदेखि प्रहरी परिचालन गरिएको छ । अस्पतालका निर्देशकले कर्मचारी...

कुटपिटपछि बेपत्ता युवकको अवस्था अझै अज्ञात

२०७२ साउन ७ गते १३:२४

म्याग्दी, ७ साउन-म्याग्दीको बेग–९ तिप्ल्याङ्बाट करिब दुई महिनाअघि बेपत्ता भएका एक युवकको अवस्था अझै अज्ञात रहेको छ ।   कुटपिटपछि बेपत्ता भएका हिस्तान– ९ दोसल्लेका २७ वर्षीय रवीन पुनको अवस्था अझै पत्ता लाग्न सकेको छैन । जेठ ९ गते साँझ तिप्ल्याङमा स्थानीय युवासँग भएको...

संविधानमा नेपालको सिमाना स्पष्ट किटान गर्न माग गर्दै सर्वोच्चमा रिट

२०७२ साउन ७ गते १३:१४

काठमाण्डु, ७ साउन– नयाँ संविधानमा नेपालको सिमाना स्पष्ट हुने गरी राख्न आदेश दिन माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । राष्ट्रिय एकता मञ्चका अध्यक्ष विजेन्द्रलाल जोशीले पेस गर्नुभएको रिट निवेदनमा नेपालको भूभाग स्पष्टसँग किटान गरेर मात्र त्यसको विस्तृत विवरण संविधानको अनुसूचीमा...

चितवनमा बन्दुकसहित दुई पक्राउ

२०७२ साउन ७ गते १२:०८

चितवन, ७ साउन– चितवनको पिप्लेबाट तीननाल भरुवा बन्दुकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक क्रियाकलाप सञ्चालन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले खोजी गर्दै जाँदा उनीहरुलाई पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ । उनीहरुको परिचय भने खुलाइएको छैन । जिल्ला प्रहरी कार्यालयमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us