समाचार

हरिबहादुरलाई सहिद घोषणा गर्न कर्णालीवासीको माग

२०७२ भदौ ७ गते ८:४०

  जुम्ला, ७ भदौ – विशेष अधिकारसहितको कर्णाली स्वायत्त प्रदेशको मागको आन्दोलनमा गत साउन ३१ गते प्रहरीको गोली लागि गम्भीर घाइते भएका ताम्ती गाविस–१ सर्मी जुम्लाका २४ वर्षीय हरिबहादुर कुँवरको आइतबार बिहान शिक्षण अस्पताल काठमाडौँमा मृत्यु भएपछि अहिले कर्णालीवासीले हरिबहादुरलाई कर्णालीको पहिलो सहिद घोषणा...

बन्दले मोरङ–सुनसरी औद्योगिक करिडोरमा १ अर्ब ७० करोडको नोक्सान

२०७२ भदौ ७ गते ८:१०

मोरङ, ७ भदौ – संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा अहिलेसम्म रु एक अर्ब ७० करोडको नोक्सान भएको छ । उद्योग सङ्गठन मोरङका कार्यकारी सचिव सोमनाथ अधिकारीका अनुसार मजदुर–कर्मचारीको तलब, बैंकको ब्याज, भन्सारको ड्यारेज शुल्क, विद्युत्लगायत जोड्दा दैनिक रु...

नाराबाजी र बहिस्कारबीच संविधानको मस्यौदा पेश

२०७२ भदौ ६ गते २१:१०

काठमाण्डु, ५ भदौ– राप्रपा नेपालका सभासदको नाराबाही र फोरम लोकतान्त्रिकसहित मधेस केन्द्रित दलहरुको बहिस्कारबीच नयाँ संविधानको विधेयक संविधानसभामा पेश भएको छ । संविधानसभाको आइतबार साँझ बसेको बैठकमा मस्यौदा समिति सभापति कृष्ण सिटौलाले विधेयक पेश गरेका हुन् ।   सिटौलाले मस्यौदा पेश गरिरहँदा राप्रपा नेपालका...

गृहमन्त्रीको दयनिक अवस्था देखेर विप्लव माओवादीलाई लज्जा महसुस

२०७२ भदौ ६ गते १९:२८

काठमाण्डु, ६ भदौ– दलहरुले गरेको सीमाङ्कनका विरुद्ध सुर्खेत, जुम्ला लगायत देशभर भइरहेका आन्दोलनमा नेकपा माओवादीको सम्लग्नता रहेको भन्नेबारे गृहमन्त्री बामदेव गौतमले दिएको अभिव्यक्तिप्रति सो पार्टीले कडा प्रतिक्रिया जनाएको छ । नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले एक विज्ञप्ती जारी गर्दै गृहमन्त्रीको अभिव्यक्ति षड्यन्त्रपूर्ण र...

न्यायाधीश बमका हत्यारा किन गएका थिए साउदी ?

२०७२ भदौ ६ गते १९:१७

काठमाण्डु, ६ भदौ– सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई गोली हानी हत्या गर्ने सञ्जय स्माइली मगरलाई केन्द्रीय अनुसन्धान व्यूरोले आइतबार सार्वजनिक गरेको छ । व्यूरोले पत्रकार सम्मेलन गर्दै विसं २०६९ जेठ १८ गते ललितपुर युएन पार्कनजिक न्यायाधीश बमलाई गोलीहानी हत्या गर्ने रामेछाप खनियाँपानी–७ का २८...

नेपालमा साताकै ठूलो भूकम्प

२०७२ भदौ ६ गते १९:०६

काठमाण्डु, ६ भदौ– आइतबार दिउँसो दोलखालाई केन्द्र बनाएर भूकम्पको पराकम्पन गएको छ । दिउँसो २ बजेर ४७ मिनेट जाँदा दोलखालाई केन्द्र बनाएर ५.१ रेक्टर स्केलको पराकम्पन गएको भूकम्प मापन केन्द्रले जनाएको छ । गत वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको विनासकारी भूकम्पपछि...

चिनियाँ कम्युनिष्ट पार्टीका सहायक मन्त्री दोउ काठमाण्डुमा

२०७२ भदौ ६ गते १९:०१

काठमाण्डु, ६ भदौ-चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग सहायक मन्त्री दोउ इन्योङ नेपाल भ्रमणका लागि आइतबार काठमाण्डु आइपुगेका छन् ।   भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सहायक मन्त्री दोउ इन्योङले चीन र नेपाल निकटका सम्बन्ध भएका छिमेकी मुलुक भएको बताउँदै दुवै मुुलुकबीच...

कक्षा ११ र १२ को प्रश्नपत्र साझाले मात्र छाप्न पाउने

२०७२ भदौ ६ गते १८:२२

काठमाण्डु, ६ भदौ-उच्च माध्यमिक शिक्षा परिषद् र साझा प्रकाशनबीच कक्षा ११ र १२ का पूराना प्रश्नपत्रहरुको सङ्गालो साझा प्रकाशनले मात्र छपाइ गर्ने सम्झौता भएको छ ।   कसैले बिना स्वीकृति यी सामग्री अनधिकृत रुपमा छपाइ गरी विक्रीवितरण गरेको पाइएमा कानुनी कारबाही हुनेसमेत निर्णयमा उल्लेख...

पाइपलाइन सम्झौतामा हस्ताक्षर गर्न भारतीय मन्त्री नेपालमा

२०७२ भदौ ६ गते १७:५८

काठमाण्डु, ६ भदौ– बहुप्रतिक्षित रक्सौल–अमलेखगञ्ज पाइपलाइन विस्तारसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानलगायतको टोली आइतबार नेपाल आइपुगेको छ । नेपाल र भारत सरकारबीच सोमबार वाणिज्य मन्त्रालयमा हुने सो सम्झौतामा हस्ताक्षर गर्न राज्यमन्त्री धर्मेन्द्र प्रधान १२ सदस्यीय टोलीको नेतृत्व गर्दै...

भूकम्पको धक्काबाट एक महिला घाइते

२०७२ भदौ ६ गते १७:१९

दोलखा, ६ साउन-आइतबार गएको ५.१ रेक्टर स्केलको परकम्पबाट एक महिला घाइते भएकी छिन् ।   दोलखाको खारे गाविस वडा नम्बर ६ घर भएकी ४६ वर्षीया दुर्गा गुरुङ्ग घाइते भएका हुन् । विगतको भूकम्पबाट भत्किएको घर नजिकै काम गरिरहेकी उनको खसेको ढुङ्गा लागेर हात भाँचिएको...

भारत र चीनले लिपुलेकसम्बन्धी गरेको निर्णय गम्भीर छः परराष्ट्रमन्त्री

२०७२ भदौ ६ गते १७:११

काठमाण्डु, ६ भदौ-परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मुलुकको परराष्ट्र नीति नेपालको अन्तरिम संविधान, २०६३ अनुसार सञ्चालन हुँदै आएको बताउँदै राष्ट्रिय अखण्डताको रक्षा र आर्थिक एवम् विकास कूटनीतिलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको स्पष्ट गरेका छन् ।   व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा विनियोजन विधेयक, २०७२ अन्तर्गत परराष्ट्र मन्त्रालयका...

कुँवरलाई सहिद घोषणा गर्न वैद्य माओवादीको माग

२०७२ भदौ ६ गते १७:००

काठमाण्डु, ६ साउन–नेकपा–माओवादीले स्वयत्त कर्णाली प्रदेशको आन्दोलनमा घाइते भइ आइतबार काठमाण्डुको शिक्षण अस्पतालमा मृत्यु भएका हरिबहादुर कुँवरलाई सहिद घोषणा गर्न माग गरेको छ । आइतबार पार्टी महासचिव रामबहादुर थापा बादलले विज्ञप्ति निकालेर कुँवरलाई सहिद घोषणा गर्न र परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us